राउडी बेबी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"राउडी बेबी
Rowdy Baby"
युवान शङ्कर राजा (सङ्गीतकार) र धनुष, धी (प्रदर्शनकर्ता)को एकल
भाषातमिल
सार्वजनिक२५ अक्टोबर २०१८
ढाँचाडिजिटल डाउनलोड
किसिमफिल्मी, नृत्य, इलेक्ट्रोनिक
लेबलवन्डरबार स्टूडियो
डिभो
सङ्गीतकारयुवान शङ्कर राजा
गीतकारधनुष
रेकर्ड निर्माता(हरू)युवान शङ्कर राजा
साङ्गीतिक भिडियो
"राउडी बेबी" युट्युबमा हेर्नुहोस्

राउडी बेबी एक तमिल भाषाको गीत हो जुन २०१८ को एक्शन हास्य चलचित्र मारी २ को साउन्डट्र्याकको लागि युवान शङ्कर राजाले रचेका थिए र धीको साथमा धनुषले गाएका थिए।[१] गीत आधिकारिक रूपमा २५ अक्टोबर २०१८ मा चलचित्रको एकलको रूपमा रिलीज गरिएको थियो।[२] गीतको तेलगु संस्करण पछि चलचित्रको डब तेलुगु संस्करणको लागि उत्पादन गरिएको थियो, जसमा एम एम मानसीले धीको सट्टा महिला भाग प्रदर्शन गरेकी थिइन्।

रिलिज पछि, गीत भाइरल भयो र धेरै लोकप्रिय भयो,[३] र यसको सङ्गीत भिडियो, जनवरी २०१९ मा चलचित्रको मुख्य जोडी धनुष र साई पल्लवीको विशेषतामा रिलीज गरिएको थियो, जसले युट्युबका धेरै रेकर्डहरू तोड्यो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको भारतीय गीतहरू मध्ये एक भयो।[४][५] बिलबोर्डले २०१९ को ग्लोबल शीर्ष १० सङ्गीत भिडियोहरूमा गीत सूचीबद्ध गरेको थियो।[६] युट्युब शीर्ष प्रचलित सङ्गीत भिडियोका अनुसार, राउडी बेबी २०१९ को सबैभन्दा स्ट्रिम गरिएको भारतीय भिडियो थियो र विश्वव्यापी रूपमा सातौँ थियो।[७] फेब्रुअरी २०२० सम्म, यो एक मात्र दक्षिण भारतीय र तमिल भाषाको भिडियो गीत हो जुन युट्युबमा ८०० मिलियन भन्दा बढी पटक हेरिएको छ।

पुरस्कार[सम्पादन गर्नुहोस्]

समारोह मिति श्रेणी प्राप्तकर्ताहरू परिणाम
फिल्मफेयर पुरस्कार दक्षिण २१ डिसेम्बर २०१९ सर्वश्रेष्ठ नृत्य कोरियोग्राफर – दक्षिण प्रभु देवाजानी मास्टर विजयी
सर्वश्रेष्ठ पुरुष पार्श्वगायक – तमिल धनुष मनोनित
सर्वश्रेष्ठ महिला पार्श्वगायक – तमिल धी मनोनित
दक्षिण भारतीय अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार[८] १५ अगस्ट २०१९ सर्वश्रेष्ठ महिला पार्श्वगायक धी विजयी
जी सिने पुरस्कार तमिल[९] ४ जनवरी २०२० सर्वश्रेष्ठ कोरियोग्राफर प्रभु देवा विजयी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Dhanush-Sai Pallavi's peppy song 'Rowdy Baby' from 'Maari 2' out—Watch", Zee News India 
  2. "'Maari 2' song 'Rowdy Baby': Makers release the first track from the film - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-२७ 
  3. "India's Music Industry Charts Its Future as It Eyes Bigger Share of Global Market", Billboard, अप्रिल २६, २०१९। 
  4. "Yuvan's Rowdy Baby song from Maari 2 sets big records", Moviecrow 
  5. "‘Verithanam’ and ‘Rowdy Baby’ most streamed songs by Tamil music fans", The Hindu 
  6. "Daddy Yankee, Lil Nas X Had YouTube's Most-Watched Music Videos of 2019", Billboard 
  7. "Maari 2's Rowdy Baby with Dhanush and Sai Pallavi tops 2019 YouTube list in India", The Hindu 
  8. "SIIMA Awards: 'Sudani from Nigeria' wins Best Film, Trisha bags two awards", The News Minute, अगस्ट १७, २०१८, अन्तिम पहुँच सेप्टेम्बर ५, २०१९ 
  9. "Zee Cine Awards Tamil 2020: The complete winners list", जनवरी ५, २०२०। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]