राजेन्द्र विमल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


राजेन्द्र विमल (सन् १९४७ - ) साहित्यकार हुन् । उनलाई डा. राजेन्द्र विमलका नामले चिनिन्छ । कथालेखनमा लामो समयदेखि सक्रिय डा. राजेन्द्र विमललाई मधेश भूमिको सुरुचिपूर्ण कथामार्फत नेपाली आख्यान साहित्यमा महत्वपूर्ण योगदान दिएबापत 'मधुपर्क सम्मान २०७६' द्वारा सम्मानित गरेको छ।[१]

जीवनी[सम्पादन गर्ने]

उनको जन्म सन् १९४७ मार्च २६ देवीचोक, जनकपुर-१०मा भएको हो । उनले नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर गरेका छन् । साथै, उनी भाषा विज्ञान विषयका पिएचडी हुन् । डा. विमल वि.सं. २०२९ सालदेखि अटुट रूपमा त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापन गर्दै आएका छन् ।

कृतिहरू[सम्पादन गर्ने]

उनको १२ वर्षको उमेरमा पहिलो लघुकथा 'आर्यावर्त' हिन्दी दैनिकमा प्रकाशित भएको थियो । १५ वर्षको उमेरमा आर्यावर्तमै प्रकाशित 'कचनार के पेंड' कथा निकै लोकप्रिय भएको थियो । त्यसै वर्ष मिथिला मिहीर (मैथिली मासिक)मा 'मुईल बच्चा' कथा प्रकाशित भएको थियो । एसएलसी परीक्षापछिको फुर्सदको समयमा उनले 'चान अहाँ उदास छी' उपन्यास लेखेका थिए । सन् १९६६ पछि उनी गोरखापत्र, पञ्चवाणी, बैदेहीलगायतका पत्रपत्रिकामा लेख्न थालेका थिए । उनको राजेन्द्र विमलका कथाहरू (कथासंग्रह), जस अन्तर्गतको वन्धनबाट मुक्ति कथा वि.सं.२०७३ को पाठ्यक्रम अनुसार कक्षा नौ ९ को अनिवार्य नेपाली विषयमा समावेश गिरएको छ । [नवनीत नेपाल परिचय]] (परिचय, वि.सं. २०४४) प्रकाशित छ ।


पुरस्कार[सम्पादन गर्ने]

उनलाई मिथिला क्षेत्रमा विगत चार दशकदेखि मैथिल भाषी विद्यार्थीहरूलाई नेपाली भाषामा शिक्षित गराउने पुनीत कार्यका साथै नेपाली भाषामा अनेक ग्रन्थ रचना गरी नेपाली भाषा वाङमयलाई समृद्ध तुल्याएबापत वि.सं. २०६६ को जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित गरियो ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]


बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]