मोनाली ठाकुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोनाली ठाकुर (মোনালী ঠাকুর)
मोनाली ठाकुर एक कार्यक्रममा
व्यक्तिगत विवरण
वास्तविक नाममोनाली ठाकुर
जन्म (1985-11-03) ३ नोभेम्बर १९८५ (उमेर ३८)
उत्पत्तिकोलकाता, भारत
पेशागायिका, अभिनेत्री
सक्रिय वर्ष२००६-वर्तमान

मोनाली ठाकुर (जन्म ३ नोभेम्बर १९८५) एक भारतीय पार्श्व गायिका तथा अभिनेत्री हुन् । उनी मुख्य रूपले बलिउड चलचित्रहरूमा गीत गाउने गर्छिन । मोनालीले अहिलेसम्म २ बङ्गाली चलचित्रमा काम गरिसकेकी छिन् । मोनालीको जन्म भारतको कोलकातामा भएको हो ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

ठाकुरको सम्बन्ध एउटा पूर्ण संगीतमय परिवारसंग रहेको छ, उनको बुवा शक्ति ठाकुर एक बङ्गाली गायक र अभिनेता हुन्[१] र उनकी बहिनी मेहुली ठाकुर गोस्वामी एक पेशेवर पार्श्वगायिका हुन् ।[२] सानै उमेरमा उनले बङ्गाली टेलीभिजन कार्यक्रम आलोकितो एक इन्दु, मा इन्दु को मुख्य भूमिका निर्वाह गरिसकेकी छिन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. पविथरन, ईवा. " उसकी आवाज मे ऊम्फ", वर्व पत्रिका, खंड 16, 5वा अंक, मई,2008.
  2. "मोनाली ठाकुर आइडल रेस से बाहर वेब्याक मेसिन अभिलेखिकरण २००८-०६-२० मिति", टेली चक्कर, 7 फरवरी,2006.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]