वार्तालाप:शेख हसिना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गाभ्न प्रस्तावित→शेख हासिना‎लाईशेख हसिना[सम्पादन गर्ने]

एउटै विषयमा लेखिएको दुई लेख भएकोले nShrestha २०:३०, १ जुलाई २०२० (नेपाली समय)

Symbol support vote.svg समर्थन --Nirajan pant (कुरा गर्ने) २०:३४, १ जुलाई २०२० (नेपाली समय)
Symbol support vote.svg समर्थन, नेपालीमा खोज्दा शेख हासिना फेला नपरेको तथा गोरखापत्रमा (यहाँ यहाँयहाँ हेरनुहोस्) शेख हसिना लेखेको भेटिएकोले। --निर्मल दुलाल (कुरा गर्नुहोस) १०:२३, १५ जुलाई २०२० (नेपाली समय)
  • Symbol oppose vote.svg असमर्थन मैले तपाईहरूलाई पहिलेनै भनिसकेको छु सञ्चार माध्यमको पछाडि नलाग्नु त्यहाँ सही शीर्षक हुँदैन भनेर। हालसम्म शेख हसिना नामक कोही पनि प्रधानमन्त्री छैनन् यो संसारमा। मलाई यो कुराको स्पष्टीकरण दिनुहोस् कि, आखिर गोरखापत्र के हो?, के अरू चाँही सञ्चार माध्यमनै हैनन्? हिमाल सुबेदी (कुरा गर्ने) २०:४०, १५ जुलाई २०२० (नेपाली समय)
@हिमाल सुबेदी: कुन आधारमा जाने? मूल अनुसन्धान गरेर शीर्षक तय गर्ने? सञ्चार माध्यमलाई नकार्ने? छलफलमा बहुमतको कदर नगर्ने? कसको पछि लाग्ने?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३८, १७ जुलाई २०२० (नेपाली समय)
@Biplab Anand: नेपाली सञ्चार माध्यमको कुरा गर्ने हो भने एक अर्का बीच द्वन्द्व रहेको छ, कुनै के लेख्छन् त कुनैले अर्कै लेख्छन् मनलाग्दि ढङ्गले। म के स्पस्ट पार्न चाहन्छु भने सञ्चार माध्यमलाई यदी आधिकारिक मानक संस्था बनाइयो भने विदेशी नामहरूमा हामी पक्कै पनि पछाडि पर्छौँ (खासगरि बाङ्ला, नस्तअलिक लिपिमा लेखिने भाषा तथा युरोपेली भाषाहरू)। यदी नेपाली वृहत् शब्दकोषमा शेख हासिना लाई शेख हसिनानै लेखेको भए मैले यहाँ कुनै विरोध जनाउँदैन थिएँ तर शब्दकोषमा छैन। सञ्चार माध्यमले लेखेका शीर्षक सही हुन्छन् भन्ने सोचलाई आजैबाट दिमागबाट हटाउनुहोस् पहिला। ल एकछिनका लागि सञ्चार माध्यमाई आधिकारिक मानियो अरे तर कसलाई आधिकारिक मान्ने के आधारमा आधिकारिक मान्ने भन्ने कुरा पनि यसले समेट्दछ। निर्मल दुलालले भनेका अनुसार गोरखापत्रलाई उहाँले आधिकारिक मानी राख्नु भएको छ तर म कदापि मान्दिनँ,(मैले बीबीसीलाई नेपाली सेवालाई अलि विस्वासीलो मान्छु तर त्यहाँ पनि गलत शीर्षकहरू छ्यापछ्याप्तै छन्) अरूले अरू सञ्चार माध्यमलाई विस्वासीलो भनेर आधिकारिक मान्न अवश्य पनि सक्छन्। सञ्चार माध्यममा चार थरी गलत नामहरू छन् ल अब भन्नुहोस् कुन सही हो कुन गलत हो र कसलाई आधिकारिक मान्ने? यहाँ जति पनि शीर्षक सम्बन्धित विवाद छन् ती सबैको कारण भनेको सञ्चार माध्यमने हुन्। त्यसैले सञ्चार माध्यमका अनुसार जानु सरासर गलत छ र म यसको सधैँ भरि विरोध गर्छु। -हिमाल सुबेदी (कुरा गर्ने) १२:३९, १७ जुलाई २०२० (नेपाली समय)
@हिमाल सुबेदी: तपाईँले अभिलेख धुल्याउने काम गरेको देखियो जसले गर्दा मैले सोधेको प्रश्न र तपाईँले राख्नुभएको आफ्नो सुझाव टिप्पणीमा अन्तर देखिन्छ। सबैभन्दा पहिले यो काम अबदेखि कहिल्यै नगर्नुहोला किनभने यसले दुई अर्थ दिने काम गर्छ। मलाई बङ्गाली, स्पेनी, फ्रान्सेली, जर्मनेली, अरबी, उर्दु लगायत अन्य भाषाको ज्ञान छैन, मैले शीर्षक तय गर्नलाई कि त खोज संयत्र नतिजाले देखाएको सर्वाधिक परिणाम वा नेपाली सञ्चार माध्यमलाई नै पछ्याउनुपर्ने हुन्छ। आधार नभईकन त लेख्न पाइएन। समुदायले लेख शीर्षक नीति बनाएर त्यसको कार्यन्वयन गर्ने गराउने कि बङ्गाली भाषा अनुसार यसको शीर्षक तय गर्ने? गोरखापत्रको विश्वसनीयता र उल्लेखनीयता मैले वा तपाईँले तय गर्ने होइन। यसै छलफलमा प्रयोगकर्ता @Krish Dulal:ले उठाउनुभएको यो छलफल जोड्नुपर्ने आवश्यकता देखियो। तपाईँले कुनै प्रस्तावमा विरोध वा समर्थन गर्न सक्नुहुन्छ तर यो नै सही हो र यो नै हुन्छ भन्नलाई त स्रोत वा ठोस कथन चाहिन्छ तसर्थ यो विषयलाई पनि ध्यानमा राख्नुहोला। बङ्गाली मूल नामअनुसार यसको शीर्षक शेख हासिना हुने भएतापनि खोज संयत्रमा जाँच गर्दा 'शेख हसिना' शीर्षक- २१५०० परिणाम भेटियो भने 'शेख हासिना' शीर्षक जम्मा २८९ नतिजा, अब कसो गर्ने? यस शीर्षकलाई निर्धारण गर्न आइपिए लागू गर्नु उपयुक्त हुन्छ? सञ्चार माध्यममा ४ किसिमले शीर्षक लेखिएको भएतापनि 'शेख हसिना'को प्रयोग अत्यधिक छ अब यसको समाधान के?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:३४, १७ जुलाई २०२० (नेपाली समय)
  • @Biplab Anand: डकडकगोमा खोजी गर्दा शेख हासिना पाउन नसकेकाले पहिला मैले भेटिएन भनेको थिए तर अन्य खोजी संयन्त्रले नतिजाहरू भेटाएका छन्। समुदाय र मेरो शीर्षक छनोट गर्ने प्रकृया फरक छ। यदी मलाई कुनै युरोपेली राष्ट्रहरूसँग सम्बन्धित शीर्षकहरू बनाउनु छ भने मैले पहिला त्यस देशकन विकिपिडिया प्रबन्धकहरूसँग सम्पर्क गर्छु, त्यो सम्भव भएन भने कमन्स राखिएका उच्चारणहरू सुन्छु तर मैले गैर अङ्ग्रेजी भाषी पृष्ठहरूको निर्माण गर्दा नेपाली सञ्चार माध्यमहरूको कदापि पनि सहारा लिँदिन र साहारा लिनु पनि गलत हो भन्छु चाहे ति नामहरू प्रचलित हुन् वा अप्रचलित। नेपालीमा च्याउ मेम्रिएका झैँ सञ्चार माध्यमहरू छन् तर कसैलाई पनि विश्वास गर्न सकिने आधार नै छैन। मैले नेपाल सम्बन्धित पृष्ठ नबनाउनुको कारण (मैले कुनैपनि सञ्चार माध्यमलाई पनि विस्वासीलो मान्दिनँ (बीबीसी नेपाली केही हदसम्म ठिक छ) पनि त्यही हो, किनभने सञ्चार माध्यमहरूले जे पनि लेखिरहेका हुन्छन्। कृष दुलालद्वारा भरपर्दो वेबसाइटहरू सूची तयार पार्न भनिएको रहेछ तर त्यो आवश्यक छैन, म नेपाली सञ्चार माध्यमहरू सबैलाई एकै नजरले हेर्छु (बीबीसी नेपाली केही विश्वसनीय भए पनि भर पर्न सकिँदैन) त्यसकारण म यो सञ्चार माध्यम विश्वसनीय अर्को खराब भनेर टिप्पणी गर्दिनँ।

यस विषयमा धेरै छलफल गर्नु आवश्यक छैन सही नाम शेखा हासिना हो र त्यसैलाई प्रयोगमा ल्याउनु पर्छ।-हिमाल सुबेदी (कुरा गर्ने) १८:०९, १७ जुलाई २०२० (नेपाली समय)

  • सेख हसीनामा १,१००,०० नतिजा भेटिएका छन् त्यता तिर ध्यान लाने होकि? पर्वत सुबेदी (कुरा गर्ने) १८:११, १७ जुलाई २०२० (नेपाली समय)
हिन्दी समाचार वेबसाइटका साथै देवनागरी लिपी प्रयोग हुने अन्य विभिन्न विकिपिडिया समुदाय जस्तैः हिन्दी, मराठी, मैथिलीमा शेख हसीना (shekh haseena) नामलाई प्रयोग गरिएको देखिन्छ। शेखा हासिना (shekha haasina) काहीँ पनि प्रयोग भएको देखिन्न। माथि अङ्ग्रेजी नाम अनुसार पढ्दा खेरि पनि प्रस्तावित गरिएको शीर्षक शेख हसिना नै सही जस्तो देखिन्छ।- Saroj Uprety (कुरा गर्ने) २२:४६, १७ जुलाई २०२० (नेपाली समय)
थप एउटा नेपाली समाचार सञ्जालले शेख हासिना लेखेको पाइएको छ। यहाँ कृपया सबैले ध्यान दिनुहोला।- Saroj Uprety (कुरा गर्ने) २२:४१, १८ जुलाई २०२० (नेपाली समय)
कुनै वेबसाइट हेर्नु बेकार छ। हाम्रो आफ्नै नियम आवश्यक छ। -Krish Signature.pngDULAL (मसँग कुरा गर्नुहोस्) ०६:५०, १९ जुलाई २०२० (नेपाली समय)
  • कृष ज्यु, को टिप्पणीमा मेरो सत प्रतिशत समर्थन छ, किनभने वेबसाइट भन्या छ, मनलाग्दी शीर्षक छानेको छ हामीलाई तनाव दिएको छ, कुनै नियमन छैन, कुनै निकाय छैन गलत शीर्षक छापेको कारण कार्वाही गर्ने, आज विदेशीहरू उच्च स्थानमा रहनुको कारण भनेको मौलिक सामग्री उत्पादन गर्ने वेबसाइटहरूले गर्दा हो जुन संसार भरि अति लोकप्रिय छन् र यहाँका वेबसाइटहरूले विदेशी समाचारहरूका तिनकै सामग्री नक्कल गर्छन् र अनुवाद गरेर हाल्छन् जसमा भाषिक समस्या त हुनेनै भयो र अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला भनेको के हो, यसले के गर्छ आदि, इत्यादि कुरा बुझ्न तिनिहरूलाई धेरै वर्ष लाग्छ र यही भएर यहाँ शीर्षकमा नराम्रो प्रकारले विचलन आएको हो। कुनै एउटा वेबसाइट अर्कै विचारधारामा हिड्छ र अन्य अरू सबै फरक फरक। नेपाली शीर्षकमा पनि लेखन भेद छ, अब विदेशीमा त कति छ कति अनगिन्ती। अन्य विकिपिडियाको निति हेर्दा लेखन भेदमा अधव अनुसार जाने निर्णय छ। यस्तो कारणले गर्दा वेबसाइटहरूले सामान्यतया एउटा (गैर-

अङ्ग्रेजी/हिन्दी/नेपाली/नेपालमा प्रचलित अन्य भाषा) मानिसको त्यही ३ देखि ११ थरि शीर्षक छाप्छन् जसको मारमा हामी लगातार फसिरहेका छौँ। अब यहाँ लेखन भेद नीति चाहिएकै हो सही शीर्षक र वेबसाइटहरूलाई पाठ पढाउनका लागि।

सन्दर्भहरू १) गोरखापत्रको नाजुक अवस्था इम्यानुएल म्याक्रोन, इमानुएल म्याँक्रो, कुन शीर्षक सही हो भनेर, अब विचार गर्नुस्, गोरखापत्रमा लेखिएको अनुसार शीर्षक फेर्न आग्रह गर्ने प्रयोगकर्ताहरू। पर्वत सुबेदी (कुरा गर्ने) ०७:४८, १९ जुलाई २०२० (नेपाली समय)

प्रवन्धक/प्रशासक वर्ग (Biplab AnandNirjal sthaTulsi Bhagat) हामी यहाँ अनावश्यक विवादमा अड्किरहेका छौँ। नेपाली भाषा सम्बन्धमा नेपाली बृहत शब्दकोस, नेपाली सरकारी लिखत, नेपालको एक मात्र सरकारी पत्रिका गोरखापत्र (बिबिसीलाई नेपाली सरकारी निकाय भनि उल्लेख गरेको देखेँ तर बिबिसी नेपालको हैन) तथा केही विश्वसनिय पत्रपत्रिकालाई अनुसरण नगरे कस्लाई गर्ने? यहाँ नेपाली भाषाको निर्णय गर्ने हैसियत भएको प्रयोगकर्ता को छन्? एकल निर्णयबाट विकिपिडियामा शिर्षक बनाउने भए सबैले आ-आफ्नु तरिकाले शिर्षक बनाउदै जाने हो त? अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालालाई अनुसरण गर्नु पर्ने अवस्थामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त भाषालाई आधार मान्ने कि कम बोलिने भाषालाई? समुदायमा छलफल भई लेख शीर्षक समबन्धि नीति बनिसकेको हुनाले त्यसलाई पनि ध्यान दिदै यस्तो अनावश्यक विवादलाई यथासिघ्र टुङ्ग्याउनु होला। धन्यवाद -- निर्मल दुलाल (कुरा गर्नुहोस) १०:३९, १९ जुलाई २०२० (नेपाली समय)
  • ५,६ थरि शीर्षक नलेखिएको खण्डमा उक्त निति अनुसार जानु पर्छ तर यहाँ समस्या के देखियो भने सबैले आआफ्नो तरिकाबाट शीर्षक निकाल्छन् जसको चपेटामा हामी फसेका छौँ। एउटै विषयको ५,६ थरि शीर्षक देखा पर्छ भने त्यो गम्भीर समस्या हो, यसलाई हल अन्य विकिपिडियाले अधव र कमन्समा उर्ध्वभरण गरिएका उच्चारणहरू अनुसार गरेका छन् र यस्तै नियम नबन्दा सम्म यो समस्या झन् बढेर जाने देखियो। अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालाले सबै भाषालाई समेट्ने हुँदा यो अन्तर्राष्ट्रिय रूपमा मानक अवस्थााारहेको हो जसले आफ्नो पहिलो नाम अन्तर्राष्ट्रिय प्राप्त गरेको छ, (जस्तै अन्तर्राष्ट्रिय श्रमिक दिवस, सबै देशमा लागू हुन्छ र मनाइने हुँदा यसले अगाडि अन्तर्राष्ट्रिय भन्ने शीर्षक प्राप्त गरेको हो र सबै अन्तर्राष्ट्रिय भन्ने शब्द मानक हुन्। नेबृशमा भएको लाई हामी मानक मानेर अघि बढ्छौ भने त्यहाँ समावेश नभएकोमा त्यस्तो समस्या हुने देखियो। केही विश्वसनीय पत्रपत्रिकाहरूमा नै देखिएको लेखन भेदले गर्दा यस्ता समस्या आएका हुन्, भने तिनिहरू सबैले एउटै मानक बनाएर अगाडि बढेको खण्डमा समस्या आउने थिएन, तर त्यस्तो हुन कत्तिपनि सकेन र हामी यसमा रूमल्लिरहेका छौँ। अधवले गरेका शीर्षक भेद समस्याको अन्त्य, यहाँ, यहाँ, अझै कति छन् कति।

एकल निर्णयबाट विकिपिडियामा शीर्षक कसैले पनि बनाउँन पाउँदैन, मानक नै प्रयोग गरि बनाउने पर्ने हुन्छ। विभिन्न वेबसाइटहरूको तुलना गर्नु भन्दा पनि सही शीर्षक छानेमा यस्ता समस्याहरू अन्य विकिपिडियाको झैँ कहिल्यै पनि आउदैन र समस्या जरै देखि निर्मुल हुन्छ। उल्लेखनिय सञ्चार माध्यमहरूमा समान शीर्षक नछापिन्जेलसम्म यो समस्या कहिल्यै हट्दैन र उनीहरूले कहिले समान शीर्षक लेख्लान् र शीर्षक बनाउन पाइएला भनेर बस्दा पनि वर्षौ वितिसक्यो। माथि मैल् पुष्टि गरिसके गोरखापत्रको दयनीय अवस्था, यसको मात्र होइन यो सबैको साझा समस्या हो। अब मानकको आधारमा अगाडि बढेको खण्डमा यो समस्या छिट्टै निर्मुल हुन्छ।पर्वत सुबेदी (कुरा गर्ने) १४:२३, १९ जुलाई २०२० (नेपाली समय)