सामग्रीमा जानुहोस्

विकिपिडिया:चौतारी (प्रस्ताव)

विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , , ,


प्रबन्धक अधिकार प्राप्ति र प्रबन्धक पदमुक्त बारेमा संयुक्त प्रस्ताव

[सम्पादन गर्नुहोस्]

कुनै पनि भाषा संस्करणको विकिपिडियामा प्रबन्धकहरूको निकैै महत्त्वपूर्ण योगदान रहेको हुन्छ। त्यस्तै गरि नेपाली भाषाको विकिपिडियामा पनि यसको महत्त्व अत्याधिक छ। नेपाली विकिपिडियामा विगतमा १०/१२ जना प्रबन्धक थिए तर क्रमशः समयको अन्तरमा निष्क्रिय हुँदै गएका कारण प्रबन्धकहरूलाई पदमुक्त गरियो।

  • कुनै पनि प्रबन्धकले तल उल्लेखित समयावधिमा २०० भन्दा कम सम्पादन या प्रबन्धकीय कार्य/लगहरू (मेटाएको लग, निषेध सूची, आयात सूची, सुरक्षण लग र प्रयोगकर्ता अधिकार लग) गरेमा सो प्रबन्धकलाई निस्क्रिय मानिनेछ। यो सङ्ख्या सम्पादन र प्रबन्धकीय कार्य/लगहरू जोडेर निकालिनेछ। हाल प्रबन्ध मुक्त गर्न सकिने आधारहरूमा अति न्युनतम् मापदण्ड रहेको पाएँ। यदी कोही प्रबन्धकले स्वचालित सम्पादन मार्फत क्याटलट मार्फत श्रेणी थप्ने/हटाउने, यन्त्रद्वारा सम्पादन गर्ने गर्छन् भने १०० वटा जति लेखमा क्याटलट गरेर न्युनतम २०० पुर्‍याउन सकिन्छ, किनभने उक्त कार्यले सम्पादन र प्रबन्धकीय कार्य दुइवटैलाई बढाउँछ र (जम्मा: सम्पादन १००, प्रबन्धकीय कार्य १०० गरि २००) १ मिनेट भित्र पुग्ने रहेछ। यसो गरियो भने उक्त अधिकार जोगिरहन्छ। यसलाई वृद्धि गराउन पर्ने भएको देखिन्छ। प्रबन्धकीय कार्य बाहेक उल्लेखित समयसीमा कम्तीमा ३०० लेखन सम्पादन र १०० प्रबन्धकीय कार्य गरि (४००) यसलाई वृद्धि गर्ने प्रस्ताव पेश गरेको छु। पर्वत सुबेदी (कुरा गर्ने) ०९:०७, २ जनवरी २०२२ (नेपाली समय)जवाफ

 समर्थन - अति आवश्यक प्रस्ताव। हिमाल सुबेदी कुरा गर्ने ०९:१७, २७ अक्टोबर २०२२ (नेपाली समय)जवाफ

  • विरोध विरोध, वृद्धि गर्नुपर्ने कुनैपनि ठोस कारण देख्दिन। हामीले अन्य विभिन्न प्रोजेक्टहरूमा पनि कार्य गर्नुपर्ने हुन्छ। वृद्धि हुदैमा प्रबन्धक घट्दै गइरहेको छ र प्रबन्धक नै रहेन भने विकिपिडिया, सामग्रीहरू तथा प्रयोगकर्ताहरू बन्चित हुन् जान्छ। — तुलसी भगत [ योगदान | वार्ता ] २०:०८, २ जनवरी २०२२ (नेपाली समय)जवाफ
  •   - वर्तमान समयमा नेपाली विकिपिडियामा रहेको प्रबन्धक मुक्त गर्न सकिने आधारहरू नीति बमोजिम नै विभिन्न समयमा निस्क्रिय प्रबन्धकहरू पदमुक्त गरिएको सबैमा जानकारी नै छ। स्थानीय विकिपिडियाले सामुदायिक सहमतिको आधारमा यस्ता नीति बनाउन सकिने भएता पनि वर्तमान समयमा नेपाली विकिपिडियालाई प्रबन्धकीय कार्यहरू गर्नको लागि थप प्रबन्धकहरूको खाँचो रहेको छ तसर्थ हाललाई वर्तमान नीतिमा सुधार गर्नुभन्दा पहिले प्रबन्धक व्यवस्थापन गर्नु उपयुक्त देख्छु। यस विषयमा समुदायको सक्रिय योगदानकर्ताहरूको सल्लाह सुझाव तथा मतको आधारमा यो प्रस्तावलाई निर्णय गर्न अनुरोध--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२२, १ फेब्रुअरी २०२२ (नेपाली समय)जवाफ

बार्नस्टारको नयाँ नाम

[सम्पादन गर्नुहोस्]

सन् २००२ मा नेपाली विकिपिडियाको स्थापनादेखि नै हामीले "बार्नस्टार" नाम प्रयोग गर्दै आएका छौं। मलाई लाग्दैन कुनै नेपाली भाषा बोल्ने व्यक्तिले "बार्नस्टार" भनेको के हो बुझेको छैन। अंग्रेजी विकिपिडियाका अनुसार, यो अमेरिकी किसानहरूले प्रयोग गर्ने एक प्रतीक हो। मलाई लाग्छ कि हामीले यसको नाम परिवर्तन गर्नुपर्छ ताकि सामान्य नेपाली भाषी व्यक्तिले यसको उद्देश्य बुझ्न सकून्। मेरो सुझाव "तक्मा" हो किनभने यो सामान्यतया प्रयोग गरिन्छ र नेपालको सैन्य इतिहासलाई विचार गर्दा यो सबैभन्दा उपयुक्त हुनेछ। यदि तपाईंसँग अरू कुनै नामहरू छन् भने कृपया तल लेख्नुहोस्। धन्यवाद--बडा काजी (कुरा गर्नुहोस्) १७:४२, १५ अक्टोबर २०२२ (नेपाली समय)जवाफ

मुख्य प्रतिमाहरू

[सम्पादन गर्नुहोस्]

यी प्रतिमाहरू १६ वर्ष पहिले जारी गरिएको थियो र तिनीहरू अझ पुरानो हुँदै गइरहेका छन्। विकिमिडिया फाउन्डेसनद्वारा जारी गरिएको नयाँ रुपको (भेक्टर २०२२) साथ हामीले तिनीहरूलाई नयाँ रूपले प्रतिस्थापन गर्नुपर्छ। अन्य विकिपीडियाहरूले पहिले देखि नै यी प्रतिमाहरू परिवर्तन गरिसकेका छन् (उदाहरण को लागी: जर्मन विकिपीडिया, रूसी विकिपीडिया र फ्रान्सेली विकिपीडिया)। यी तल सूचीबद्ध मेरा प्रस्तावहरू हुन्।

प्रयोग वर्तमान नयाँ
प्रमुख लेख
प्रमुख चित्र
उत्कृष्ट लेख
के तपाईलाई थाहा छ?

यदि तपाइँसँग कुनै अन्य सुझाव छ भने कृपया तल लेख्नुहोला। धन्यवाद। --बडा काजी (कुरा गर्नुहोस्) ०२:३८, ७ नोभेम्बर २०२२ (नेपाली समय)जवाफ

सूचित गर्दै: Biplab Anand, Saroj Uprety, पर्वत सुबेदी, Nirjal stha, BRPever, सरोज कुमार ढकाल, Pitambar Bhattarai, हिमाल सुबेदी--बडा काजी (कुरा गर्नुहोस्) ०२:४३, ७ नोभेम्बर २०२२ (नेपाली समय)जवाफ
      • नयाँ प्रतिमाहरू सरल भएपनी पुरानोले जस्तो भाव बोकेका छैनन्। मेरो विचारमा यो परिवर्तन अनावश्यक छ, तर भविस्यमा यदि अझ राम्रा तस्वीरहरूको विकल्प मिल्यो भने छलफल गरेर परिवर्तन गर्न सकिन्छ। हाललाई परिवर्तन गर्नु उचित् नहोला।--BRP ever ०४:१७, ७ नोभेम्बर २०२२ (नेपाली समय)जवाफ

      एक वाक्यका लेखहरू सम्बन्धमा

      [सम्पादन गर्नुहोस्]

      प्रयोगकर्ता तथा पूर्व प्रबन्धक भवानी गौतमद्वारा करिब १० वर्ष भन्दा अगाडि मिति (सन् र ई.पू गरि) (हाल सबै पृष्ठ मेटिसकेको) भारतका जिल्ला तथा ठाउँ (सहर), उच्च विद्यालय तथा विश्वविद्यालयका करिब २०००+ लेखहरू बिना कुनै स्रोत राखेर कपीपेस्ट गरि एक वाक्यको बनाउनु भएको थियो जुन एकदमै विवादास्पद रह्यो भने यसले विकिपिडियाको गुणस्तरमा निकै असर पनि गरेको देखियो। यहाँ यस्ता स्रोत बिहिन (उदाहरणका लागि) एक वाक्यका लेखहरू अनगिन्ती छन्। तर उहाँद्वारा बनाइएका प्रमुख हुन्। यि पृष्ठहरू मध्ये धेरै फेरि उल्लेखनीय नै हुन् तर उल्लेखनीय भनेर अब चुप लागेर बस्नु पनि भएन। सम्बन्धित जोडिएको पृष्ठमा ५+ लेखहरूसँग जोडिएको छ भने तिनिहरूलाई १ महिनाको सुधार अवधि दिने र सुधार समयसीमा नाघेपछि त्यस्ता लेखहरू मेटाउने गरि यस प्रस्ताव पेश गरेको छु। पर्वत सुबेदी (कुरा गर्ने) २०:०६, १३ नोभेम्बर २०२२ (नेपाली समय)जवाफ

      विकि लभ्स फिल्म अभियान आयोजना गर्ने सम्बन्धमा

      [सम्पादन गर्नुहोस्]

      सबैलाई नमस्ते, नेपाली विकिपिडियामा विभिन्न समयमा सम्पादन अभियान र लेख प्रतियोगिताहरू आयोजना हुँदै आएको सबैलाई थाहा नै छ। Wiki Loves Film मध्य युरोपमा सुरु भएको एक अन्तर्राष्ट्रिय अभियान हो, जसबाट प्रेरित भई नेपालमा पनि यो अभियान सञ्चालन गर्न लागेको समुदायलाई जानकारी गराउन चाहन्छु। यस अभियानको मुख्य उद्देश्य नेपालमा बोलिने विभिन्न भाषाका विकिपिडियाहरूमा चलचित्र सम्बन्धी लेखहरू सिर्जना र सुधार गर्नु हो। साथै, विकिमिडिया कमन्समा स्वतन्त्र मिडिया फाइलहरू अपलोड गर्ने र विकिडेटामा संरचित डेटा थप्ने काम पनि गरिनेछ। यो अभियान जुलाई–अगस्ट २०२६ मा सञ्चालन हुने योजना छ। कृपया आफ्नो विचार र सुझाव तल राख्नुहोस्। Saroj (कुरा गर्नुहोस्) १४:३६, ९ मे २०२६ (नेपाली समय)जवाफ


      @Janak Bhatta, हिमाल सुवेदी, पर्वत सुवेदी, Nirjal stha, र Nabin K. Sapkota: सबैलाई समर्थन र सुझावका लागि धन्यवाद। विभिन्न कारणवश प्रस्तावित समयमा विकि लभ्स फिल्म अभियान आयोजना गर्न सम्भव हुन सकेन। यसको सट्टा, नेपालसम्बन्धी विकिडेटा सामग्रीको विकासमा केन्द्रित WikiProject Nepal सुरु गरिएको छ, जसअन्तर्गत Datathon 2026 प्रतियोगिता १–३१ अगस्ट २०२६ सम्म आयोजना हुँदैछ। इच्छुक सबैलाई सहभागी भई योगदान दिन हार्दिक अनुरोध गर्दछु। --Saroj (कुरा गर्नुहोस्) १८:४९, २४ जुलाई २०२६ (नेपाली समय)जवाफ