आम्बेडकरवाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आम्बेडकरवाद (अङ्ग्रेजी: Ambedkarism, मराठी: आंबेडकरवाद) बाबासाहेब आम्बेडकरको विचारधारामा आधारित भारतीय राजनीतिक, सामाजिक, धार्मिक तथा राष्ट्रवादी दर्शन वा विचार प्रणाली हो । यसको मूल सिद्धान्त "समानता" हो ।[१][२][३] यस क्रान्तिकारी, मानवतावादी तथा वैज्ञानिक विचार प्रणालीले भारत लगयत अन्य राष्ट्रका शोषित-पीडित वर्ग, किसान, श्रमिक, महिला, राजनीतिज्ञ, दलित र बौद्ध कार्यकर्ता लगायत अन्य टन्नै व्यक्तिलाई प्रभाव परेको छ । आम्बेडकरवादमा लागेका व्यक्तिलाई "आम्बेडकरवादी" वा "आम्बेडकरी" (अङ्ग्रेजी: Ambedkarite) भनिन्छ ।[४][५][६][७][८]

समानता, स्वतन्त्रता, बन्धुत्व, न्याय, धम्म, लोकतन्त्र, महिला अधिकार, अहिंसा, सत्य, मानवता, विज्ञानसंविधान आम्बेडकरवादका मूल सिद्धान्त हुन् ।[९][१०][११][१२][१३]

आम्बेडकरवादको भारतीय समाजमा प्रभाव[सम्पादन गर्ने]

बाबासाहेब आम्बेडकरले भारतीय समाजका लागि अविस्मरणीय योगदान दिएका छन् । लाखौँ अनुयायी भएका आम्बेडकरले भारतको एक तृतीय भागलाई प्रभाव पारेका छन् । भारतको तत्कालीन १५% धनी र शक्तिशाली जनताको विरोध गरी आम्बेडकरले बाँकी ८५% शोषित, उत्पीडित, बहिष्कृत जनताको अधिकारको संरक्षण र चेतनास्तरको अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।[१४]

जाति व्यवस्थाको निर्मूलन[सम्पादन गर्ने]

बाबासाहेब आम्बेडकरको व्यापक कार्यका कारणले भारतमा ५००० वर्ष देखि चलिआएको जाति व्यवस्थाको निर्मूलन भएको थियो । जाति प्रथाले सिर्जना गरेको असमानताको अन्त्य भएपछि भारतमा लोकतन्त्र र समताको थालनी भएको थियो ।[१५]

अस्पृश्य वर्गको उन्नति[सम्पादन गर्ने]

बाबासाहेब आम्बेडकर एक श्रेष्ठ समाजसुधारक र क्रान्तिकारी व्यक्ति थिए । उनको सामाजिक कार्य र अभियानका कारणले हिन्दु वर्ण व्यवस्थाका कारणले पिछडिएका वर्गमा एकता र चेतना बढेको थियो । अस्पृश्य वर्गले आफ्नो अधिकारको हनन भएको आभास गर्न थालेका हुनाले उनीहरूको आत्मसम्मान बढेको थियो । उनीहरूले आफ्नो अधिकारको माग गर्न थालेका थिए । आम्बेडकरले दलित वर्गले आफ्नो स्वतन्त्रता र विकासको लागि आफैँ लड्नुपर्छ भन्ने कुरा थाहा पाएका थिए र त्यसकारण उनले भारतीय संविधानमा पनि अस्पृश्य तथा पिछडिएका वर्गका लागि विशेष कानुनी व्यवस्था मिलाएका थिए । उक्त व्यवस्था वर्तमानको संविधानमा पनि कायम राखिएको छ । बाबासाहेब आम्बेडकरका कार्यले गर्दा अस्पृश्य वर्गको अधिकारको संरक्षण, चेतनास्तरको अभिवृद्धि र स्तरोन्नतिमा महत्त्वपूर्ण पहल भएका छन् ।[१५]

बौद्ध धर्मको प्रचार[सम्पादन गर्ने]

भारतीय उपमहाद्वीपबाट अन्य राष्ट्रमा फैलिएको बौद्ध धर्मको प्रचार र प्रवर्तन एघारौँ शताब्दीमा भारतमा घट्न थाल्यो । बोधिसत्त्व बाबासाहेब आम्बेडकरले बीसौँ शताब्दीमा बौद्ध धर्ममा लागि उत्तर प्रदेश, गुजरात, पञ्जाब, मध्य प्रदेशमहाराष्ट्रमा लाखौँ जनता बौद्धमार्गमा लाग्न प्रोत्साहित गरेका थिए । फक्स्वरूप, भारतमा बौद्धवाद पुनः प्रचलनमा आएको थियो । आम्बेडकरले आफ्नो धर्म परिवर्तन गरेदेखि बौद्ध धर्म र संस्कृतिको प्रवर्तनका साथै बौद्ध दर्शन, बौद्ध साहित्यपाली भाषाको अभ्यास पनि प्रचलनमा आएका छन् । सन् २०११ को भारतीय जनगणना अनुसार ८३% बौद्धमार्गी आम्बेडकरवादी पनि थिए । आम्बेडकरवादले भारतमा मान्यता पाएपछि भारतमा बौद्ध धर्मको पनि पुनर्जागरण भएको थियो जसले गर्दा भारतका क्षेत्रमा तीब्र गतिमा बौद्ध धर्मको प्रचार भएको थियो ।[१६]

मूलभूत परिवर्तनको थालनी[सम्पादन गर्ने]

बाबासाहेब आम्बेडकरका कार्यले भारतीय समाजमा मूलभूत परिवर्तनको थालनी भएको थियो । हिन्दु वर्ण व्यवस्थामा परिवर्तन आई जाति व्यवस्थामा त परिवर्तन भएको नै थियो तर यसका साथै विवाह, धर्म, अर्थ, शिक्षा तथा राजनीतिमा पनि आधारभूत तहबाट नै परिवर्तन सुरु भएका थिए । नवबौद्ध धर्मावलम्बीले हिन्दु विवाह पद्धतिलाई नकारी बौद्ध विवाह पद्धतिलाई अँगाल्न थालेका थिए । सबै वर्गका मानिसलाई शिक्षा प्रदान गर्न थालियो । आरक्षणको कारणले अनुसूचित जात र अनुसूचित जमातले पनि राजकीय र प्रशासकीय सत्ता प्राप्त गरे । फलस्वरूप, सबै सामाजिक तहबाट राजनीतिक सहभागिता सुनिश्चित भयो ।[१६] आम्बेडकरवादी विचार प्रणालीमा प्रमोद भीमराव ठाकरे जस्ता नवीन लेखक तथा राजनीतिक शास्त्रज्ञ र विचारकले पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।[१६]

नवबौद्ध आन्दोलनको उदय[सम्पादन गर्ने]

बाबासाहेब आम्बेडकरले नवबौद्ध आन्दोलनको सुरुवात गरेका थिए । सुरुमा यस आन्दोलनमा केवल महर समुदायले आम्बेडकरको साथ दिएका थिए । पछि शोषित, उत्पीडित, बहिष्कृत तथा पिछडिएका वर्गमा चेतनास्तरको अभिवृद्धि भएपछि आफ्नो अधिकारको माग गर्दै अन्य वर्ग पनि उक्त आन्दोलनमा जोडिए । वर्तमानमा नवबौद्ध आन्दोलनलाई दलित-बौद्ध आन्दोलन वा आम्बेडकरवादी आन्दोलन पनि भनिन्छ ।[१६]

थप लेख[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "We are Ambedkarites, we are not Dalits", मुम्बई मिरर, ६ सेप्टेम्बर २०१८, अन्तिम पहुँच ३ जनवरी २०१९ 
  2. दहिवाले, मङ्गेश, "A life in the service of Ambedkarism", तेलङ्गाना टुडे (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ३ जनवरी २०१९ 
  3. "This love for Ambedkar", दी इन्डियन एक्सप्रेस (भारतीय अङ्ग्रेजीमा), ७ डिसेम्बर २०१८, अन्तिम पहुँच ३ जनवरी २०१९ 
  4. "‘Ambedkar philosophy is for betterment of society’ - Times of India", द टाइम्स अफ इन्डिया, अन्तिम पहुँच ३ जनवरी २०१९ 
  5. "Mumbai: It's not reservation but representation, say Ambedkarites", डिएनए (अङ्ग्रेजीमा), ७ डिसेम्बर २०१८, अन्तिम पहुँच ३ जनवरी २०१९ 
  6. "Ambedkarite Activist Tries to Slap Ramdas Athawale, in Hospital After Severe Beating by Minister's Men", न्यूज १८, अन्तिम पहुँच ३ जनवरी २०१९ 
  7. "Battle of Koregaon: Lakhs of Dalits gather at the Vijay Stambh", हिन्दुस्तान टाइम्स (अङ्ग्रेजीमा), २ जनवरी २०१९, अन्तिम पहुँच ३ जनवरी २०१९ 
  8. "8,000 Punjab Buddhists, majority loyal to Ambedkar", द ट्रिब्युन, ६ डिसेम्बर २०१८, अन्तिम पहुँच ३ जनवरी २०१९ 
  9. "Answer lies in Ambedkarism", डेक्कन क्रोनिकल (अङ्ग्रेजीमा), २५ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ३ जनवरी २०१९ 
  10. "'God of Reservations?' India must separate Ambedkar from Ambedkarism", मेल अनलाइन, २ मे २०१७, अन्तिम पहुँच ३ जनवरी २०१९ 
  11. त्रिपाठी, अरुण कुमार, "The BJP Has Swept UP But It Does Not Know the Way Ahead From Here", द वायर (बेलायती अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ मार्च २०१७ 
  12. "KCR’s 125-feet Ambedkar statue is a mockery of the very spirit of Ambedkarism", द न्यूज मिनेट, १५ अप्रिल २०१६, अन्तिम पहुँच ३१ मार्च २०१७ 
  13. "Kabali is boring, but its socio-political depths make it a blockbuster that wasn’t", द न्यूज मिनेट, २३ जुलाई २०१६, अन्तिम पहुँच ३१ मार्च २०१७ 
  14. पाटिल, कृष्णमकुमार (सन् २०१४), समाजशास्त्र (१२ वी) (मराठीमा), पुणे, महाराष्ट्र: महाराष्ट्र राज्य माध्यमिक एवम् उच्च माध्यमिक शिक्षण मण्डल, पृ: १४४–१४५। 
  15. १५.० १५.१ पाटिल, कृष्णमकुमार (सन् २०१४), समाजशास्त्र (१२ वी) (मराठीमा), पुणे, महाराष्ट्र: महाराष्ट्र राज्य माध्यमिक एवम् उच्च माध्यमिक शिक्षण मण्डल, पृ: १४४। 
  16. १६.० १६.१ १६.२ १६.३ पाटिल, कृष्णमकुमार (सन् २०१४), समाजशास्त्र (१२ वी) (मराठीमा), पुणे, महाराष्ट्र: महाराष्ट्र राज्य माध्यमिक एवम् उच्च माध्यमिक शिक्षण मण्डल, पृ: १४५।