लेडी (समूह)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेडी (레이디)
उत्पत्तिदक्षिण कोरिया
विधाके-पप
सक्रिय वर्षसन् २००५ - सन् २००७
लेबललोजी इन्टरटेनमेन्ट
वेबसाइटलोजी इन्टरटेनमेन्ट
सदस्यहरू
  • शिने (신애)
  • सारा (사하라)
  • बिनु (비누)
  • युना (유나)

लेडी (कोरियाली: 레이디) दक्षिण कोरियाको पहिलो पारलैङ्गिक के-पप समूह हो ।[१] यस समूहको गठनमा १०० भन्दा बढी उम्मेदवारबाट शिने, सारा, बिनु र युनाको छनोट गरिएको थियो । सुरुमा ३ जनाको समूह हुनुपर्ने लेडीमा अन्तिम घडीमा चौथो सदस्य थपिएको थियो ।

पारलैङ्गिक गायिका र अभिनेत्री हारिसुको प्रसिद्धिले यस समूहको गठनलाई प्रभाव पारेको थियो । शिने पहिले चो पिडीको गीतको भिडियोमा पृष्ठभूमि नर्तकीको भूमिकामा देखिएकी थिइन् । सारा भूतपूर्व मोडल हुन् जसले सन् २००९ मा थाइल्यान्डमा आयोजित सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।

सन् २००५ मा लेडीले ८ वटा ट्र्याक भएको आफ्नो प्रथम, आत्म-शीर्षकीय एल्बम सार्वजनिक गरे जसमध्ये धेरैजसो गानाहरू उनीहरूका एक्कल "अटेन्शन" र "लेडीज नाइट" का रिमिक्स थिए । रुढिवादी राष्ट्रमा पारलैङ्गिक भएकाले उनीहरूले मिडियाको ध्यानाकर्षण गरे ।[२] कोरियन सङ्गीत कार्यक्रमहरूमा प्रत्यक्ष प्रदर्शनको मौका पाए पनि उनीहरूको सङ्गीतले राम्रो प्रतिक्रिया पाएन । समूहको प्रचारको लागि उनीहरूले वस्त्रहीन फोटो निकाले पनि अपेक्षित फल प्राप्त भएन ।[३]

सन् २००७ मा लेडीको विघटन भयो ।[४]

सङ्गीत[सम्पादन गर्नुहोस्]

नाम विवरण ट्र्याक सूची सन्दर्भ
लेडी (레이디) अप्रिल ७, २००५ मा सार्वजनिक गरिएको लोक गाथा [५]
[६]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Archived copy" [सङ्ग्रहित लेख], द चोसुन इल्बो, मार्च २७, २००५, मूलबाट जून ८, २००७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २००७-०६-०८ मिति
  2. "Arirang TV" [आरिराङ टिभी], आरिराङ टिभी, मार्च २६, २००५।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-२३ मिति
  3. "Archived copy" [सङ्ग्रहित लेख], द चोसुन इल्बो, मे २९, २००५।  वेब्याक मेसिन अभिलेखिकरण २००७-०६-०८ मिति
  4. मे चून, च्याङ (जनवरी ३१, २००८), "Other transsexual celebs in Korea" [कोरियाका अन्य पारलैङ्गिक प्रभावक], एसिया वन, मूलबाट फेब्रुअरी २७, २००९-मा सङ्ग्रहित। 
  5. "Naver Music (Album Info)" [नेभर म्यूजिक (एल्बमको जानकारी)], नेभर म्यूजिक, मार्च २३, २०१५। 
  6. "Naver Music (Artist Info)" [नेभर म्यूजिक (कलाकारको जानकारी)], नेभर म्यूजिक, मार्च २३, २०१५।