भीम ध्वज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भीम ध्वज

भीम ध्वज, निलो ध्वज वा आम्बेडकर ध्वज बौद्ध विहार, दलित सङ्घसंस्था, घर तथा गाडीमा बाबासाहेब आम्बेडकरनवबौद्धको प्रतीकको रूपमा प्रयोग गरिने निलो रङ्गको झण्डा हो । अशोक चक्र रहेको यस झण्डालाई प्रायः दलित-बहुजन उत्सव, भेटघाट कार्यक्रम तथा परेडमा प्रयोग गरिन्छ । बाबासाहेब आम्बेडकर र बौद्ध धर्मसँग सम्बन्धित प्रायः सबै ठाउँमा यस झण्डाको प्रयोग गरिन्छ । आम्बेडकरले दलित समुदायको हक, अधिकार र समानताको निम्ति आफ्नो जीवन समर्पण गरेका हुनाले र निलोलाई समताको रङ्ग मानिने हुनाले भीम ध्वजमा पनि निलो रङ्गको प्रयोग गरिएको हो । निलो रङ्गको यस झण्डालाई आम्बेडकरवादी आन्दोलनमा त्यागको प्रतीक मानिन्छ । झण्डाको मध्य भागमा चक्रवर्ती सम्राट अशोकको बौद्ध धर्मचक्रमा पर्ने सेतो अशोक चक्र राखिएको छ । कुनैकुनै झण्डामा "जय भीम" लेखिएको हुन्छ भने कुनैकुनैमा बाबासाहेब आम्बेडकरको चित्र बनाइएको हुन्छ । यो निलो झण्डा पहिले बाबासाहेब आम्बेडकरको शेड्युल्ड कास्ट्स फेडेरेसनमा मात्रै प्रयोग गरिन्थ्यो । यद्यपि, वर्तमानमा यसले समग्र भारतीय रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्छ । बाबासाहेब आम्बेडकरद्वारा स्थापित समता सैनिक दलमा पनि यस झण्डाको प्रयोग गरिन्छ ।

थप लेख[सम्पादन गर्नुहोस्]