रुद्र पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रूद्र पाण्डे
राष्ट्रियतानेपाली
शिक्षामेहेरान विश्वविद्यालय, नर्थ इस्टर्न विश्वविद्यालय
चिनारीको कारणडिटुहकाइका सह-संस्थापक; डियरवाक का संस्थापक; संस्थापक; हाम्रो पार्टी का संस्थापक मार्गप्रदर्शक

रुद्र पाण्डे, (नौविसे,धादिङ, १९६३मा नेपालमा पैदा भएका) वर्तमान डियरवाक इन्क [१], लेक्सिङ्गटन, म्यासाचुसेट्स स्थित एक स्वास्थ्य विश्लेषिकी कम्पनीका कार्यकारी अध्यक्षका रूपमा कार्यरत एक नेपाली उद्यमी हुन् [२]। उनी डियरवाक इन्टिच्युट अफ टेक्नोलोजी संस्थाका अध्यक्षको रूपमा पनि कार्यरत छन्।[३]

शिक्षा[सम्पादन गर्नुहोस्]

पाण्डेले मेहरान इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ममा स्नातक र नर्थईस्टर्न विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।

व्यवसायीक जीवन[सम्पादन गर्नुहोस्]

पहिले,पाण्डेले डिटुहकाईको सहसस्थापना गरे र मूख्य प्राविधिक अधिकारीकारूपमा कार्य गरे। जब डिटुहकाईको भेरिस्क एनालिटिक्समा विलय भयो [४][५],डिटुहकाई भेरिस्क हेल्थ भयो जहाँ पाण्डेले मूख्य कार्यसञ्चालन अधिकारीको रूपमा सेवा गरे। आफ्नो व्यवसायिक जीवनको सुरुवातमा, पाण्डेले व्यवसायिक सिस्टम इन्जिनियर, डेटाबेस आर्किटेक्ट र परामर्शदाताका रूपमा कार्य गरेका छन्।

पारिवारिक जीवन[सम्पादन गर्नुहोस्]

पाण्डे आफ्नी श्रीमती मुना पाण्डेका साथमा, लेक्जिङ्टन म्यासेचुसेटमा बस्छन्। उनकी दुई छोरीहरू छन् जसको नाम एरिका पाण्डे र माहिका पाण्डे हो।

सन्दर्भ[सम्पादन गर्नुहोस्]