बाबासाहेब आम्बेडकर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भीमराव रामजी आम्बेडकर
Dr. Bhimrao Ambedkar.jpg
युवा आम्बेडकर
राज्य सभाको सदस्य, बम्बई राज्य
कार्यकाल
३ अप्रिल १९५२ – ६ डिसेम्बर १९५६
राष्ट्रपतिराजेन्द्र प्रसाद
प्रधानमन्त्रीजवाहरलाल नेहरु
भारतका प्रथम कानुन एवम् न्याय मन्त्री
कार्यकाल
१५ अगस्ट १९४७ – सेप्टेम्बर १९५१
राष्ट्रपतिराजेन्द्र प्रसाद
प्रधानमन्त्रीजवाहरलाल नेहरु
पूर्वाधिकारीपदको स्थापना
उतराधिकारीचारु चन्द्र बिस्वार
भारतीय संविधान सभाको मसौदा समितिका अध्यक्ष
कार्यकाल
२९ अगस्ट १९४७ – २४ जनवरी १९५०
श्रम मन्त्री, वायसरायको कार्य परिषद्
कार्यकाल
जुलाई १९४२ – सन् १९४६
पूर्वाधिकारीफिरोज खान नून
बम्बई विधान सभाका विरोधी राजनेता
कार्यकाल
सन् १९३७ – सन् १९४२
बम्बई विधान सभाका सदस्य
कार्यकाल
सन् १९३७ – सन् १९४२
Constituencyबम्बई सहर
बम्बई विधान परिषद्का सदस्य
कार्यकाल
सन् १९२६ – सन् १९३६
व्यक्तिगत विवरण
जन्मभिवा, भीम, भीमराव
(१८९१-०४-१४)१४ अप्रिल १८९१
महू, मध्य प्रान्त र बरार, ब्रिटिस भारत
(वर्तमान डा. आम्बेडकर नगर, मध्य प्रदेश, भारत)
मृत्यु६ डिसेम्बर १९५६(१९५६-१२-०६) (६५ वर्ष)
डा.आम्बेडकर राष्ट्रिय स्मारक, नयाँ दिल्ली, भारत
ठेगानाचैत्य भूमि, मुम्बई, महाराष्ट्र
राष्ट्रियताभारतीय
राजनीतिक पार्टी
अन्य राजनीतिक
संलग्नता
जीवन साथी(हरू)
(
वि १९०६; मृत्यु १९३५)
(
वि १९४८; मृत्यु २००३)
नाताआम्बेडकर परिवार
सन्तान(हरू)यशवन्त आम्बेडकर
निवास
  • राजगृह, मुम्बई
  • २६ अलिपुर रोड, डा. आम्बेडकर राष्ट्रिय स्मारक, दिल्ली
मातृ शिक्षाप्रतिष्ठान
पेशा
  • अर्थशास्त्री
  • इतिहासकार
  • दार्शनिक
  • धर्मशास्त्री
  • पत्रकार
  • प्राध्यापक
  • मानव शास्त्री
  • लेखक
  • राजनीतिज्ञ
  • वकिल
  • विधिवेत्ता
  • शिक्षाविद्
  • समाजशास्त्री
  • सम्पादक
पदक
सहीछापबाबासाहेब आम्बेडकरको हस्ताक्षर

बाबासाहेब आम्बेडकर भनेर चिनिने भीमराव रामजी आम्बेडकर[क] एक भारतीय बहुज्ञ, विधिवेत्ता, अर्थशास्त्री, राजनीतिज्ञ र समाजसुधारक थिए जसले नवबौद्ध आन्दोलनलाई प्रेरणा दिनका साथै दलित जातिका मानिसलाई गरिने भेदभावको विरोधमा अभियान चलाएका थिए ।[१][२] उनी स्वतन्त्र भारतका प्रथम कानुन एवम् न्याय मन्त्री, भारतीय संविधानका जनक एवम् भारत गणराज्यका निर्माता थिए ।[३][४][५][६]

आम्बेडकर विपुल प्रतिभाका छात्र थिए । उनले कोलम्बिया विश्वविद्यालयलन्डन स्कुल अफ इकोनोमिक्स, दुबैबाट नै अर्थशास्त्रमा विद्यावारिधिको उपलब्धि प्राप्त गर्नुका साथै कानुन, अर्थशास्त्रराजनीति विज्ञानमा शोध कार्य पनि गरेका थिए ।[७] पेसागत जीवनको प्रारम्भिक भागमा अर्थशास्त्रका प्राध्यापक र वकालतमा लागेका बाबासाहेब आम्बेडकर पछि राजनीतिमा सक्रिय भए । उनले भारतको स्वतन्त्रताको प्रचारप्रसार तथा चर्चामा सहभागी हुँदै पत्रिकामा लेख प्रकाशन, राजनीतिक अधिकारहरूको वकालत र दलित समुदायको सामाजिक स्वतन्त्रका लागि आवाज उठाई स्वतन्त्र भारतको पुनर्निर्माण तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।[८]

सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिना पछि नै उनको निधन भयो । सन् १९९० मा उनलाई मरणोपरान्त भारतको सर्वोच्च नागरिक सम्मान, भारत रत्नद्वारा सम्मानित गरियो । प्रत्येक वर्ष उनको जन्मदिनलाई भारत लगायत अन्य देशहरूमा आम्बेडकर जयन्तीको रूपमा मनाइन्छ ।[९] सन् २०१२ मा भारतमा लिइएको सर्वेक्षण अनुसार आम्बेडकरलाई महानतम भारतीय घोषणा गरिएको थियो । वर्तमानमा प्रचलित संस्कृतिमा पनि विभिन्न प्रतिमा र चित्रले आम्बेडकर अमर बनेका छन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

१४ अप्रिल १८९१ मा ब्रिटिस भारतको मध्य भारत प्रान्त (वर्तमान मध्य प्रदेश) मा अवस्थित महू नगरको सैन्य छाउनीमा आम्बेडकरको जन्म भएको थियो ।[१०] उनी रामजी सकपालभीमबाई सकपालका चौधौँ तथा अन्तिम सन्तान थिए ।[११] उनी वर्तमान महाराष्ट्रको रत्नागिरी जिल्लाको आम्बडवेमा बसोबास गर्ने कबीर पन्थको अनुसरण गर्ने मराठी मूलको परिवारको सदस्य थिए ।[१२] तत्काल अछुत मानिने हिन्दु महार भएको हुनाले उनले र उनको परिवारले सामाजिक र आर्थिक भेदभावको सहन गर्नुपर्थ्यो ।[१३] बाबासाहेब आम्बेडकरका पुर्खा केही पुस्ता देखि इस्ट इन्डिया कम्पनीको सेनामा कार्यरत थिए र उनका पिता पनि भारतीय सशस्त्र सेनाको महू छाउनीमा सेवारत सुबेदार थिए । उनले मराठीअङ्ग्रेजीमा औपचारिक शिक्षा प्राप्त गरेका थिए ।[१४]

आफ्नो जातिको कारणले बाबासाहेबले सानै देखि सामाजिक प्रतिरोध सहनुपरेको थियो । विद्यालयको शिक्षामा सक्षम भएपनि उनले छुवाछुतको कारण थप चुनौतीको सामना गर्नुपरेको थियो । सन् १८९८ मा बाबासाहेबका पिताले जिजाबाईसँग पुनर्विवाह गरे । ७ नोभेम्बर १९०० मा उनलाई सातारामा अवस्थित सरकारी उच्च माध्यमिक विद्यालयमा उनको बाल्यकालको नाम भिवा रामजी आम्बडवेकरको नाममा भर्ना गराइदिए । कोकण विभागमा गाउँको नामसँग सम्बन्धित उपनाम राखिने हुनाले उनको उपनाम पनि आम्बडवेको नाममा आम्बडवेकर राखिएको थियो । पछि बाबासाहेबलाई पढाउने र माया गर्ने ब्राह्मण शिक्षकले उनको उपनामलाई "आम्बडवेकर" बाट "आम्बेडकर" बनाइदिए ।[१५] त्यसबेला देखि उनले आफैँलाई आम्बेडकर भनी परिचय गराउन थाले ।

रमाबाई आम्बेडकर, आम्बेडकरकी श्रीमती

भारतमा बाल विवाह प्रचलनमा रहेको बेला रामजी सकपाल सपरिवार बम्बई (वर्तमानमा मुम्बई) आई अप्रिल १९०६ मा १५ वर्षको आम्बेडकरको विवाह नौ वर्षकी रमाबाईसँग गराइदिए । तब आम्बेडकर पाँचौँ अङ्ग्रेजी कक्षामा अध्ययनरत थिए ।[१६]

महान बोधिसत्त्व भीमराव आंबेडकरको बाइसवटा प्रतिज्ञाहरू[सम्पादन गर्ने]

  1. म ब्रह्मा, विष्णु र महेशमा कुनै विश्वास छैन न त म तिनीहरूलाई पूजा गर्नेछु ।
  2. म राम र कृष्ण, जुन भगवानको अवतार मानिन्छन, त्यसमा कुनै विश्वास गर्दिनँ न त म तिनीहरूलाई पूजा गर्नेछु ।
  3. म गौरी, गणपति र हिन्दुहरूको अन्य देवताहरूमा आस्था राख्ने छैन र न त म तिनीहरूलाई पूजा गर्नेछु ।
  4. म भगवानको अवतार मा विश्वास गर्दिनँ ।
  5. भगवान् बुद्ध विष्णुको अवतार थिए भन्ने कुरालाई म विश्वास गर्दिनँ र कहिलै पनि गर्ने छैन, म यसलाई पागलपन र झूटा प्रचार मान्दछु ।
  6. म श्राद्धमा भाग लिने छैन र न त पिंड-दान दिनेछु ।
  7. म बुद्धको शिक्षा र सिद्धान्तहरू उल्लङ्घन हुने प्रकारले व्यवहार गर्ने छैन ।
  8. म कुनै पनि ब्राहमण द्वारा हुने समारोहको स्वीकार गर्दैन ।
  9. म मानिसको समानतामा विश्वास गर्दछु ।
  10. म समानता स्थापना गर्न प्रयास गर्नेछु ।
  11. म बुद्धको आष्टांगिक मार्गका अनुशरण गर्नेछु ।
  12. म बुद्धद्वारा निर्धारित पारमितालाई पालना गर्नेछु ।
  13. म सबै जीवित प्राणीहरू प्रति दया र प्रेम राख्नेछु तथा तिनीहरूलाई सुरक्षा गर्नेछु ।
  14. म चोर्ने छैन ।
  15. म झूठ बोल्ने छैन ।
  16. म कामुक पापहरू गर्ने छैन ।
  17. म रक्सी, लागूपदार्थ र मादकपदार्थको सेवन गर्ने छैन ।
  18. म महान् आष्टांगिक मार्गका पालनको प्रयास गर्नेछु एवं सहानुभूति र दयामायाको दैनिक जीवनमा अभ्यास गर्नेछु ।
  19. म हिन्दु धर्मको त्याग गर्नेछु जुन मानवताको लागि हानिकारक, उन्नति र मानवताको विकासमा बाधक छन्, किनकि यो असमानतामा आधारित छन्, र आफ्नो धर्मको रूपमा बौद्ध धर्मलाई अपनाउने छु ।
  20. म दृढताका साथ विश्वास गर्नेछु कि बुद्ध धर्म नै सत्य धर्म हो ।
  21. मलाई विश्वास छ कि म फेरि जन्म लिने छु ।
  22. म गम्भीरता एवं दृढताको साथ घोषित गर्दछु कि म यस (धर्म परिवर्तन) पछि आफ्नो जीवनलाई बुद्धको सिद्धान्त र शिक्षा एवं उनको धर्म अनुसार मार्गदर्शन गर्नेछु ।

महापरिनिर्वाण[सम्पादन गर्ने]

सन् १९४८ देखि नै आंबेडकर मधुमेहबाट पीडित थिए । जून देखि अक्टूबर १९५४ सम्म उहाँ एकदमै बिमार रहिन, उस समयमा उहाँ कमजोरी भैरहेको दृष्टिबाट ग्रसित थियो । राजनीतिक मुद्दा हरू द्वारा उदास आंबेडकरको स्वास्थ्य असाध्यै खराब हुँदै गयो र सन् १९५५ को समयमा गरिएको निरन्तर कामले उहाँलाई सिकिस्त बनाइदियो । आफ्नो अन्तिम पाण्डुलिपि "बुद्ध र उनको धर्म" को पुरा गरिएको तीन दिन पछि ६ दिसम्बर १९५६ मा अम्बेडकरको महापरिनिर्वाण दिल्ली उहाँको घरमै भएको थियो । ७ डिसेम्बर को दिन मुम्बईमा दादर चौपाटी समुद्र तट मा बौद्ध शैलीले अन्तिम संस्कार गरिएको थियो जसमा उहाँको लाखौं समर्थकहरु, कार्यकर्ताहरू र प्रशंसकहरू ले भाग लिए । उहाँको अन्तिम संस्कारको समय उहाँलाई साक्षी राखेर उहाको लगभग १०,००,००० अनुयायी हरूले बौद्ध धर्मको दीक्षा लिएको थियो, जुन विश्वको इतिहासमा पहिलो चोटि भएको थियो । मृत्युपछि आंबेडकर को परिवारमा उहाको दोस्रो श्रीमती डा० सविता आंबेडकर रहेको थियो जो जन्म देखि नै ब्राह्मण थियो तर उहाँको साथै उनी पनि धर्म परिवर्तन गरी बौद्ध भएको थियो, तथा दलित बौद्ध आन्दोलनमा बाबासाहेब आंबेडकर पछि (बाबासाहेब को साथ) बौद्ध बन्ने पहिलो व्यक्ति थियो । विवाह भन्दा पहिले उहाँको पत्नीको नाम डा० शारदा कबीर थियो । डा० सविता आंबेडकर को एउटा बौद्धको रूपमा सन् २००३ मा मृत्यु भए, आंबेडकर नाति, प्रकाश यशवंत आंबेडकर, भारिपा बहुजन महासंघको नेतृत्व गर्दछन् र भारतीय संसदको दुवै घरमा सदस्य पनि रहेको थियो ।

मुम्बईमा उहाँकोधेरै अधुरा टंकलिपित तथा हस्तलिखित मसौदहरू आंबेडकरको नोट र पत्रमा पाएको छन् । त्यस मध्ये वेटिङ फर अ भिसा (Autobiography) जुन सन् १९३५-३६ बीचको आत्मकथानात्मक काम हो र Untouchables or the Children of India's Ghetto जुन सन् १९५१ को जनगणनामा सम्बन्धित् छन् । एउटा स्मारक आंबेडकरको दिल्ली स्थित उहाँको घर २६ अलीपुर रोड मा स्थापित गरिए को थियो । आंबेडकर जयन्तीमा सार्वजनिक अवकाश राखिन्छन । सन् १९९० मा उहाँले मरणोपरान्त भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न ले सम्मानित गरे को थियो । धेरै सार्वजनिक संस्थानका नाम उहाँको सम्मान को लागि उहाँको नाम मा राखिएको छन्, जस्तै हैदराबाद, आंध्र प्रदेश को डा० अम्बेडकर मुक्त विश्वविद्यालय, बी आर अम्बेडकर बिहार विश्वविद्यालय- मुजफ्फरपुर, डा० बाबासाहेब अम्बेडकर अंतरराष्ट्रीय विमानस्थल नागपुर मा छन्, जुन पहिले सोनेगांव हवाई अड्डको नाम ले चिनिन्थियो । आंबेडकर को एउटा विशाल आधिकारिक चित्र भारतीय संसद भवन मा प्रदर्शित गरिए । मुम्बईमा उहाँको स्मारक हरेक साल लगभग पन्ध्र लाख मानिसहरू वार्षिकोत्सव (14 अप्रैल), पुण्यतिथि (6 दिसम्बर) र धर्मचक्र प्रवर्तनको दिन (14 अक्टूबर) नागपुरमा, उहाँलाई आफ्नो श्रद्धांजलि अर्पित गर्नुको लागि जम्मा हुने गर्दछन । अम्बेडकरको सयकडौ पुस्तकालय स्थापित भए र लाखौं रुपियाँको पुस्तकहरू बिक्री गरिन्छन । आफ्नो अनुयायि हरूको लाई उहाँको महान् संदेश थियो, शिक्षित बन्नु, सङ्गठित रहन्नु र संघर्ष गर्नु!

कार्यहरू[सम्पादन गर्ने]

बाबासाहेब आम्बेडकर ज्ञानका भण्डार थिए । वहाँलाई अङ्ग्रेजी, हिन्दी, मराठी, पाली, संस्कृत, गुजराती, जर्मन, फारसी, फ्रान्सेली तथा बङ्गाली भाषाको राम्रो स्तरको ज्ञान थियो । बाबासाहेबले अन्य भारतीय राजनीतिज्ञहरूको तुलनामा सबैभन्दा बढी लेख लेखेका छन् । सामाजिक सङ्घर्षमा सक्रिय र व्यस्त भएपनि उनले विभिन्न किताबहरू, निबन्ध, लेख तथा भाषणको सङ्ग्रह लेख्न भ्याएका थिए । उनी असामान्य प्रतिभाको धनी हुनुका साथै कठिन परिश्रमद्वारा आफ्नो प्रतिभा र क्षमता विकास गरेका थिए ।

बाबासाहेबको किताबहरू भारतमा मात्र नभई विश्वभरी प्रसिद्ध र लोकप्रिय छन् । वहाँले लेख्नु भएको भारतीय संविधानलाई भारतको राष्ट्रग्रन्थ मानिन्छ । 'भगवान बुद्ध र उनको धम्म' नामक ग्रन्थ बौद्ध देशहरूमा धेरै प्रसिद्ध र महत्त्वपूर्ण छ । राजनिती, अर्थशास्त्र, मानवविज्ञान, धर्म, समाजशास्त्र, कानुन आदि क्षेत्रमा वहाँले किताब लेख्नुभएको थियो ।

आम्बेडकरद्वारा लिखित केही महत्वपूर्ण किताबहरूका सूची'

टिप्पणी[सम्पादन गर्ने]

  1. आम्बेडकरको उपनामको मूल हिज्जे आंबेडकर (मराठी शब्द, अङ्ग्रेजीमा Āmbēḍkar) हो जसलाई शुद्ध नेपालीमा आम्बेडकर लेखिन्छ । आंबेडकरआम्बेडकर बाहेक लेखिने अम्बेडकर, अंबेडकर, अम्बेदकर, अंबेदकर, आम्बेदकर, आंबेदकर सबै हिज्जे गलत हुन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "BR Ambedkar’s anniversary: His quotes on gender, politics and untouchability" [आम्बेडकर जयन्ती: लिङ्ग, राजनीति र छुवाछुतका सम्बन्धमा उनका भनाइ], ६ डिसेम्बर २०१७, मूलबाट २३ जून २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  2. "Rescuing Ambedkar from pure Dalitism: He would've been India's best Prime Minister" [आम्बेडकरलाई दलितवादबाट बचाउँदै: उनी भारतका सर्वश्रेष्ठ प्रधानमन्त्री हुन सक्थे], फर्स्टपोस्ट, मूलबाट २५ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  3. "Do we really respect Dr Ambedkar or is it mere lip service?" [के हामी साँच्चै नै डा. आम्बेडकरलाई सम्मान गर्छौँ कि यो केवल एक आडम्बर मात्रै हो ?], डिएनए इन्डिया, ६ डिसेम्बर २०१४, मूलबाट १७ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  4. "Ambedkar in Modi's quiver, says Gandhi's insulted father of Indian Constitution" [आम्बेडकर मोदीको नराम्रो पक्षमा, भन्छन् गान्धी भारतीय संविधानका अपमानित जनक हुन्], डेक्कन क्रोनिकल, १५ अप्रिल २०१४, मूलबाट १६ जून २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  5. "Home for Ambedkar 'house' - Maharashtra to buy UK bungalow where Dalit icon lived" [आम्बेडकर गृह: महाराष्ट्रद्वारा संयुक्त अधिराज्यमा अवस्थित दलित हस्तीको बसोबास रहेको घर खरिद गर्ने योजना], टेलिग्राफ इन्डिया, मूलबाट ५ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  6. डेस्क, एफपिजे वेब (११ अप्रिल २०१६), "Milestones achieved by Dr. Babasaheb Ambedkar" [डा. बाबासहेब आम्बेडकरका उपलब्धिहरू], मूलबाट ६ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  7. "Archives released by LSE reveal BR Ambedkar’s time as a scholar" [लन्डन स्कुल अफ इकोनोमिक्सद्वारा प्रकाशित सङ्ग्रहमा बी. आर. आम्बेडकरको विद्यार्थी जीवन], हिन्दुस्तान टाइम्स, ९ फेब्रुअरी २०१६, मूलबाट २३ जून २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  8. "Zee जानकारी : किसने रची थी डॉ. आंबेडकर के बारे में भ्रम फैलाने की साजिश" [जी जानकारी: कसले रचेका थिए डा. आम्बेडकरको बारेमा भ्रम फैलाउने षड्यन्त्र], जी न्यूज हिन्दी, १५ अप्रिल २०१६, मूलबाट ८ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  9. "Worldwide Ambedkar Jayanti celebration from ccis.nic.in on 19th March 2015" [१९ मार्च २०१५ मा सिसिआइएसबाट विश्वभर आम्बेडकर जयन्ती मनाइयो] 
  10. जाफ्रेलट, क्रिस्टोफ (सन् २००५), Dr. Ambedkar and Untouchability: Fighting the Indian Caste System [डा. आम्बेडकर र छुवाछुत: भारतीय जाति प्रथाको विरोध], न्यू योर्क: कोलम्बिया विश्वविद्यालय छापाखाना, पृ: २, आइएसबिएन 0-231-13602-1 
  11. प्रिचेट, फ्रान्सेस, "In the 1890s" [इस्वीको उन्नाइसौँ शताब्दीको नवौँ दशकमा] (पिएचपी), मूलबाट ७ सेप्टेम्बर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २००६ 
  12. मेनन, दिलिप म., "What’s in a name?: Those who invoke Ambedkar are complicit in a forgetting, much like Gandhi" [नाममा के छ ?: आम्बेडकरवादीले पनि भूल गर्छन्, गान्धी जस्तै], स्क्रोल डट इन, मूलबाट १३ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  13. "Mahar" [महार], इन्साइक्लोपिडिया ब्रिटानिका, ब्रिटानिका डट कम, मूलबाट ३० नोभेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०१२ 
  14. आहुजा, एम. एल. (सन् २००७), "Babasaheb Ambedkar" [बाबासाहेब आम्बेडकर], Eminent Indians: administrators and political thinkers [प्रख्यात भारतीयहरू: प्रशासकहरू र राजनीतिक चिन्तकहरू], नयाँ दिल्ली: रूपा, पृ: १९२२–१९२३, आइएसबिएन 8129111071, मूलबाट २३ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुलाई २०१३ 
  15. "अम्बेडकर गुरुजीको परिवारले सामाजिक बोसो जोगाउँदछन्, परिवारले साँचेका ती यादहरू", दिव्य मराठी, २६ डिसेम्बर २०१६, मूलबाट २८ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  16. प्रिचेट, फ्रान्सेस, "In the 1900s" [इस्वीको बीसौँ शताब्दीको पहिलो दशकमा] (पिएचपी), मूलबाट ६ जनवरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जनवरी २०१२ 

बाह्य कडी[सम्पादन गर्ने]