अम्बादेवी मन्दिर सत्याग्रह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अम्बादेवी मन्दिर सत्याग्रह (मराठी: अंबादेवी मंदिर सत्याग्रह) महाराष्ट्रको अमरावतीमा अवस्थित प्राचीन अम्बादेवी मन्दिरमा प्रवेश गर्ने माग गर्दै बाबासाहेब आम्बेडकरद्वारा पञ्जाबराव देशमुखको नेतृत्त्वमा २६ जून १९२७ देखि आयोजित सत्याग्रह थियो । सत्याग्रहको सुरुवात अघि अछुत वर्गले दुई छोटी मन्दिरमा प्रवेश गर्ने अनुमति माग्दै मन्दिर समितिको समक्ष आवेदन प्रस्तुत गरेका थिए । अम्बादेवी मन्दिर समितिका विश्वस्त सदस्य दादासाहेब खापर्डेले अछुत वर्गलाई मन्दिरमा प्रवेश गर्ने अनुमति दिने वाचा गरेका थिए ।

हिन्दु धर्मले सबै प्राणी ईश्वरका सन्तान हुन् र सबै प्राणी प्रति दयावान् हुनुपर्छ भन्ने सिकाउँछ । यद्यपि, त्यही हिन्दु धर्ममा दलित वर्गलाई मन्दिरमा प्रवेश गर्ने अधिकार थिएन । दलित वर्गले मन्दिरमा प्रवेश गरेमा मन्दिर अशुद्ध हुने, मन्दिर ध्वस्त हुने र प्राकृतिक प्रकोप आइपर्ने मान्यता थियो । यो कुरा बाबासाहेबलाई स्वीकार्य थिएन । दलित अधिकारका लागि चवदार तालको सत्याग्रह गरेझैँ अम्बादेवी मन्दिरमा प्रवेश गर्नका लागि पनि सत्याग्रह गर्नुपर्छ भन्ने आभास बाबासाहेबले गरेका थिए । यो सत्याग्रह मन्दिरमा प्रवेश गरी अम्बादेवीको दर्शन गर्न मात्रै आयोजित गरिएको थिएन, यो दलित अधिकारको मागको लागि गरिएको सङ्घर्ष, मानव अधिकारको लागि गरिएको आन्दोलन पनि थियो । दलित वर्गको प्रविष्टिले मन्दिर र दैविक मूर्तिलाई अशुद्ध बनाउँदैन भन्ने कुराको पुष्टि गर्नु यस आन्दोलनको मूल उद्देश्य थियो ।

थप लेख[सम्पादन गर्नुहोस्]