राष्ट्रिय दिवस (संयुक्त अरब इमिरेट्स)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय दिवस
संयुक्त अरब इमिरेट्स
अनुयायीसंयुक्त अरब इमिरेट्स
महत्त्वसंयुक्त अरब इमिरेट्सको निर्माण भएको स्मरणमा
मिति२ डिसेम्बर
आगामी समय२ डिसेम्बर २०२४
आवृत्तिवार्षिक

युएई राष्ट्रिय दिवस (अरबी: اليوم الوطني; Al Yawm Al Watani") संयुक्त अरब इमिरेट्सको निर्माण भएको स्मरणमा वर्षेनी डिसेम्बर २ तारिकमा मनाइन्छ।[१] संयुक्त अरब इमिरेट्सको सङ्घमा सन् १९७२ फेब्रुअरी १ का दिन सातौँ अमिरातको रूपमा रास अल खैमाह जोडिएको थियो।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

युएईको निर्माण भन्दा अगाडी, यी अमिरातहरू सन् १८२०, सन् १८५३ र सन् १८९६ मा भएका सन्धीअनुसार ब्रिटिस संरक्षक राज्य थिए। सन् १९६८ मा, प्रधानमन्त्री हेरोल्ड विलसन नेतृत्वको ब्रिटिस सरकारले संरक्षक राज्य सहित स्वेज पूर्वबाट आफ्ना फौज फिर्ता गर्ने मनसाय व्यक्त गरेका थिए। इरानसाउदी अरबजस्ता क्षेत्रीय शक्तिबाट घेरिएका कमजोर राज्यहरूले एउटा सङ्घको प्रस्ताव गरेपछि प्रस्तावित सङ्घमा कतारबहराइन सामावेश गरिने भएपनि सो प्रयास व्यर्थ हुन पुगेको थियो। बहराइनले सन् १९७१ अगस्ट र कतारले सन् १९७१ सेप्टेम्बर मा स्वतन्त्रताको घोषणा गरेको थियो।

१ डिसेम्बरमा ब्रिटिस सन्धिको म्याद सकिनु अगाडी, इरानी सेनाले अबु मुसा र ग्रेटर एन्ड लेसर टुन्ब टापुमा कब्जा जमाएको थियो।[३] सन्धी समाप्ति भएपछी युएईले (रास अल खैमाह बाहेक) २ डिसेम्बरमा स्वतन्त्रताको घोषणा गरेको थियो।[४] रास अल खैमाह सन् १९७२ फेब्रुअरी १० मा युएई सङ्घमा जोडिएको थियो।[५] शेख जायद बिन सुल्तान अल नाह्यान यस सङ्घको पहिलो राष्ट्रपति थिए र उनलाई देशको संस्थापक राष्ट्रपिता मानिन्छ। युएई राष्ट्रिय दिवससँगै अमिराती शहिद दिवस नोभेम्बर ३० मा पर्छ।[६]

उत्सव[सम्पादन गर्नुहोस्]

उक्त दिवसको अवसरमा देशैभर भव्य उत्सव मनाइन्छ। आतिशबाजी, कार र्‍याली र नृत्य कार्यक्रम सबैभन्दा सामान्य गतिविधिहरू हुन्।[७] मानिसहरू सामान्यतया युएई राष्ट्रिय झण्डाको रङ्गहरूमा लुगा लगाउँछन् र दिवस मनाउन आफ्नो घर, कार्यस्थल, कार र सडकहरू सजाउँछन्। खजुर (ताड)का रूखहरू झण्डाका रङहरूबाट बत्तीहरूले सजिएका हुन्छन्। होटलहरू र अन्य सार्वजनिक स्थानहरू झण्डा र बत्तीहरूले सजाइएका हुन्छन्।

प्रायजसो दुबई सहरी क्षेत्रभन्दा बाहिर आतिशबाजी गरिन्छ जबकि बुर्ज खलिफाले युएई झण्डा प्रदर्शन गर्दछ। राष्ट्रिय दिवस आतिशबाजी र उत्सव हेर्न खोज्ने मानिसहरूको ठूलो भीड लाग्ने गरेको छ। सपिङ सेन्टर, मल र संस्थालाई पनि देशको झण्डाले सजाइएको हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Everything you need to know about UAE National Day", www.jumeirah.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-३० 
  2. United Arab Emirates : a new perspective, २००१। 
  3. Rabi, Uzi (२०२१-०९-०८), "The United Arab Emirates", Middle East Contemporary Survey (New York: Routledge): 693–702, आइएसबिएन 978-0-429-03441-1, अन्तिम पहुँच २०२३-११-२७ 
  4. Oman: The True-Life Drama and Intrigue of an Arab State, Edinburgh, Scotland। 
  5. "Public holidays | The Official Portal of the UAE Government", u.ae (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-३० 
  6. Hilton, Tommy (२०२२-११-३०), "What is Commemoration Day 2022 and why is it celebrated in the UAE?", The National (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-३० 
  7. "Article Uae National Day", अन्तिम पहुँच २०२३-०७-३०