रणदल पाँडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रणदल पाण्डेबाट अनुप्रेषित)
रणदल पाँडे
पाल्पाको प्रशासक
कार्यकाल
वि.सं. १८९४ – वि.सं. १८९७
पूर्वाधिकारीरणवीर सिंह थापा
उतराधिकारीसिंहवीर पाँडे
व्यक्तिगत विवरण
जन्म
रणदल पाँडे
अभिभावक

रणदल पाँडे भिमसेन थापाको पतन पछि मुलुकको शासन व्यवस्थामा प्रभाव पार्न सफल रणजंग पाँडेका दाजु थिए । वि. सं. १८९४ साउनमा थापालाई पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा बलियो पकड भएपछि दाजु रणदल पाँडेलाई पाल्पाको प्रशासक नियुक्त गरेका थिए । केन्द्रीय राजनीतिमा भाइको हालिमुहाली रहेकै कारण यिनलाई पाल्पाका अन्य प्रशासकभन्दा बढी अधिकार दिइएको थियो । यिनलाई केन्द्रसँग समन्वय नगरी सिधै अंग्रेजहरूसँग सम्पर्क गर्ने छुट दिइएको थियो भने पाल्पामा सैनिक भर्ना गर्ने अधिकार समेत प्रदान गरिएको थियो । तत्कालीन राजा राजेन्द्रको निर्देशन अनुसार बुटवल, स्युराज, खजहनी, माझखण्ड लगायतका दक्षिणी तराईका जिल्लाहरूको सुरक्षा व्यवस्थाको जिम्मासमेत रणदल पाँडेले पाएका थिए ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग