लुइस फिगो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लुईस फिलिपे मदेइरा काइरो फिगो, पुर्व पोर्चुगीज फुटबलर हुन् । ३१ मे २००९ मा क्लब जीवनलाई पुर्णविराम लगाएका फिगोले स्पोर्टीङ सिपी, बार्सिलोना, रियल म्याड्रिडइन्टर मिलानका लागि विङ्गरको रूपमा खेलेका थिए । पोर्चुगल राष्ट्रिय फुटबल टिमबाट १२७ क्याप जितेका उनी राष्ट्रिय टोलीका लागि सबभन्दा बढी उपस्थिति जनाउने खेलाडी हुन् । विपक्षी रक्षापंक्तिलाई भेदेर गोलको मौका सिर्जना गर्न खप्पिस फिगोलाई उनको पुस्ताका सटीक विङ्गरका रूपमा चिनिन्छ । लियोनेल मेस्सीपछी ला लिगामा १०६ एसिस्टका साथ सबभन्दा बढी एसिस्ट गर्ने खेलाडी हुन् फिगो । उनले २००० बलोन डी'ओर र २००१ फिफा वर्ष खेलाडी पुरस्कार जित्न सफल भएका थिए । पेलेले निकालेको विश्वका १२५ उत्कृष्ट फुटबलरको सुचिमा उनी पनि परेका थिए । एल्-क्लासिकोमा बार्सिलोनारियल म्याड्रिड दुवैको तर्फबाट खेल्न पाउने अति दुर्लभ फुटबलरहरूमध्ये फिगो पनि एक हुन् । उनको २००० मा बार्सिलोनाबाट रियल म्याड्रिडमा £३७ मिलियन (€६२ मिलियन)मा भएको विवादास्पत स्थानान्तरणले उनलाई त्यो समयको महँगो खेलाडी बनायो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]