लालबाबु पण्डित
लालबाबु पण्डित | |
---|---|
राष्ट्रियता | नेपाली |
पेशा | राजनीति |
चिनारीको कारण | प्रशासन मन्त्री नेकपा एमाले |
धर्म | हिन्दू |
लालबाबु पण्डित नेकपा एमालेसँग आवद्ध एक नेता हुन् । उनी बिगत दुई कार्यकाल नेपाल सरकार अन्र्तगत सामान्य प्रशासन मन्त्री भएका थिए ।
राजनीति प्रवेश - २०३९ सालमा मोरङ पुगेर राजनीति गरेका थिए। भूमिगत समयमा श्रवणकुमार र रामेश्वर रायका नामले चिनीने पण्डित २०४८ र २०५६ सालको आम निर्वाचनमा मोरङबाट संसदमा निर्वाचित भएका थिए। त्यस्तै उनी २०७४ को निर्वाचनमा उनी मोरङ ६बाट निर्वाचित भएका हुन्।
वैवाहिक जीवन
[सम्पादन गर्नुहोस्]संसदीय यात्रा
[सम्पादन गर्नुहोस्]प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ र २०५६ मा मोरङ निर्वाचित, संविधानसभा सदस्य निर्वाचन २०६४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट समानुपातिक सदस्य र [[संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४[[ मा मोरङ ६ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।[१]
प्रतिनिधि सभा २०७९
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) [२]उम्मेदवार लालबाबु पण्डित मोरङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ६ बाट २२,९४६[३]मत प्राप्त गरि नेपाली काँग्रेसका शेखर कोइराला सँग १२,२७८ मतान्तरले पराजित भए ।[४]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "लालबाबु पण्डित - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-१२-०२।
- ↑ "लालबाबु पण्डित - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-१२-०२।
- ↑ "मोरङ : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-१२-०२।
- ↑ "Nepal Press - आम निर्वाचन २०७९", election.nepalpress.com, अन्तिम पहुँच २०२२-१२-०२।