रजनी तिलक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सन् २०१७ मा सावित्रीबाई फुले पुणे विश्वविद्यालयमा उनीद्वारा अनुवादित सावित्रीबाई फुलेका कविता सङ्ग्रह बोकिरहेकी रजनी तिलक । यसबेला नै उनले दलित विमेन स्पीक आउट सम्मेलनमा आजीवन उपलब्धि पुरस्कार पनि पाएकी थिइन् ।[१]

रजनी तिलक (२७ मे १९५८ - ३० मार्च २०१८) एक प्रसिद्ध भारतीय दलित कार्यकर्ता, नारीवादी र लेखिका थिइन् ।[२][३] उनी आफ्नो जीवनकालमा सेन्टर फर दलित अल्टरनेटिभ मिडियाको कार्यकारी निर्देशक, नेसनल असोसिएसन अफ दलित अर्गनाइजेसन्सको सहसंस्थापक र दलित लेखक सङ्घको अध्यक्षको पदमा नियुक्त भएकी थिइन् ।[४][५][६]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

तिलकको जन्म सीमित स्रोत भएको परिवारमा २७ मे १९५८ मा भारतस्थित पुरानो दिल्लीमा भएको थियो । पेसागत रूपले सुजीकार रहेका उनका पिता उत्तर प्रदेशबाट दिल्लीमा बसाइ सरेका परिवारका वंशज थिए । सात जना सन्तान भएको परिवारमा सबैभन्दा जेठो भएको हुनाले तिलकले सानै उमेरमा नर्स बन्ने सपना त्याग गरी परिवारलाई आर्थिक टेवा पुर्याउनुपरेको थियो ।[७] सानै देखि लेखन तथा साहित्यमा रुचि राख्ने तिलकको प्रथम कृति "कैसे कहूं दुःख अपना" नामक कविता थियो ।[८] सन् १९७५ मा आफ्नो उच्च शिक्षा पूरा गरेपछि उनले आशुलिपि, कटाइ, सिलाइ आदि सिप सिक्न औद्योगिक प्रशिक्षण संस्थानमा भर्ना भएकी थिइन् ।

कार्य जीवन[सम्पादन गर्ने]

दिल्लीमा औद्योगिक प्रशिक्षण संस्थानमा काम गरिरहँदा उनले भोग्नुपरेको लैङ्गिक विभेदको विरोध गर्नका लागि उनले एउटा महिला सङ्घको स्थापना गरिन् । उनको नेतृत्वमा उक्त सङ्घलाई प्रगतिशील छात्र सङ्घमा गाभियो । यद्यपि, वैचारिक र राजनीतिक भिन्नताका कारणले उक्त सङ्घबाट तिलकद्वारा स्थापित महिला सङ्घलाई छुट्टयाइयो । उनले आँगनवाडी श्रमिकलाई ज्याला दिने क्रममा नियमितता ल्याउनुपर्ने भनी ४००० जना श्रमिकलाई गठन गरी एउटा सङ्घको स्थापना गरेकी थिइन् ।[९] तिलकले दलित समुदायलाई हक अधिकार प्रदान गर्नुमा कार्यरत हुनका साथै जाति व्यवस्था भित्र हुने पितृसत्तात्म र लैङ्गिक विभेदको विरोधमा पनि आवाज उठाएकी थिइन् ।[१०] सन् १९७२ मा उनले मथुरा बलात्कार काण्डको विरोध गर्ने क्रममा सहेली नामक स्वायत्त महिला समूहसँग सम्बन्ध गाँसेकी थिइन् । त्यसपछि देखि उनी स्वास्थ्य, सरसफाइ, परिवार नियोजन, बलात्कार, यौन हिंसा आदि विषयमा पनि बोल्न थालिन् ।[११]

सन् १९८० को दशकमा तिलकले दिल्लीमा भारतीय दलित प्यान्थर्स नामक सङ्घको स्थापना गरिन् । उक्त सङ्घले युवा अध्ययन चक्रको निर्माण गरी विद्यार्थीमा चेतना फैलाउनुका साथै आह्वान नामक नाट्यशालाको स्थापना गरेका थिए ।[१२]

तिलक नेसनल कन्फेडेरेसन अफ दलित एन्ड आदिवासी अर्गनाइजेसन्स, सेन्टर फर अल्टरनेटिभ दलित मिडिया, नेसनल फेडेरेसन अफ दलित विमेन, राष्ट्रिय दलित महिला आन्दोलन लगायत अन्य संस्थाहरूसँग पनि सम्बन्धित थिइन् ।[१३]

सन् २०११ मा सार्वजनिक गरिएको प्रकाश झाद्वारा निर्देशित बलिउड चलचित्र आरक्षणमा दलित समुदायको निन्दा गरिएको हुनाले विवाद भएको थियो । उक्त चलचित्रको सार्वजनिकीकरण भन्दा अगाडि तिलकलाई चलचित्र हेर्न लगाइएको थियो ।[१४] सन् २०१२ मा भारतीय पाठ्यक्रममा बाबासाहेब आम्बेडकरको उचित प्रतिनिधित्वका लागि राष्ट्रिय शैक्षिक अनुसन्धान र प्रशिक्षण परिषद अन्तर्गत दलित तथा गैरदलित लेखकहरूको बिचमा भएको गठबन्धनमा पनि उनी सहभागी भएकी थिइन् ।[१५]

कृति[सम्पादन गर्ने]

वर्ष शीर्षक टिप्पणी सन्दर्भ
सन् १९९८ भारत की पहली शिक्षिका - सावित्रीबाई फुले
सन् २००० पदचाप कविता सङ्ग्रह
सन् २००५ बुद्ध ने घर क्यों छोडा
सन् २०११ समकालीन भारतीय दलित महिला लेखन भाग १ दलित महिला लेखनको सम्पादित सङ्कलन
सन् २०१५ समकालीन भारतीय दलित महिला लेखन भाग २
सन् २०१५ हवा सी बेचैन युवतियां कविता सङ्ग्रह
सन् २०१६ दलित स्त्री विमर्श एवं पत्रकारिता
सन् २०१७ समकालीन भारतीय दलित महिला लेखन भाग ३
सन् २०१७ सावित्रीबाई फुले रचना समग्र दलित कार्यकर्ता सावित्रीबाई फुलेका कृतिका अनुवादित सङ्कलन
सन् २०१७ अपनी जमीन अपना आसमान आत्मकथा
सन् २०१८ बेस्ट अफ करवाचौथ फुटकर कथा सङ्ग्रह
सन् २०१८ डा. आम्बेडकर और स्त्री चिन्तन के दस्तावेज तिलकद्वारा सङ्कलित र सम्पादित लेख सङ्ग्रह

पुरस्कार[सम्पादन गर्ने]

  • राष्ट्रिय महिला आयोगद्वारा उत्कृष्ट महिला उपलब्धि पुरस्कार (सन् २०१३)
  • दलित विमेन स्पीक आउट सम्मेलनमा आजीवन उपलब्धि पुरस्कार (सन् २०१७)

मृत्यु[सम्पादन गर्ने]

तिलकको मृत्यु ६० वर्षको उमेरमा नयाँ दिल्लीमा अवस्थित सेन्ट स्टीफन हस्पिटलमा ३० मार्च २०१८ को दिन भएको थियो । उनलाई मेरुदण्डको समस्याको जाँच गराउन अस्पताल लागिएको थियो ।[२४]

कयौँ विद्वान् तथा कार्यकर्ताले उनको मृत्युको शोक मनाएका थिए । पीपल्स युनियन फर सिभिल लिबर्टिजको नेता र तिलकको मिल्ने साथी कविता श्रीवास्तव लगायत विभिन्न सामाजिक सञ्चार वेबसाइटमा उनलाई श्रद्धाञ्जली दिइएको थियो । उनको सम्झनामा देशभर विभिन्न क्षेत्रमा कार्यक्रमहरू आयोजना गरिएको थियो ।[२५]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Rajni Tilak (1958–2018)", इकोनोमिक एन्ड पोलिटिकल वीक्ली (अङ्ग्रेजीमा) ५३ (१७): ७–८, ५ जून २०१५। 
  2. "Who will clean up the lives of manual scavengers?", टाइम्स अफ इन्डिया, अन्तिम पहुँच १२ फेब्रुअरी २०१७ 
  3. "An Interview with Rajni Tilak", राउन्डटेबल इन्डिया, १७ जनवरी २०१३। 
  4. "About Us - Centre for Alternative Dalit Media", सेन्टर फर दलित अल्टरनेटिभ मिडिया, अन्तिम पहुँच २० अक्टोबर २०१८ 
  5. "National Association of Dalit Organisations-NADO - Local Business | Facebook", फेसबुक (अङ्ग्रेजीमा), अन्तिम पहुँच २० अक्टोबर २०१८ 
  6. "Rajni Tilak – Leading Voice of Dalit Activism Passes Away", शी द पीपल, ३१ मार्च २०१८। 
  7. अङ्गमो, दीचेन (२५ अप्रिल २०१५), "Rajni Tilak: A Leading Dalit Feminist Of Our Times", फेमिनिजम इन इन्डिया (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच १४ मार्च २०१९ 
  8. "Museindia", म्यूज इन्डिया, अन्तिम पहुँच १४ मार्च २०१९ 
  9. अङ्गमो, दीचेन (२५ अप्रिल २०१८), "Rajni Tilak: A Leading Dalit Feminist Of Our Times", फेमिनिजम इन इन्डिया (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच १४ मार्च २०१९ 
  10. "An Interview with Rajni Tilak", राउन्डटेबल इन्डिया, १७ जनवरी २०१३। 
  11. kuffir, "Need to redefine Dalit Movement: Rajni Tilak", राउन्डटेबल इन्डिया (बेलायती अङ्ग्रेजीमा), अन्तिम पहुँच १४ मार्च २०१९ 
  12. अङ्गमो, दीचेन (२५ अप्रिल २०१८), "Rajni Tilak: A Leading Dalit Feminist Of Our Times", फेमिनिजम इन इन्डिया (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच १४ मार्च २०१९ 
  13. ठाकुर, सन्दाली, "Rajni Tilak (1958-2018) was an activist and poet who fought tirelessly against caste and patriarchy", स्क्रोल डट इन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच १४ मार्च २०१९ 
  14. "HC asks for home dept's views on quota movie - Times of India", द टाइम्स अफ इन्डिया (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ फेब्रुअरी २०१८ 
  15. "Humour is by no means exempt from prejudice", द हिन्दु, ८ जून २०१२। 
  16. "सावित्रीबाई फुले: मनुवादी अंधकार में किरण की तरह फूटी युगनायिका !", मिडियाभिजिल (हिन्दीमा), ३ जनवरी २०१९, अन्तिम पहुँच १९ मार्च २०१९ 
  17. "कर्मकर्ता और कवि रजनी तिलक ने पूरी ज़िंदगी मेहनतकशों की शोषण मुक्ति और सम्मान के नाम कर दिया- जसम" (en-USमा), ३१ मार्च २०१८, अन्तिम पहुँच १९ मार्च २०१९ 
  18. "hindibook.com: SAMKALIN BHARATIYA DALIT MAHILA LEKHAN RAJNI TILAK HB 9789383513468", हिन्दी बुक, अन्तिम पहुँच १४ मार्च २०१९ 
  19. "hindibook.com: SAMKALIN BHARTIYA DALIT MAHILA LEKHAN-V.3 (ATMKATHA VISHESH) RAJNI TILAK (Ed.) HB 9789383515042", हिन्दी बुक, अन्तिम पहुँच १४ मार्च २०१९ 
  20. "hindibook.com: SAVITRIBAI PHULE RACHNA SAMAGRA RAJNI TILAK (Ed.) HB 9788193381526", हिन्दी बुक, अन्तिम पहुँच १४ मार्च २०१९ 
  21. "hindibook.com: APNI JAMIN APNA ASMAN RAJNI TILAK HB 9789382543848", हिन्दी बुक, अन्तिम पहुँच १४ मार्च २०१९ 
  22. Ingavale, Ranjit A.; साकिया, सञ्जीव (१ जनवरी २०१८), "भारत का राष्ट्रीय खेल हॉकी की साहित्य की समीक्षा", इन्टरनेसनल जर्नल अफ फिजिकल एजुकेसन एन्ड स्पोर्ट्स सायन्सेस १३ (१): ८७–९२, आइएसएसएन 2231-3745, डिओआई:10.29070/13/57785 
  23. "hindibook.com: DR. AMBEDKAR AUR STRI CHINTAN KE DASTAVEZ RAJNI TILAK (Comp. & Ed.) HB 9789383515103", हिन्दी बुक, अन्तिम पहुँच १४ मार्च २०१९ 
  24. "Dalit writer Rajni Tilak passes away", युनाइटेड न्यूज अफ इन्डिया, ३१ मार्च २०१८। 
  25. "The sceptical Dalit, Left feminist: my dear friend Rajni Tilak", नेसनल हेराल्ड इन्डिया, १ अप्रिल २०१८।