रोयल रम्बल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रोयल रम्बल
द्वरा निर्मितप्याट प्याटरसन
पदोन्नति(हरू)डब्ल्यूडब्ल्यूई
ब्राण्ड(हरू) (सन् २००३–२०११, २०१७–हाल)
स्म्याकडाउन (सन् २००३–२०११, २०१७–हाल)
इसिडब्ल्यू (सन् २००७–२०१०)
२०५ लाइभ (सन् २०१८–हाल)
पहिलो कार्यक्रमरोयल रम्बल (१९८८)
खेलको प्रकाररोयल रम्बल खेल

रोयल रम्बल एक व्यवसायीक कुस्ती कार्यक्रम हो जुन हरेक वर्ष मध्य जनवरी देखि अन्तिम जनवरीको बीचमा डब्ल्युडब्ल्युई द्वारा आयोजना गरिन्छ जुन अमेरिकाको स्ट्याम्पोर्ड स्थित कुस्तीको एक पदोन्नति हो।[१] डब्ल्युडब्ल्युईले यस कार्यक्रमलाई पहिलो पटक सन् १९८८ मा आयोजना गरेको थियो र हाल सम्म आउँदा यस कार्यक्रमको ३२अौँ संस्करण सम्म पुगेको छ भने यस कार्यक्रम हालसालै फिनेक्स, एरिजोनामा २७ जनवरी २०१९ का दिन आयोजना गरिएको थियो।[२] यस कार्यक्रमको नाम ब्याटल रोयलबाट साभारगरी रोयल रम्बल राखिएको हो।

इतिहास[सम्पादन गर्ने]

कार्यक्रम[सम्पादन गर्ने]

रोयल रम्बल एक भुक्तान प्रति दृश्य हो जहाँ रोयल रम्बल खेल, उपाधिका लागि खेल र अन्य अन्य खेलहरू समावेश गरिन्छ। डब्ल्युडब्ल्युईले रोयल रम्बलको पहिलो संस्करण २४ जनवरी १९८८ का दिन आयोजना गरेको थियो जुन युएसए नेटवर्क द्वरा प्रत्यक्ष प्रसारण गरिएको थियो। त्यसको अर्को वर्ष देखि कार्यक्रम भुक्तान प्रति दृश्यमा प्रसारित हुन शुरू भयो र यसरी डब्ल्युडब्ल्युईले चार ठूला वर्षिक कार्यक्रम; रेसलमेनिया, समरस्ल्याम र सरभाइभर सिरजको साथै यसलाई पनि प्रमुख वार्षिक कार्यक्रमको रुपमा मान्यता दिएको थियो।


रोयल रम्बलको अन्तिम खेलमा प्रायः रोयल रम्बल खेल हुने गर्दछ। रोयल रम्बल खेलले अन्य खेलहरू भन्दा धेरै समय लिने भएकाले यस कार्यक्रममा धेरै खेलहरू समावेश गरिदैन। सन् २००८ देखि रोयल रम्बल कार्यक्रमलाई डब्ल्युडब्ल्युईले उच्च गुणस्तरमा परिवर्तन गरि प्रत्यक्ष प्रसारण गरेको थियो। सन् २०१८ देखि महिलाको रोयल रम्बल खेलपनि आयोजना गर्न शुरू गरिएको थियो।

खेल[सम्पादन गर्ने]

रोयल रम्बल परम्परागत ब्याटल रोयल खेलमा आधारित छ, जसमा धेरै खेलाडीहरूले (प्रायः ३०) खेलमा भाग लिने गर्छन्। यस खेलको शुरूवात दुई जना खेलाडीले गर्छन् भने समय समयमा एकएक गरी खेलाडीहरू रङ प्रवेश गर्छन्। खेलाडीले आफ्नो प्रतिद्वन्द्वीलाई रङको माथिल्लो डोरीबाट फ्याक्ने र प्रतिद्वन्द्वीको दुवै खुट्टाले भुइँमा छोयो भने उ खेलबाट निस्कासन हुन्छ। यस खेल खेल्ने खेलाडी मध्ये रिङ अन्तिम रहन सफल रहने खेलाडी खेलको विजेता हुन्छ।

मिति, स्थान र विजेताहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Specialty Matches: Royal Rumble", WWE, अन्तिम पहुँच २००७-१२-०३ 
  2. Waldman, Jon (२००५-०२-०२), "Statistical survival – breaking down the Royal Rumble", SLAM! Wrestling, अन्तिम पहुँच २००७-१२-०९ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]