लता मङ्गेशकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लता मङ्गेशकर
लता मङ्गेशकर सन् २००८ मा
व्यक्तिगत विवरण
जन्म (1929-09-28) २८ सेप्टेम्बर १९२९ (उमेर ९४)
इन्दौर, भारत
मृत्यु६ फरवरी २०२२
विधाचलचित्र सङ्गीत (पार्श्व गायिका), भारतीय शास्त्रीय सङ्गीत
पेशागयिका
वाद्ययन्त्रस्वर
सक्रिय वर्ष१९४२–अहिलेसम्म

लता मङ्गेशकर (जन्म: २८ सेप्टेम्बर, १९२९, मृत्युः ६ फरवरी २०२२ ) एक भारतिय गायिका थिइन्। उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पार्श्व गायिका थिइन्।[१][२] सन् १९४२मा गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिवुडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकि थिइन्। उनी आशा भोसले, ह्रिदयनाथ मङ्गेशकर, उशा मङ्गेशकरमीना मङ्गेशकरको दिदी थिइन्। भारतको सबैभन्दा ठुलो गैर-सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका थिइन्।[३]

मङ्गेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिइन्। उनले १९४८ देखि १९७४ सम्म् तिस हजार गितहरू रेकर्ड गराएकि थिइन्। तर यो पनि भनिन्छ कि उनकै बहिनी आशा भोसलेले त्यो भन्दा बढी गीत रेकर्ड् गराएकी थिइन्।[४][५]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

बाल्लयकालमा लता मङ्गेशकर

मङ्गेशकरको जन्म मामाघर इन्दोरमा भयो।[६] त्यसपछि उनिहरू कोल्हापुर सरे। उनका बुबा दीननाथ मङ्गेशकर नाटक कम्पनी चलाउनुहुन्थ्यो, पछि बन्द गरेर चलचित्र कम्पनी चलाउनुभयो। त्यही उनिहरूको घर बन्यो। सानोमा उनी चुलबुले स्वभावकी थीइन। उनका एक भाइ र चार बहिनी थिए। उनी ५/६ वर्ष हुँदादेखि नै बुबाले गीत सिकाउन थाल्नुभयो। बुबाको नाटक कम्पनीमा सानो-सानो बच्चाको रोल लिने गर्थिन। सन् १९४२मा बुबा बितेपछि सबै परिवार धान्ने जिम्मा उनको काधमा आयो। त्यसैबखत उनले'नवयुग चलचित्र'मा हिरोइनको बहिनीको भूमिका निभाइन। यो उनको पहिलो चलचित्र थियो, त्यो पनि मराठी। कोल्हापुर आएपछि मराठी फिल्मका हस्ती मास्टर विनायकको कम्पनीमा जागीर गरिन।[७]

पार्श्व गायन[सम्पादन गर्नुहोस्]

लता बालककालदेखि नै गायक बन्न चाहान्थिन। बालककालमा कुंदनलाल सहगलको एक चलचित्र चण्डीदास देखेर उनले भनेकी थिईन कि ठुलो भएर सहगलसँग विवाह गर्ने छिन। पहलो पटक लताले वसँग जोगलेकर द्वारा निर्देशित एक चलचित्र कीर्ती हसालको लागि गाईन। उनके पिता लताले फिल्मको लागि नगाउन भन्ने चहन्थे। त्यसैले, यस गीतलाई फिल्मबाट निकालियो। तर उनको प्रतिभाबाट वसंत जोगलेकर धेरै प्रभावित भए।[८]

पिताको मृत्यु पछि (जब लता मात्र १३ वर्षकी थिईन), लतालाई पैसाको धेरै ठुलो समस्या पर्‍यो र धेरै सङ्घर्ष गर्न पर्‍यो। उनलाई अभिनय धेरै राम्रो लागेको थिएन तर पिताको असामयिक मृत्युको कारणबाट पैसाको लागि उनके केही हिन्दीमराठी फिल्महरूमा काम गर्नु पर्‍यो। अभिनेत्रीको रूपमा उनको पहिलो चलचित्र पाहिली मङ्गलागौर (१९४२) थियो, जसमा उनले स्नेहप्रभा प्रधानको सानी बहिनीको भूमिका निभाइन। पछि उनले धेरै फिल्महरूमा अभिनय गरिन जसमा, माझे बाल, चिमुकला संसार (१९४३), गजभाऊ (१९४४), बडी माँ (१९४५), जीवन यात्रा (१९४६), माँद (१९४८), छत्रपति शिवाजी (१९५२) शामिल थिए। बडी माँ,मा लताले नूरजहाँको साथ अभिनय गरिन र उनको सानी बहिनीको भूमिका आशा भोंषलेले निभाइन। उनले आफैलाई भूमिकाको लागि गीत पनि गाईन र आशाको लागि पार्श्वगायन गरिन।

१९४५मा उस्ताद गुलाम हैदर (जसले पहिलानूरजहाँको खोज गरेका थिए) आफ्नो आउने फिल्मको लागि लतालाई एक निर्माताको स्टूडियोमा लिएर गए जसमा कामिनी कौशल मुख्य भूमिका निभाइ रहेकी थीइन। उनी चाहान्थे कि लता त्यस फिल्मको लागि पार्श्वगायन गरुन। तर गुलाम हैदरलाई निराशा हात लाग्यो। १९४७मा वसंत जोगलेकरले आफ्नो चलचित्र आपकी सेवा मेंमा लतालाई गाउने मौका दिए। यस फिल्मको गितबाट लताको धेरै चर्चा भयो। यस पछि मजबूर फिल्मको गीत "अङ्ग्रेजी छोरा चला गया" र "दिल मेरा तोडा हाय मुझे कहीं का न छोडा तेरे प्यार ने" जस्तो गीतबाट आफ्नो स्थिति सुदृढ गरिन। यध्यपी यसपछि पनि लतालाई अत्यधिक सफलता भने मिलिसकेको थिएन। १९४९मा लतालाई यस्तो मौका चलचित्र "महल"को "आयेगा आनेवाला" गीतबाट प्राप्त भयो। यस गीतलाई त्यस समयको सबैभन्दा सुन्दरी र चर्चित अभिनेत्री मधुबालामा बनाईएको थियो। यो चलचित्र अत्यन्त सफल रहेको थियो र लता तथा मधुबाला दुबैको लागि बहुत शुभ साबित भयो। यस पछि लताले कहिल्यै पछाडी फर्केर हेर्नु परेन।

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

  • चलचित्र फेयर पुरस्कार (१९५८, १९६२, १९६५,१९६९, १९९३ ऱ १९९४)
  • राष्ट्रिय पुरस्कार (१९७२, १९७५ ऱ १९९०)
  • महाराष्ट्र सरकार पुरस्कार (१९६६ ऱ १९६७)
  • १९६९ - पद्म भूषण
  • १९७४ - गिनीज बुक रेकर्ड
  • १९८९ - दादा साहब फाल्के पुरस्कार
  • १९९३ - चलचित्र फेयर - लाई फ टाइम अचीवमेन्ट पुरस्कार
  • १९९६ - स्क्रीनको लागि लाई फटाइम अचीवमेंट पुरस्कार
  • १९९७ - राजीव गान्धी पुरस्कार
  • १९९९ - एन.टी.आर. पुरस्कार
  • १९९९ - पद्म विभूषण
  • १९९९ - जी सिने का का लाई फटाइम अचीवमेंट पुरस्कार
  • २००० - आई. आई. ए. एफ.को लाई फटाइम अचीवमेंट पुरस्कार
  • २००१ - स्टारडस्टको लाई फटाइम अचीवमेंट पुरस्कार
  • २००१ - भारतको सर्वोच्च नागरिक सम्मान "भारत रत्न"
  • २००१ - नूरजहाँ पुरस्कार
  • २००१ - महाराष्ट्र भुषण

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Lata Mangeshkar", The Times of India, डिसेम्बर १०, २००२, अन्तिम पहुँच २००९-०७-२२ 
  2. Yasmeen, Afshan (सेप्टेम्बर २१, २००४), "Music show to celebrate birthday of melody queen", The Hindu, अन्तिम पहुँच २००९-०८-१९ 
  3. Lata Mangeshkar given Bharat Ratna वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-११ मिति The Hindu
  4. Raju Bharatan (२३ अगस्ट २००६), "How fair were they to Mohammed Rafi?: Page 7", Rediff.com, अन्तिम पहुँच २००७-०४-२८ 
  5. Raju Bharatan (२३ अगस्ट २००६), "How fair were they to Mohammed Rafi?: Page 6", Rediff.com, अन्तिम पहुँच २००७-०४-२८ 
  6. Harish Bhimani (१९९५), In search of Lata Mangeshkar, Indus, आइएसबिएन 9788172231705 
  7. कसैले एकसुरमा गीत सुनाउँदा दिक्क लाग्छ,नयापत्रिका, १६ जुलाई २०११ वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२१ मिति
  8. गौतम, प्रभाकर, "लता मङ्गेशकर र नारायण गोपालले सँगै गाउन नपाएका दुइटा गीत", Seto Pati, अन्तिम पहुँच ६ फेब्रुअरी २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]