रजेप तैयप एर्दोगान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
His Excellency
रजेप तैयप एर्दोगान
Recep Tayyip Erdogan 2017.jpg
२०१७ मा एरदोगान
१२औं टर्कीको राष्ट्रपति
पद बहाली
२८ अगस्त २०१४
प्रधानमन्त्रीअहमेत दावुतोग्युलू
बिनाली यिल्दिरीम
अग्रजअब्दुल्लाह ग्युल
२५ औं प्रधानमंत्री
कार्यकाल
१४ मार्च २००३ – २८ अगस्ट २०१४
राष्ट्रपति
Deputy
अग्रजअब्दुल्लाह ग्युल
उतराधिकारीअहमेत दावुतोग्युलु
जस्टिस एंड डेवलपमेंट पार्टी
पद बहाली
२१ मे २०१७
अग्रजबिनाली यिल्दिरीम
कार्यकाल
१४ अगस्ट २००१ – २७ अगस्ट २०१४
अग्रजPosition established
उतराधिकारीअहमेत दावुतोग्युलु
इस्तानाबुल के मेयरको सूची
कार्यकाल
२७ मार्च १९९४ – ६ नवेम्बर १९९८
अग्रजनूरुद्दीन सोजन
उतराधिकारीअली मुफ़ीत
ढाँचा:GNAT MP
In office
९ मार्च २००३ – २८ अगस्त २०१४
Constituency
व्यक्तिगत विवरण
जन्म (१९५४-०२-२६) २६ फेब्रुअरी १९५४ (उमेर ६५)
कासिमपाशा, इस्तानबुल, टर्की
राजनीतिक पार्टी
जीवन साथी(हरू)Emine Gülbaran (विवाह १९७८–हाल) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: Emine Gülbaran to रजेप तैयप एर्दोगान" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%B0%E0%A4%9C%E0%A5%87%E0%A4%AA_%E0%A4%A4%E0%A5%88%E0%A4%AF%E0%A4%AA_%E0%A4%8F%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%8B%E0%A4%97%E0%A4%BE%E0%A4%A8)
सन्तान(हरू)
अल्मा माटरमरमारा विश्वविद्यालय
सहीछाप

रजेप तैयप एर्दोगान अथवा Recep Tayyip Erdoğan (Turkish: [ɾeˈd͡ʒep tɑjˈjip ˈæɾdo(ɰ)ɑn] ( listen); born 26 February 1954) एक टर्कीश राजनीतिज्ञ हुन् जसले टर्कीको वर्तमान राष्ट्रपतिको रूपमा सेवा गरिरहेका छन्,। उनले पहिले २००३ देखि २०१४ सम्म प्रधानमन्त्रीको रूपमा सेवा गरे र १९९४ देखि १९९८ सम्म इस्तांबुलका मेयरको रूपमा सेवा गरे। उनले न्याय र विकास पार्टी (AKP ) सन् २००१ मा, सन् २०१४ मा राष्ट्रपतिको रूपमा आफ्नो चुनावमा उभिएर २००२, २००७ र २०११ मा सामान्य चुनावको जितनाथको नेतृत्व गरे। इस्लामवादी राजनीतिक पृष्ठभूमिबाट आउँदै गरेको र एक आत्मनिर्धारित रूढिवादी लोकतान्त्रिकको रूपमा, उहाँले सामाजिक रूढिवादी र उदार आर्थिक विकासको लागि पदोन्नति गरेका छन्।

राष्ट्रनिर्माता पछिकै शक्तिशाली बने एर्दोगान[सम्पादन गर्ने]

टर्कीको नयाँ संविधानले राष्ट्रपतिलाई धेरै अधिकारसहित शक्तिशाली बनाएको छ । राष्ट्रनिर्माता आटाटर्कपछि सबैभन्दा शक्तिशाली नेता एर्दोगान बनेका छन् ।यद्यपि, यसको औपचारिक घोषणा भने भएको छैन । शुक्रबार यसको परिणाम सार्वजनिक गर्ने तयारी त्यहाँको निर्वाचन आयोगले गरेको बीबीसीले जनाएको छ । टर्कीका प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले बीबीसीसँग एर्दोगानले सुविधाजनक मतका साथ विजयी हासिल गरेको बताएका छन् । तर उनले विस्तृत मत परिणाम भने दिएका छैनन् ।[१]

टर्की कू प्रयत्न[सम्पादन गर्ने]

टर्कीका अधिकारीहरुले विफल भएको सैन्य कूको सन्दर्भमा झण्डै तीन हजार न्यायाधीशहरुलाई पदमुक्त गरिएको र हजारौं सैनिकहरूलाई गिरफ्तार गरेका थिए।

अधिकारीहरूका अनुसार एक रातको हिंसामा झण्डै दुइ सय जना मारिएका थिए। टर्कीका प्रधानमन्त्री बिनाली यल्दरमले कू प्रयत्नलाई टर्कीको प्रजातन्त्रको कालो धब्बा भनेका थि।

कू प्रयत्नको घटना सन्दर्भमा उच्च पदस्थ सहित २८३९ सैनिक गिरफ्तार गरिएको टर्कीका प्रधानमन्त्री बिनाली यल्दरमले बताएका थिए।

एक रातमा प्रधानमन्त्री यल्दरमकै शब्दमा १६१ जना मारिएका छन् र १४४० जना घाइते भएका थिए।

आरोप[सम्पादन गर्ने]

राती अंकारा, इस्तानबुल र अन्यत्र विष्फोट र गोली हानेको आवाज सुनिएको थियो। र हजारौं टर्केलीहरू राष्ट्रपति एर्दोआनको कू षडयन्त्रकारीहरू विरुद्ध उठन गरेको आह्वान मान्दै सडकमा निस्केका थिए।

कू कसले गराएको भन्ने प्रष्ट भइसकेको छैन।

राष्ट्रपति रेसेप टैय्यप एर्दोआनले उनकै शब्दमा समानान्तर संरचना भनेर स्पष्ट रुपमा एकजना शक्तिशाली तर एक्लै जस्ता देखिने अमेरिकामा बस्ने मुश्लिम धर्मगुरु फेतुल्लाह गुलेनलाई आरोप लगाएका छन्।

तर गुलेनले एक विज्ञप्ती जारी गर्दै टर्कीका घटनामा आफ्नो सम्बन्ध भएको अस्वीकार गर्दै भनेका छन् “टर्कीमा प्रयत्न गरिएको सैनिक कूको कडा शब्दमा भत्सर्ना गर्छु।”

बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बावेनले कूको पछाडिको कारणबारे लेख्छन्- "राष्ट्रपति एर्दोआनको मुलुकको कायापलट गर्ने योजनामाथि टर्की गहिरो रुपमा विभाजित रहेका कारण र सिरियाली युद्धमा भइरहेको हिंसाको संक्रमणका कारण यो कू को प्रयत्न भएको हो।"[२]

कारण[सम्पादन गर्ने]

"राष्ट्रपति एर्दोआन र उनको एके पार्टी चुनाव जित्नमा खप्पीस छन् तर प्रजातन्त्रप्रति उनको दीर्घकालीन प्रतिबद्धतामाथि सँधै शंका छ। उनी राजनीतिक इश्लामवादी हुन् जसले टर्कीका निरपेक्षतावादीहरुलाई अस्वीकार गर्छन्। एर्दोआन बढ्दो रुपमा निरंकुश बन्दै गइरहेका छन् र आफुलाई बलियो कार्यकारी राष्ट्रपतिका रुपमा स्थापित गर्ने प्रयत्नमा छन्।"

"उनी सिरियाको युद्धमा इश्लामवादीहरुको समर्थन गर्छन्। उनकै गतिविधिका कारण टर्की जिहादीहरूको निशानामा छ। टर्कीले थुप्रै समस्याको सामना गर्नुपरेको छ र राष्ट्रपति एर्दोआन अपदस्त गर्ने यो प्रयत्न अन्तिम नहुन सक्छ।"

इस्तानबुलस्थित बीबीसीकी संवाददाता केटी वाट्सन भन्छिन् शनिबार विहान हुँदासम्म बोस्फोरस पुल पुन: खुलिसकेको थियो।

उनी भन्छिन् – "स्थिति पहिलेकै जस्तो बनिसकेको छ। पुलको व्यस्त ट्राफिकको आवाज सुन्न सकिन्छ। यहाँ शनिबारका लागि केहि शान्त जस्तो लाग्छ तर मानिसहरु हिजोअस्तिकै जस्तो गुडिरहेका छन्।"

तर मानिसहरू गएको दिनको घटनाबाट स्तब्ध छन्। शुक्रबार बोस्फोरसमा सैनिक ट्यांकहरु तयारी अवस्थामा रहे। सडकहरुमा सैनिकहरू देखिए र जमीनको नजिकै हुने गरी सैन्य जेटहरू उडेका भीडीयोहरू अंकारामा खिचिएको थियो।

विदा छोट्याएर राजधानी फर्कँदै गर्दा विमानस्थलमा राष्ट्रपति एर्दोआनले भने- "यी देशद्रोहीहरूले ठूलो मूल्य चुकाउनुपर्नेछ।"

टर्कीको संसद भवन राष्ट्रपति भवनमा आक्रमण गरिएको थियो। इस्तानबुल प्रहरी मुख्यालय बाहिर पनि गोलीको आवाज सुनिएको थियो।

प्रधानमन्त्री यल्दरमले परिस्थिति अहिले 'पूर्ण रुपमा नियन्त्रणमा' रहेको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]