शेखर कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा.
शेखर कोइराला
मोरङ जिल्लाबाट व्यवस्थापिका संसद सदस्य
पद बहाली
२०१३
व्यक्तिगत विवरण
जन्म (1950-08-25) २५ अगस्ट १९५० (उमेर ७३)
बिराटनगर, मोरङ
राजनीतिक दलनेपाली काँग्रेस
जीवन साथीपुनम कोइराला
अभिभावकs
  • केशब प्रसाद कोइराला (पिता)
  • नोना कोइराला (आमा)
मातृ शिक्षाप्रतिष्ठानमहेन्द्र मोरङ क्याम्पस
वेबसाइटshekharkoirala.com

शेखर कोइराला नेपाली काँग्रेस पार्टीका राजनीतिज्ञ तथा व्यवस्थापिका संसद सदस्य हुन् । उनी संविधानसभा निर्वाचन २०७० मोरङ जिल्लाबाट निर्वाचित भएका थिए ।[१] शेखर कोइराला वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति हुन् ।[२]

जन्म तथा परिवार[सम्पादन गर्नुहोस्]

शेखर कोइरालाको जन्म विसं २००७ भाद्र ०९ गते केशब प्रसाद कोइराला र नोना कोइरालाको कोखबाट कोइराला परिवारका सदस्यको रूपमा भएको थियो ।[१]

मेडिकल पेशा[सम्पादन गर्नुहोस्]

शेखर कोइराला पेसाले डाक्टर हुन् । उनले बीर अस्पताल, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी अञ्चल अस्पतालमा सेवा प्रदान गरे ।[१]

प्रतिनिधि सभा २०७९[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेसका[३] उम्मेदवार शेखर कोइराला मोरङ_जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ६ बाट ३५,२२४मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार लालबाबु पण्डितले[४] २२,९४६मत प्राप्त गरेका थिए।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Dr. Shekhar Koirala", election.ujyaaloonline.com, अन्तिम पहुँच २०१७-०६-११  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०५ मिति
  2. "ampnews/2014-09-17/bpkihs-registrar-appeals-to-end-strike", kathmandupost.ekantipur.com, अन्तिम पहुँच २०१७-०६-११ 
  3. "मोरङ : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-१२-०२ 
  4. "Nepal Press - आम निर्वाचन २०७९", election.nepalpress.com, अन्तिम पहुँच २०२२-१२-०२ 
  5. "Nepal Press - आम निर्वाचन २०७९", election.nepalpress.com, अन्तिम पहुँच २०२२-१२-०२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]