बहिष्कृत भारत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
बहिष्कृत भारत पाक्षिकको प्रतीक चिन्ह

बहिष्कृत भारत बाबासाहेब आम्बेडकरद्वारा ३ अप्रिल १९२७ देखि सम्पादित र प्रकाशित पाक्षिक पत्रिका थियो । दोस्रो अङ्क देखि बहिष्कृत भारतमा ज्ञानेश्वरका कवितालाई उद्धृत गरिएको थियो ।

आता कोंडद घेऊनि हाती । आरूढ पांइये रथी ।
देई अलिंगन वीरवृत्ती । समाधाने ।
जगी कीर्ती रुढवी । स्वधर्माचा मानु वाढवी ।
इया भारापासोनि सोडवी । मेदिनी हे ।
आता पार्थ निःशंकु होई । या संग्रमा चित्त देई ।
एथ हे वाचूनी काही । बोलो नये। आता केवळ संग्राम ।
संग्रामाशिवाय दुसरे काहीही नाही ।

यस पत्रिकाको माध्यमले बाबासाहेब आम्बेडकरले अस्पृश्य समुदायमा सुषुप्त रहेको क्रान्तिको भावनालाई जागरुक पार्न चाहन्थे ।

बाबासाहेब आम्बेडकरको कर्मभूमि तत्कालीन महाराष्ट्रमा मराठीलाई आधिकारिक भाषाको दर्जा दिइएको हुनाले उनले सबै पत्रिका मराठीमा छाप्थे । आम्बेडकर अङ्ग्रेजीमा प्रवीण भएपनि महाराष्ट्रको तत्कालीन दलित समुदाय खासै साक्षर थिएन । त्यसैले उनले सर्वसाधारण जनताले पनि उनको पत्रिकाको उपभोग गर्न सकुन् भन्ने उद्देश्यले मराठीमा पत्रिका प्रकाशन गर्थे । यद्यपि, त्यही समयमा महात्मा गान्धीले भने दलित समुदाय प्रति आफ्नो समर्थनको रूपमा हरिजन नामक अङ्ग्रेजी पत्रिका प्रकाशन गर्थे ।

पहिलो अङ्क[सम्पादन गर्ने]

बाबासाहेब आम्बेडकरद्वारा प्रकाशित मूकनायकबहिष्कृत भारत

बहिष्कृत भारतको पहिलो अङ्कमा बाबासाहेबले लेखेका थिए,

"सुधारको कानुन लागु भइसकेको छ । अङ्ग्रेजको हातमा रहेको सत्ता केही हदसम्म वरिष्ठ हिन्दी जनतामा हस्तान्तरण भएको छ । कुनै प्रशंसा बिना बहिष्कृत वर्गको प्रतिनिधिको मामिलामा जनावरलाई उसको क्रूर गुरु कसाबालाई समर्पण गरेझैँ बहिष्कृत वर्गलाई उनका मातापिताले वरिष्ठ हिन्दी वर्गको स्वाधीन पारेका छन् । वर्तमानको अछुत वर्गको छ वर्ष अघिको अछुत वर्गको स्थिति भन्दा पनि दयनीय छ । अछुत वर्गले भोग्नुपरेका सामाजिक विभेद र अन्यायमा प्रकाश परी जीवनस्तर अभिवृद्धि गर्न छ वर्ष भन्दा पनि अहिले पत्रिका छाप्नुपर्ने आवश्यकता देखिन्छ ।

बहिष्कृत वर्गको सङ्ख्याको अनुपातमा प्रतिनिधि नभएपनि उक्त वर्गको स्तरोन्नति र चेतनास्तरको अभिवृद्धि हुन सकेमा त्यसलाई समृद्धिको प्रतीक मान्नुपर्छ किनभने ब्रिटिस सरकारको निष्पक्ष कानुनको निर्णय वरिष्ठ हिन्दी जनताको हातमा छ र यदि ती वरिष्ठ हिन्दुको उद्देश्य साँच्चै नै पवित्र र सात्विक छ भने अहिले देखि नै आन्दोलनको सुरुवात गर्नुपर्छ ।"

अग्रलेख[सम्पादन गर्ने]

बहिष्कृत भारतको मुखपृष्ठ

यस पत्रिकामा प्रकाशित सबै लेख बाबासाहेब आम्बेडकरले आफैँ लेख्थे । यद्यपि, उनले यस पत्रिकाका लागि आवश्यक पाठक सङ्ख्या र आर्थिक सहयोग प्राप्त गर्न सकेनन जसकारण १५ नोभेम्बर १९२९ मा यसको प्रकाशन बन्द गर्नुपर्यो । यस पाक्षिकको कुल ३४ अङ्क प्रकाशित भएका थिए जसमध्ये ४ जनवरी १९२९ मा प्रकाशित अङ्कमा मात्रै शीर्षक राखिएको थिएन । पत्रिकाका ३१ अङ्कहरूमा "प्रासङ्गिक विचार" नाम गरिएको खण्डमा आम्बेडकरले लेखका रूपमा प्रश्न अघि सार्थे । उनले यस पत्रिकामा कुल १४५ लेख लेखेका थिए । बाबासाहेबको महापरिनिर्वाण पछि सन् १९६१ मा यस पत्रिकाको प्रकाशन र वितरण पूर्ण रूपमा बन्द गरिएको थियो ।

थप लेख[सम्पादन गर्ने]

बाह्य कडी[सम्पादन गर्ने]