भारत रत्न

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भारत रत्‍न बाट पठाईएको)
भारत रत्न
सम्मानको जानकारी
प्रकार नागरिक
श्रेणी सामान्य
स्थापना वर्ष १९५४
अंतिम अलंकरण २००८
कुल अलंकरण ४३
अलंकरणकर्ता भारत सरकार
विवरण सूर्यको प्ल्याटिनम छवि
को साथ भारत रत्न देवनागरी लिपिमा खोपिएको,
एउटा पीपलको पातमा
प्रथम अलंकृत सर्वपल्ली राधाकृष्णन
अंतिम अलंकृत सचिन तेन्दुलकर तथा सि.एन.आर.राव
सम्मान श्रेणी
कोही छैन ← भारत रत्नपद्म विभूषण

भारत रत्न भारतको सर्वोच्च नागरिक सम्मान हो।[१][२][३] यो सम्मान राष्ट्रिय सेवाको लागि दिइन्छ। यी सेवाहरूमा हुन् कला, साहित्य, विज्ञान वा सार्वजनिक सेवा। यस सम्मानको स्थापना २ जनवरी, १९५४ मा भारतका तत्कालीन राष्ट्रपति श्री राजेन्द्र प्रसादद्वारा गरिएको थियो। अन्य अलंकरणकै समान यस सम्मानलाई पनि नामको साथ पदवीको रूपमा लिइंदैन।[४] [५] प्रारम्भमा यस सम्मानला मरणोपरान्त दिने प्रावधान थिएन, यो प्रावधान सन् १९५५ मा जोडिएको हो । त्यस पश्चात अहिले सम्मको सम्मानमा १० व्यक्तिहरूलाई मरणोपरान्त भारत रत्न प्रदान प्रदान गरिएको छ ।

अन्य प्रतिष्ठित पुरस्कारहरूमा पद्म विभूषण, पद्म भूषणपद्मश्रीको नाम लिन सकिन्छ।

पदक[सम्पादन गर्नुहोस्]

मूल रूपमा यस सम्मानको पदकको डिजाइन ३५ मिमि गोलाकार स्वर्ण मेडल थियो। जसमा अगाडि भागमा सूर्य बनाइएको थियो, माथि भारत रत्न लेखिएको थियो र तल फूलको माला थियो । र पछाडि पट्टि राष्ट्रिय चिह्न र मोटो थियो। तर यस पदकको डिजाइनलाई बदलेर तामाको बनेको पीपलको पातमा प्लेटिनमको चम्किलो सूर्य बनाइयो। जसको मनीपट्टि चाँदीमा भारत रत्न, र यो सेतो फीतामा गलामा लगाइन्छ ।

सम्मानित व्यक्तित्व[सम्पादन गर्नुहोस्]

क्रम वर्ष नाम जीवन
१. १९५४ - डाक्टर सर्वपल्ली राधाकृष्णन (५ सितंबर, १८८८१७ अप्रिल, १९७५)
२. १९५४ - चक्रवर्ती राजगोपालाचारी (१० डिसेम्बर, १८७८ - २५ डिसेम्बर, १९७२)
३. १९५४ - डाक्टर चन्‍द्रशेखर वेंकटरमण (७ नोभेम्बर, १८८८ - २१ नोभेम्बर, १९७०)
४. १९५५ - डाक्टर भगवान दास (१२ जनवरी, १८६९ - १८ सितंबर, १९५८)
५. १९५५ - सर डा. मोक्षगुंडम विश्वेश्वरय्या (१५ सितंबर, १८६० - १२ अप्रिल, १९६२)
६. १९५५ - पं. जवाहर लाल नेहरू (१४ नोभेम्बर, १८८९ - २७ मई, १९६४)
७. १९५७ - गोविंद वल्लभ पंत (१० सितंबर, १८८७ - ७ मार्च, १९६१)
८. १९५८ - डा. धोंडो केशव कर्वे (१८ अप्रिल , १८५८९ नोभेम्बर, १९६२)
९. १९६१ - डा. बिधन चंद्र रय (१ जुलाई, १८८२ - १ जुलाई, १९६२)
१०. १९६१ - पुरूषोत्तम दास टंडन (१ अगस्ट, १८८२ - १ जुलाई, १९६२)
११. १९६२ - डा. राजेन्द्र प्रसाद (३ डिसेम्बर, १८८४ - २८ फेब्रुअरी, १९६३)
१२. १९६३ - डा. जाकिर हुसैन (८ फेब्रुअरी, १८९७ - ३ मई, १९६९)
१३. १९६३ - डा. पांडुरंग वामन काणे (१८८०-१९७२)
१४. १९६६ - लाल बहादुर शास्त्री (२ अक्टोबर, १९०४ - ११ जनवरी, १९६६), मरणोपरान्त
१५. १९७१ - इन्दिरा गान्धी (१९ नोभेम्बर, १९१७ - ३१ अक्टोबर, १९८४)
१६. १९७५ - वराहगिरी वेंकट गिरी (१० अगस्ट, १८९४ - २३ जून, १९८०)
१७. १९७६ - के. कामराज (१५ जुलाई, १९०३ - १९७५), मरणोपरान्त
१८. १९८० - मदर टेरेसा (२७ अगस्ट, १९१० - ५ सितंबर, १९९७)
१९. १९८३ - आचार्य विनोबा भावे (११ सितंबर, १८९५ - १५ नोभेम्बर, १९८२), मरणोपरान्त
२०. १९८७ - खान अब्दुल गफ्फार खान (१८९० - २० जनवरी, १९८८), प्रथम गैर-भारतीय
२१. १९८८ - एम जी आर (१७ जनवरी, १९१७ - २४ डिसेम्बर, १९८७), मरणोपरान्त
२२. १९९० - डा. भीमराव रामजी आंबेडकर (१४ अप्रिल, १९८१ - ६ डिसेम्बर, १९५६), मरणोपरान्त
२३. १९९० - नेल्सन मन्डेला (१८ जुलाई, १९१८), द्वितीय गैर-भारतीय
२४. १९९१ - राजीव गान्धी (२० अगस्ट, १९४४ - २१ मई, १९९१), मरणोपरान्त
२५. १९९१ - सरदार वल्लभ भाइ पटेल (३१ अक्टोबर, १८७५ - १५ डिसेम्बर, १९५०), मरणोपरान्त
२६. १९९१ - मोरारजी देसाई (२९ फेब्रुअरी, १८९६ - १० अप्रिल, १९९५)
२७. १९९२ - मौलाना अबुल कलाम आजाद (११ नोभेम्बर, १८८८ - २२ फेब्रुअरी, १९५८), मरणोपरान्त
२८. १९९२ - जे आर डी टाटा (२९ जुलाई, १९०४ - २९ नोभेम्बर, १९९३)
२९. १९९२ - सत्यजीत रे (२ मई, १९२१ - २३ अप्रिल, १९९२)
३०. १९९७ - अब्दुल कलाम (१५ अक्टोबर, १९३१)
३१. १९९७ - गुलजारी लाल नंदा (४ जुलाई, १८९८ - १५ जनवरी, १९९८)
३२. १९९७ - अरुणा असाफ अली (१६ जुलाई, १९०९ - २९ जुलाई, १९९६), मरणोपरान्त
३३. १९९८ - एम एस सुब्बुलक्ष्मी (१६ सितंबर, १९१६ - ११ डिसेम्बर, २००४)
३४. १९९८ - सी सुब्रामनीयम (३० जनवरी, १९१० - ७ नोभेम्बर, २०००)
३५. १९९८ - जयप्रकाश नारायण (११ अक्टोबर, १९०२ - ८ अक्टोबर, १९७९), मरणोपरान्त
३६. १९९९ - पं. रवि शंकर (७ अप्रिल, १९२०)
३७. १९९९ - अमृत्य सेन (३ नोभेम्बर, १९३३)
३८. १९९९ - गोपीनाथ बोरदोलोई (१८९०-१९५०) , मरणोपरान्त
३९. २००१ - लता मंगेशकर (२८ सितंबर, १९२९)
४०. २००१ - उस्ताद बिस्मिल्ला खां (२१ मार्च, १९१६ - २१ अगस्ट, २००६)
४१. २००८ - पं.भीमसेन जोशी (४ फेब्रुअरी, १९२२ - २४ जनवरी,२०११)
४२. २०१४ - सि.एन.आर.राव (३० जुन, १९३४)
४३. २०१४ - सचिन तेन्दुलकर (२४ अप्रिल, १९७३)

बिबाद[सम्पादन गर्नुहोस्]

सुभास चन्द्र बोस[सम्पादन गर्नुहोस्]

सन् १९९२ मा भारत सरकारले नेताजी सुभास चन्द्र बोसलाई भारत रत्न सम्मान मरणोपरान्त प्रदान गरिएको थियो तर उनको मृत्यु बिबादित भएको कारणले पुरस्कार मरणोपरान्त दिने स्वरूप माथि प्रश्न उठाइएको थियो जसले गर्दा भारत सरकारले यो सम्मानलाई फिर्ता लियो । यो सम्मान फिर्ता लिने यो मात्र एउटा उदाहरण हो ।

मौलाना अबुल कलाम आजाद[सम्पादन गर्नुहोस्]

भारतको प्रथम शिक्षा मन्त्री श्री मौलाना अबुल कलाम आजादलाई जब भारत रत्न दिने कुरा आयो त्यस समय उनले यो सम्मान नलिने कुरा गर्नुभयो,उनको अनुसार जुन व्यक्ति भारत रत्न चयन समितिमा काम गरिसकेका छन् उनलाई यो सम्मान दिनु हुदैन । पछि उनलाई सन् १९९२ मा मरणोपरान्त यो सम्मान दिइयो ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. पायली, मूलमट्टोम वार्के (१९७१), द कन्स्टीट्यूशन अफ इण्डिया, नई दिल्ली: एस चांद एण्ड कम्पनी लि., पृ: ११४, आइएसबिएन 81-219-2203-8 
  2. महाजन, विद्याधर (१९७१), द कन्स्टीट्यूशन अफ इण्डिया, लखनऊ, उत्तर प्रदेश: ईस्टर्न बुक कंपनी, पृ: 169। 
  3. होएबर्ग, डेल; इन्दु रामचन्दानी (२०००), स्टूडेन्ट्स ब्रिटैनिका इण्डिया, नई दिल्ली: ब्रिटैनिका विश्वकोश (भारत), भाग.३, पृ.१९८, आइएसबिएन 0-85229-760-2  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. बसु, दुर्गा दास (१९८८), Shorter Constitution of India, नई दिल्ली: प्रेन्टिस हल अफ इन्डिया। 
  5. बसु, दुर्गा दास (१९९३), Introduction to the Constitution of India, नई दिल्ली: प्रेन्टिस हल अफ इन्डिया। 

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]