लिला श्रेष्ठ सुब्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको पहिलो महिला उपसभामुख लीला श्रेष्ठ सुब्बा (२००५-२०६७) थिइन। उनको जन्म २००५ सालमा ताप्लेजुङको सिगैचासाम्मागु पाँचपलेमा भएको थियो। उनका बाबु अम्बरबहादुर मेयाङ्वो र आमा सुकमती हुन्।

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

विद्यार्थी रहँदै २०३६ सालदेखि कम्युनिष्ट पार्टीमा सक्रिय उनी २०५१ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर-१बाट संसदमा विजयी भएपछि २०५५ सालसम्म उपसभामुख भएकी थिएन। पछिल्लो समयमा उनी एमाले केन्द्रीय कमिटी सल्लाहकार समेत रहेकी थिइन। ०४८ सालको पहिलो आमनिर्वाचनमा सुनसरीको क्षेत्र नं. २बाट सांसदको प्रत्यासी रहे पनि विजयी भइनन। दोस्रो आमनिर्वाचनमा भने सुनसरीको क्षेत्र नं. १बाट निर्वाचित भइन। ०५१ सालमा तत्कालिन उपसभामुख रामविलास यादवले राजिनामा दिएर उद्योग वाणिज्य मन्त्री भएपछि सुब्बा सर्वसम्मत उक्त पदमा निर्वाचित भइन। सुब्बाले औपचारीक रूपमा कम्युनिष्ट पार्टीको सदस्यता ०४७ पुसमा तत्कालिन माले पार्टीबाट लिएकी हुन्।

साहित्यमा लीला[सम्पादन गर्नुहोस्]

सुब्बा पूर्वी नेपालकी चर्चित कथाकार थिइन। फकल्याण्ड कथासङ्ग्रह समेत प्रकाशित छ।

निधन[सम्पादन गर्नुहोस्]

उनको निधन २०६७ असार २७मा धरानमा भयो। उनी लामो समयदेखि स्नोफिल (दमको रोग)बाट पीडित थिइन। उनको परिवारमा पति ध्रुव श्रेष्ठ हुन्।