सामग्रीमा जानुहोस्

रेशा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बलियो र तन्किने गुण भएको धागोजस्तो वस्तुलाई रेशा भनिन्छ। धेरै रेशाहरू मिलेर धागो बन्दछ। कुनै धागोको टुक्रालाई उल्टोतिर बटारेर फुकाई हेर्दा त्यसमा मसिना त्यान्द्राहरू देखिन्छ। तिनै त्यान्द्राहरूलाई नै रेशा भनिन्छ। रेशाहरू छोटा, लामा, खस्रा, चिप्ला, सोझा, बाङ्गा आदि विभिन्न रूपमा पाइन्छन्। साधारणतया: रेशाको प्रयोग गरी कपडा, डोरी, जाली आदि बनाइन्छ।

रेशाका प्रकार

[सम्पादन]

लम्बाइका आधारमा

[सम्पादन]

लम्बाइका आधारमा रेशाहरूलाई लामो र छोटो गरी दुई भागमा बाड्न सकिन्छ। (क) लामो रेशा फिलामेन्ट फाइबरको नामले समेत चिनिने लामो रेशा प्राकृतिक वा कृत्रिम दुवै हुन सक्छ। यो लामो हुने हुनाले मिटर वा गजमा नाप्न सकिन्छ। लामो रेसाबाट दुई किसिमका धागो निस्कन्छन्:

* मोनोफिलामेन्ट: एउटै बलियो र चिप्लो रेशाबाट बनेको धागोलाई मोनोफिलामेन्ट भनिन्छ। कृत्रिम रेसाहरू जति पनि लामो हुन सक्छन्। जस्तै: रेसमबाट मोनोफिलामेन्ट निस्कन्छ। धेरैजसो मोनोफिलामेन्टको धागो बन्दैन र कपडा बनाउन गाह्रो हुन्छ।
* मल्टिफिलामेन्ट: दुई वा दुईभन्दा बढी मोनोफिलामेन्ट वा धेरै सानासाना रेशाहरू बाटेर बनाइएको धागोलाई मल्टिफिलामेन्ट भनिन्छ। यस्तो धागोबाट बनाइएको कपडा नरम, चिप्लो, चम्किलो र पानी वा पसिना सोस्ने शक्ति भएको हुन्छ।

(ख) छोटो रेशा छोटो रेशाहरू ८ देखि १० से.मि. वा ४६.२ से.मि. सम्म लामा हुन्छन्। उदाहरणका लागि, कपास २ से.मि. देखि ५.१ से.मि. सम्म र ऊन ३.५ से.मि. देखि ३१ से.मि. सम्म लामो हुन्छ। कहिलेकाहीँ लामो कृत्रिम रेशालाई काटेर छोटो बनाइन्छ, त्यसलाई पनि छोटो रेशा अन्तर्गत नै पारिन्छ।

स्रोतको आधारमा रेशाका प्रकार

[सम्पादन]

उत्पादन तथा प्राप्तिको स्रोतका आधारमा रेशाहरू प्राकृतिक र कृत्रिम गरी दुई प्रकारका हुन्छन्। (क) प्राकृतिक रेशाहरू प्राकृतिक रूपमा वनस्पति वा जनावरबाट उत्पादन हुने रेशाहरूलाई प्राकृतिक रेशा भनिन्छ।

* वनस्पतिबाट पाइने रेशा: कपास, जुट, सिमल, अल्लो आदि यसका उदाहरण हुन्। कपासका रेसाहरू नरम र पानी सोस्ने हुने भएकाले लुगा बनाउन प्रयोग गरिन्छ। जुटका रेसाहरू मोटा र बलिया हुने भएकाले बोरा, डोरी आदि बनाइन्छ।
* जनावरबाट पाइने रेसा: ऊन र रेसम जनावरबाट प्राप्त हुन्छन्। च्याङ्ग्रा, भेडा, खरायो आदिबाट ऊन पाइन्छ भने रेसम किराबाट रेसम पाइन्छ। ऊन र रेसमबाट विभिन्न प्रकारका न्यानो र बहुमूल्य वस्त्रहरू बनाइन्छन्।

(ख) कृत्रिम रेशाहरू मानव निर्मित वा रासायनिक प्रक्रियाबाट तयार गरिने रेशाहरूलाई कृत्रिम रेशा भनिन्छ। यिनीहरू मुख्यतया दुई प्रकारका हुन्छन्: १. पुनरूत्पादित रेशा: कपासमा हुने सेलुलोज र काठभित्रको पल्प प्रयोग गरी रासायनिक प्रक्रियाबाट रेयोन रेशा तयार गरिन्छ। रेयोन र कपासका गुणहरू मिल्दाजुल्दा हुन्छन्। यसलाई साडी, ब्यान्डेज आदि बनाउनका साथै ऊनसँग मिलाएर कार्पेट बनाउन पनि प्रयोग गरिन्छ। २. संश्लेषित रेसा: रासायनिक विधिद्वारा तयार गरिने नाइलन, पोलिस्टर, एक्रेलिक र ओलफिन संश्लेषित रेसाहरू हुन्।

* नाइलन: यसलाई पोलिएमाइड (Polyamide) रेसा पनि भनिन्छ। यो हलुका, बलियो र तापले पग्लिने किसिमको हुन्छ। यसको प्रयोग कार्पेट, मोजा, गन्जी र डोरी बनाउन गरिन्छ।
* पोलिस्टर: टेरेलिन, फोर्टेल, कोडेल आदि पोलिस्टरका उदाहरण हुन्। यिनीहरू धेरै खप्ने र हतपती नखुम्चिने भएकाले विशेष गरी कपडा बनाउन प्रयोग हुन्छन्।
* एक्रेलिक: एक्रेलाइन, क्रेस्लान, ओलान जस्ता एक्रेलिक फाइबरहरू नरम र खप्ने खालका हुन्छन्। यिनीहरू विशेष गरी स्विटर जस्ता न्यानो कपडाहरू बनाउन प्रयोग गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]

सन्दर्भ

[सम्पादन]