रोम सन्धि

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अन्तर राष्ट्रिय युद्द् अपराध अदालतको स्थापना गर्ने गरि सन् २००२ जुलाई १मा गरिएको अन्तर राष्ट्रिय सन्धि लाई रोम सन्धि (en:Rome Statute of the International Criminal Court/International Criminal Court Statute or the Rome Statute) भनिन्छ| यसलाई १७ जुलाई १९९८मा स्वीकार गरी, ४ वर्ष पच्हि लागु गरिएको थियो| हाल सम्म (अक्टोवर् २००९) १११ राष्ट्र हरूले यसलाई अनुमोदन गरि सकेका छन|| यसको अलावा ३८ राष्ट्र हरू ले[2] सहि गरेर अनुमोदन गर्न बाकि छ|

यसले नरसंहार र मानवताविरोधी अपराधमा संलग्न जो–कोहीलाई राज्यद्वारा कार्वाही गर्न नसकी दण्डविहीनता नहोस् भन्ने चाहना राखेको छ। त्यस्तै यसले त्यस्ता अपराधीहरू राज्यविशेषको अधिकार क्षेत्र भित्र मात्र नभई अन्तर्राष्ट्रिय न्यायिक पहुँच भित्र रहनु आवश्यक छ भन्ने मान्यता राखेको बुझ्न सकिन्छ।

रोम विधानका व्यवस्थाहरू[सम्पादन गर्ने]

१२८ धारामा विभाजित भएको रोम विधानको धारा ५ले नरसंहार, मानवताविरोधी अपराध, युद्ध–अपराध, विश्वको कुनै व्यक्तिले जहाँसुकै गरेमा पनि यस अदालतले कारबाही गर्न सक्छ। अन्तर्राष्ट्रिय न्यायालयले अन्तर्राष्ट्रिय कानून बमोजिम राज्य राज्यबीचको विवाद हेर्दछ भने यस अदालतले विश्वको कुनै पनि व्यक्तिले जहाँकहीँ पनि गरेको मानवताविरोधी अपराधीलाई कारबाही चलाउन सक्छ। विधान अनुसार त्यस्ता अपराधीलाई राज्य स्वयंले कारबाही नगरेमा वा गर्न नसकेमा यस अदालतले कारबाही गर्न सक्दछ। तर, पहिला त्यो राज्यले रोम विधानलाई अनुमोदन गर्नुपर्दछ।

अहिले क–कसलाई कारबाही भइरहेको छ?[सम्पादन गर्ने]

बर्बरता, हत्या, अत्याचार र मानवताविरोधी अपराधमा न्यायिक कारबाही गर्ने विश्वकै प्रथम स्थायी न्यायालयको रूपमा यस अदालतलाई लिइन्छ। अदालत गठन भएपछि युगोस्लाभियाका पूर्व राष्ट्रपति सोलोवोदान मिलोसोभिकको अदालतमा कारबाही चल्दैका अवस्थामा मृत्यु भइसकेको छ भने पूर्व सर्वियन राष्ट्रपति तथा उनका जनरलहरू नरसंहार र मानवताविरोधी अवराधमा यस अदालतमा मुद्दा खेपिरहेका छन्। दक्षिण युगाण्डाका विद्रोही नेता जोसेफ कोनी विरुद्ध मुद्दा चलाउन आवश्यक प्रक्रिया शुरु गरी 'वारेन्ट' जारी गरिएको छ। युगाण्डाका हालका राष्ट्रपति ययुरी मुसेभेनीले विद्रोही नेता जोसेफ कोनीलाई युद्ध छाडी वार्तामा आए आम माफी दिने भनेका थिए। तर, अन्तर्राष्ट्रिय फौजदारी अदालतले वारेन्ट जारी गरिसकेका कारण उनी वार्तामा आउन सकिरहेका छैनन्। अदालतको गिरफ्तारी वारेन्टका कारण त्यहाँको शान्ति प्रक्रियामा असर परेको भनी अदालतको आलोचना भइरहेको छ। यसबाट के देखिन्छ भने जुनसुकै उद्देश्यले यस्ता अपराध गरेपनि न्यायिक कठघरामा उभिनुपर्दछ र कुनै किसिमको राजनैतिक कारण देखाएर उन्मुक्ति पाइँदैन।

कङ्गोका थोमस, सर्वियाका पूर्व राष्ट्रपति चार्ल्स टेलरलाई, बोसनिया सर्वका सैनिक प्रमुख राटको मेडिकलाई सर्वियामा गरेको आम हत्या र चिलीका अगष्टो पिनोचेट तथा चाँदक पूर्व राष्ट्रपति हिसेन हाब्रेलाई मानवताविरोधी अपराधमा कारबाहीको प्रक्रिया शुरु गरिएको छ। यसले अपराधीहरू जतिसुकै शक्तिशाली भए पनि न्यायिक कारबाहीबाट उन्मुक्ति पाउने छैनन् भन्ने सन्देश मात्र दिएन कि विश्वभरिबाट दण्डविहीनताको अन्त्य हुनेमा आम विश्वास पनि जगाएको छ। चाहे सत्तामा वा जङ्गल (विद्रोही)मा रहँदा मानवताविरोधी अपराध तथा नरसंहार गर्ने जो–कोहीलाई यस धर्तीभित्र छूट हुने छैन भन्ने सन्देश यस अदालतको कारबाही र कारबाहीको दायराले दिएको छ।

प्रक्रिया[सम्पादन गर्ने]

पक्ष नभए पनि अस्थायी अदालत गठन गर्न सकिन्छः रोम सन्धिमा तत्काल सहभागिता हुन नसके अस्थायी रूपमा अन्तर्राष्ट्रियस्तरको विशेष टि्रवियुनल गठन गरी नरसंहार र मानवताविरोधी अपराधीलाई कारबाही गर्न सकिन्छ। जस्तै सन् २००२मा सियरा लियोनमा संयुक्त राष्ट्रसंघको सक्रियतामा त्यहाँको राष्ट्रपति त्यानकाभालाई कारबाही गर्ने एउटा यस्तै टि्रवियुनल गठन भएको थियो। त्यस्तै टि्रव्युनल सन् १९९५मा रुवाण्डामा पनि गठन गरिएको थियो। हालसालै कम्बोडिया, पूर्वीटिमोर, इराक (सद्दाम हुसेन कार्वाहीमा छन्) अफगानिस्तानमा गठन गरिएको छ। सुरक्षा परिषदले त हालसालै यस अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई सुडानको डाफोर, सेन्टर अफ्रिका रिपब्लिक कोटडोलभेरामा कारबाही गर्ने विशेष अनुरोध गरेको छ। सन् १९९०मा संयुक्त राष्ट्रसंघले युगोस्लाभिया र रुवाण्डामा अस्थायी टि्रवियुनल खडा गरी अपराधीलाई कारबाही गरेको थियो। यस्तै टि्रवियुनलको गठनले स्थायी किसिमको फौजदारी अदालत नै गठन हुनुपर्दछ भन्ने दबाब परेको कारण रोम विधान लागू भएको देखिन्छ। यस्ता टि्रवियुनल गठनले अर्को के सन्देश पनि दिन्छ भने रोम विधानलाई कुनै राज्यले अनुमोदन नगरे तापनि अपराधबाट उन्मुक्ति पाइने छैन। नरसंहारमा संलग्न अपराधीलाई राज्यले कारबाही गर्न नसके वा नचाहे ती अपराधीहरू अन्तर्राष्ट्रिय अदालतले कारबाही गर्ने अठोटका साथ रोम सन्धि लागू भएको हो।