विकिपिडिया:उत्कृष्ट लेखहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुख्यआवेदनहरूमापदण्डवार्तालापसूचीसमन्वय समिति

विकिपिडियामा उत्कृष्ट लेखहरू

उत्कृष्ट लेखहरू उत्कृष्ट स्तरका हो भन्ने बुझिन्छ, तर यी लेखहरू अझै प्रमुख लेखहरूका लागि छनौट भइसकेको छैन । कुनै पनि लेख उत्कृष्ट लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन् । उत्कृष्ट लेखहरू उल्लेखित मापदण्ड पुरा गरेर सफलतापूर्वक उत्कृष्ट लेख आवेदनहरूको प्रक्रियाबाट पारित गरिएको हुन्छ । छोटकरीमा भन्नुपर्दा, यी लेखहरू राम्ररी लेखिएको हुन्छ जुन तथ्यात्मक र प्रमानिक जानकारीयुक्त हुन्छ साथै लेखहरू तटस्थ दृष्टिकोण, स्थिर र उपयुक्त स्थानमा कपिराइट लाइसेन्स सहित प्रासङ्गिक चित्रहरूद्वारा सचित्रित गरिएको हुन्छ ।

वर्तमानमा, यस विकिपिडियामा ३२,१२५ लेखहरू रहेका छन् जसमध्ये लेखहरू उत्कृष्ट लेखहरूको लागि छनौट भइसकेको छ । नेपाली विकिपिडियामा हालसम्म चयन भएका उत्कृष्ट लेखहरूको सूची तल राखिएको छ । लेखहरू एउटा श्रेणी भित्र समावेस गरिने हुँदा जुन उत्कृष्ट लेख प्रमुख लेखको रूपमा बढुवा हुन्छ त्यसलाई उत्कृष्ट लेखहरूको सूचीबाट हटाइन्छ । लेखको दायाँ भागको माथिल्लो कुनामा एउटा वृत भित्र सानो जोडको चिन्ह (This symbol designates good articles on Wikipedia.)ले सो लेख उत्कृष्ट लेख हो भन्ने जनाउँदछ ।

उत्कृष्ट लेखको दर्जा दिने प्रक्रिया ज्यादै सरल रहेको छ । यदि तपाईं विकिपिडियामा कुनै लेख निर्माण गर्नुहुन्छ वा सम्पादन गर्नुहुन्छ जुन उत्कृष्ट लेख मापदण्ड अनुसारको छ भने तपाईं त्यस लेखलाई उत्कृष्ट लेख आवेदनहरूको पृष्ठमा गएर नामाङ्कित गर्न सक्नुहुन्छ जहाँ सो लेखलाई बिना कुनै मतभेद र भेदभाव गरेर समीक्षा गरिनेछ । यदि लेखलाई चयन गरिन्छ भने त्यसलाई उत्कृष्ट लेखहरूको सूचीमा जोडिनेछ । यसै प्रकार कसैले कुनै पनि उत्कृष्ट लेखको दर्जालाई हटाउनका लागि गुहार गर्न सक्छ । यदि तपाईंको नामाङ्कन सफल भएन भने त्यसको कारण र सल्लाह सो लेखको वार्ता पृष्ठमा राखिनेछ ।

[ हे  · ]

उत्कृष्ट लेखहरूको सूची तल दिइएको छ कृपया तल हेर्नुहोस ।

उत्कृष्ट लेखहरूको सूची

उत्कृष्ट लेखहरूको सूची

मन्दिर पर्व तथा दिवस स्थान व्यक्तित्व विधा तथा भाषा सङ्घ तथा संस्था पर्यटन इतिहास समसामयिक

मन्दिर

पर्व तथा दिवस

स्थान


व्यक्तित्व


विधा तथा भाषा


सङ्घ तथा संस्था


पर्यटन


इतिहास


समसामयिक