रामभक्त कोख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रामभक्त कोख (ईस १९३७ - २०००) बनेपा, नेपालका एक समाजसेवी थिए।

संक्षिप्त जीवनी

जन्म र प्रारम्भिक शिक्षा

समाजसेवा भनेपछि हुरुक्कै हुने तर आफुलाई समाजसेवी भनी कहिल्यै चिनाउन नचाहने व्यक्तित्व स्व. श्री रामभक्त कोखश्रेष्ठको जन्म वि.सं. १९७४ साल कार्तिक ५ गते विहिवारका दिन माता हरिदेवीका कोखवाट वनेपा भोलाखाटोल स्थित वहाँकै निवासमा भएको थियो। वहाँको उमेर २ वर्षको हुन नपाउँदै वहाँको पिता बिष्णुभक्तको देहावसान भएको हुनाले वहाँको लालनपालनका साथै प्रारम्भिक शिक्षाको सम्पूर्ण जिम्मेवारी माता हरिदेवीको काँधमा आईपर्‍यो। साहस र धैर्यकी प्रतिमूर्ति माता हरिदेवीकै रेखदेखमा वहाँको प्रारम्भिक शिक्षा घरमै प्रारम्भ भयो। पछि वनेपा दछुटोलमा नीजि धरमा खुलेको आजाद स्कूलमा वहाँको औपचारिक शिक्षा शूरु भयो। देशमा प्रजातन्त्र नआएको वेला दुनियाँले स्कूल गई पढदा त्यसवेलाको निरंकूश शासक वर्गको कूदृष्टि पर्ने त्रासको वातावरण थियो। वहाँ सानै उमेर देखि निर्भिक र सरल हुनु हुन्थ्यो। हुने विरुवाको चिल्लो पात भनेझैं वहाँ लगनशील, मेहनती र मेधावी छात्र समेत भएको हूँदा वहाँले आफ्ना गूरुहरूको समेत मन जित्नू भएको थियो। आफ्नो गरिवी र अभावलाई समेत वेवास्ता गर्दै आफू शिक्षित बनेर आफ्नो गाउँ समाजलाई पनि सूशिक्षित र सम्वृद्ध बनाउने सोचमा वहाँ कलिलै उमेर देखि लाग्नू भयो। १४ वर्षको कलिलो उमेरमै प्रवेशिका परीक्षा उतीर्ण गरी वहाँ वनेपाको आफुले पढेकै स्कूलमा अध्यापन गर्न थाल्नू भयो।

उच्च शिक्षा, राजनीति र विवाह

यसरी कलिलै उमेरमा अध्यापन गर्न थाल्नू भएपनि वहाँले आफ्नो अध्ययनको क्रमलाई टुट्न दिनु भएन। आफू किशोर अवस्थाको हूँदानै देशमा २००७ सालको क्रान्तिवाट भरखर प्रजातन्त्र प्रादूर्भाव भई १०४ वर्ष सम्म चलेको राणा शासनको अन्त्य भएको थियो। विज्ञान विषयमा वहाँको रुचि भएको हूँदा वहाँले वि.सं. २०११ सालमा सोही विषयमा त्रिचन्द्र कलेजमा आई. एस्सी. पढन थाल्नू भयो। सोही वर्ष वहाँको विवाह जानकीदेवीसँग सम्पन्न भयो। विद्यार्थी जीवनदेखिनै वहाँको झूकाव नेपाली कांग्रेसतर्फ थियो। भारतीय अहिंसावादी नेता महात्मा गान्धी तथा नेपाली कांग्रेसका नेता वी.पी.को वहाँमा विशेष छाप परेको थियो। त्रिचन्द्र कलेजवाट २०१६ सालमा वि. एस्सी. उतीर्ण गर्नुभएपछि काठमाण्डौ कै केही विद्यालयहरूमा अध्यापन गर्न थाल्नूभयो। इमान्दार शिक्षक वनेर देशको सेवा गर्नु पर्छ भन्ने आफ्ना गूरु स्व. अमृतप्रसाद प्रधानको मन्त्रलाई धारण गरेर अध्यापन पेशामानै आफुलाई समर्पित गर्ने प्रण गर्नुभयो। २०१७ सालमा वहाँ तरुणदलको जिल्ला सचिव समेत वन्नूभयो। सोही साल वनेपाको आजाद हाईस्कूलमा शिक्षक पदमा स्थाई नियूक्ति समेत पाउनुभयो। २०१८ सालमा २०१७ सालको कदमको विरुद्ध लागेको आरोपमा वहाँलाई गिरफ्तार गरियो र ६ महिना जेल सजायँ भोग्नूभयो। त्यसपछि वहाँले आफ्नो अध्ययनको क्रमलाई अगाडि वढाउनु भयो र २०२२ सालमा गणित विषयमा एम.एस्सी.उपाधि हासिल गर्नुभयो। सोही साल वहाँले वनेपामा प्रौढहरूलाई शिक्षाको तड्कारो आवश्यकता महसुस गर्नुभई प्रौढ शिक्षा निकेतन खोल्नूभई त्यसको प्रधानाध्यापक आफै भै कक्षा सञ्चालन गर्न लाग्नू भयो।

अध्यापन

वहाँले अध्यापन कार्य पहिल्यै थाल्नुभएको भएपनि अध्ययन कार्य सकिएपछि यस क्षेत्रमा २०२२ साल देखि राम्ररी समय दिन पाउनु भयो। २०२३ सालमा वहाँ आजाद हाईस्कूलको प्रधानाध्यापक पदमा नियूक्ति गरिनुभयो। सोही साल शिक्षा प्रशासन विषयमा तालीम हासिल गर्न संयूक्त राज्य अमेरिका जानुभयो। त्यहाँबाट हासिल गर्नुभएको ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा लगाउनु भयो। आफ्ना दिवंगत गूरुको (अमृतप्रसाद प्रधान) प्रेरणाका रूपमा आफ्नो गाउँगाउँमा पनि पहिलो कलेज खोल्न र त्यसमा विज्ञान समेत पढाउन पाउनका लागि अथक प्रयास गर्नुभयो। अन्ततः २०२५ सालमा त्रिभूवन विश्वविद्यालयवाट केही आवधिक शर्तहरू सहित स्वीकृत पाउनुभयो। २०२६ सालमा काभ्रे कलेजका नाममा काभ्रे जिल्लाकै पहिलो महाविद्यालय खोल्नूभयो र आफू त्यसको उपप्राचार्य वन्नूभयो। तर विश्वविद्यालयवाट राखिएका केही शर्तहरू पूरा नभएको निहूँमा तत्कालिन प्रशासनको आदेशमा वन्दगर्न वाध्य पारियो। त्यसपछि वहाँका विचारमा विविधता आए। वहाँको ध्यान सामाजिक सङ्घ संस्था तिर मोडियो। त्यसपछि वहाँ युनेस्को, रेडक्रस जस्ता सामाजिक संघसंस्थाहरूमा सक्रियताका साथ लाग्नु भयो र आफ्ना सहयात्रीहरूलाई पनि लाग्न प्रेरित गर्नु भयो। प्रधानाध्यापक भई आजाद हाईस्कूलमा कार्यरत रहनुभयो। वहाँका केही विरोधीहरूले वहाँको महत्त्वाकांक्षावाट त्रस्त भई आजाद हाईस्कूलको प्रधानाध्यापकवाट हटाउने उद्योग गर्न थाले। वहाँलेपनि कोही सक्षम व्यक्तिकालागि उक्त पदमा वसेर केही गरेर देखाउन मार्ग प्रशस्त होस् भन्ने अभिप्रायले २०२८ सालमा पदवाट राजिनामा गर्नुभयो। तर स्कूलको अवस्था पहिले भन्दा दयनीय वन्न थालेकोले विद्यालयका छात्रछात्रा, अभिभावकहरू र प्रतिस्थित व्यक्तिहरूको आग्रहमा आफुलाई सोही विद्यालयको सेवामा २०२४ साल देखि २०४९ सालसम्म अर्पित रहनुभयो।

२०४९ सालमा वहाँले आजाद माध्यमिक विद्यालयवाट स्वेच्छिक अवकाश लिएर सोही सालमा हुन गई रहेको स्थानीय चूनावमा वनेपा नगरपालिकाको मेयर पदका लागि प्रत्याशी वन्नू भयो। वनेपा नगरपालिकाको प्रथम मेयर पदमा निर्वाचित हुनु भयो। मेयर वनेर वहाँले गर्नु भएका मूख्य कार्यहरूमा वनेपालाई नेपालको सर्वप्रथम शतप्रतिशत साक्षर भएको नगरपालिका घोषित गराउनु, वनेपालाई पर्यटकीय नगरको रूपमा विकास गर्न प्रारम्भ गर्नु, वनेपाका सांस्कृतिक निधिहरू (जो केही लोप पनि भै सकेका थिए) लाई पूनर्जीवन दिनु, वनेपा वरिपरीका गाउँहरूलाई पनि विकासका अवसरहरू प्रदान गर्नु, वनेपालाई स्वच्छ वातावरणयुक्त वनाउनु र विश्वका अन्य नगरहरूसँग सम्वन्ध गांस्नु आदि पर्न आउँछन्। वनेपा नगरपालिकाको मेयर पदमा आफ्नो कार्यकाल सकिएपछि आफ्ना जीवनका उत्तरकालमा पनि आफ्ना कार्यकालमा गर्न वाँकी कार्यहरू गर्न र वनेपावासीका स्वास्थ्य उत्थान जस्ता कार्यमा व्यस्त रहनुभयो। कार्यव्यस्ततामै वहाँलाई निष्ठुरी कालले हामीवाट सधैंकालागि चुँडेर लगे। वहाँको कार्य र योगदानलाई ध्यान दियौं भने वहाँ स्थानीय स्तरका अन्तराष्ट्रिय व्यक्तित्व हुनुहुन्थ्यो भन्दा अत्युक्ति नहोला। समाजसेवी त वहाँ हुनु हुन्थ्यो नै।

वहाँका जीवनका महत्त्वपूर्ण समयसारीणी तल दिईएको छ।

स्व. श्री रामभक्त कोखश्रेष्ठ (वि.सं. १९९४ कार्तिक ५ गते विहिवार - २०५७ चैत्र) पिताः विष्णुभक्त कोखश्रेष्ठ (१९४८ - १९९६) माताः हरिदेवी कोखश्रेष्ठ ( १९६२ - २०६१ )

प्रारम्भिक शिक्षाः आजाद स्कूल, बनेपा माध्यमिक शिक्षाः शान्ति निकुन्ज हाईस्कूल, भगवतीवारी, काठमाडौँ एस.एल.सी. सन् १९५५ ( सं. २०११)

उच्च शिक्षाः क) आई. एस्सी. ( त्रिचन्द्र कलेज सन् १९५८ (२०१५) ख) बी. एस्सी. ( त्रिचन्द्र कलेज सन् १९६० (२०१७) ग) एम. एस्सी., त्रिभूवन विश्वविद्यालय सन् १९६४ (२०२२) घ) एम. एड., त्रिभूवन विश्वविद्यालय सन् १९७३ (२०३०)

अध्यापनः क) आजाद स्कूल, चण्डेश्वरी, बनेपा ( वि.सं.२००९) ख) आजाद स्कूलमा स्थाई नियूक्ति २०१७ फागुन ३ ग) प्रौढ शिक्षा निकेतनका संस्थापक तथा प्रधानाध्यापक २०१७ - २०२२, घ) आजाद हाईस्कूलमा प्रधानाध्यापक नियूक्ति २०२३ बैसाख ङ) काभ्रे कलेज वनेपाका संस्थापक तथा उप-प्राचार्य २०२५-२०२६ च) आजाद माध्यमिक विद्यालयमा प्रधानाध्यापक (स्थाई नियूक्ति २०२९-८-२८)

सामाजिक सेवाः क) नेपालको पहिलो युनेस्को क्लबका सचिव सन् १९७० देखि १९२२ ख) नेपालमा रहेका युनेस्को क्लवहरूको राष्टि्रय संघका संस्थापक उपाध्यक्ष सन् १९७२ देखि १९९० ग) नेपाल रेडक्रस सोसाईटीका आजीवन सदस्य घ) नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यसमितिका सदस्य सन् १९७२ देखि १९८२ र १९८५ देखि १९८७ ङ) अरनिको यातायात सेवा समितिकाका संस्थापक सदस्य, १९७२ नेपाल च) जुनियर रेडक्रस केन्द्रीय कार्यसमितिका अध्यक्ष सन् १९७७ देखि ५) चैतन्य बहुमूखी क्याम्पसका संस्थापक तथा सञ्चालक समितिका अध्यक्ष सन् १९९२ ज) प्रतिभा सम्मान प्रवन्ध गूठी, वनेपाका संस्थापक अध्यक्ष, २०५५

राजनीतिमाः क) तरुण दलका जिल्ला सचिव, २०१७ ख) १७ सालको कदमपछि २०१८ सालमा ६ महिनासम्म जेलमा जीवन विताएको ग) नेपाली कांग्रेस केन्द्रीय महासमितिका सदस्य, २०५० घ) नेपाली कांग्रेसको तर्फवाट वनेपा नगरपालिकामा प्रथम मेयर पदमा निर्वाचित, २०४९-२०५३ रु) नेपाली कांग्रेसका जिल्ला सदस्य, २०५३ च) नेपाली कांग्रेस केन्द्रीय नीति तथा कार्यक्रम विभागका सदस्य, २०५६

भ्रमणः स्वदेशमाः ताप्लेजुङ, भोजपुर, सिन्धुली, रामेछाप, कास्की, बाग्लुङ, पाल्पा, बैतडी र तराई तथा भित्री मधेशका सम्पूर्ण जिल्लाहरू

विदेशमाः संयूक्त राज्य अमेरिका, जापान, फ्रान्स, संयूक्त अधिराज्य, स्वीट्जरल्याण्ड, डेनमार्क, थाईल्याण्ड, श्रीलङ्का, भारत