विकिपिडिया:चौतारी (नीति)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू,


लेख शीर्षक सम्बन्धी छलफल आवश्यक प्रस्ताव[सम्पादन गर्ने]

यसका साथै यहाँ एउटा अर्को विषयमा मानक निर्धारण गर्नुपर्ने आवश्यकता रहेकोले यस उपर छलफल गर्नहुन सबैमा अनुरोध गरिन्छ।

  1. तत्सम शब्द, नेपालमा बसोबास गर्ने पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने 'श' बाहेकका आगन्तुक शब्दमा 'स' को प्रयोग गर्नुपर्नेछ।
  2. तत्सम शब्द, नेपालमा बसोबास गर्ने पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने 'ण' बाहेकका आगन्तुक शब्दमा 'न' को प्रयोग गर्नुपर्नेछ।
  3. तद्भव र आगन्तुक शब्दका आदि र मध्यमा ह्रस्व लेख्नुपर्नेछ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:५८, ५ अगस्त २०२० (नेपाली समय)

छलफल[सम्पादन गर्ने]

  • यो नियम त नेपाली भाषामा पहिले देखिनै रहेकोले सोही अनुसार गर्नु उचित हुन्छ। चिनियाँ भाषाका शब्दहरूमा 'ङ्ग' प्रयोग नगरी 'ङ' को प्रयोग गर्नु पर्नेछ। --निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:१४, ७ अगस्त २०२० (नेपाली समय)
चिनियाँ मात्र नभई अङ्ग्रेजी भाषाबाट आयातित शब्दहरूमा पनि "ng" लाई "ङ्ग" लेख्ने गरिन्छ। त्यसलाई पनि "ङ" लेख्नुपर्छ।--Nirajan pant (कुरा गर्ने) ११:१३, ७ अगस्त २०२० (नेपाली समय)
  • नेपाली बृहत् शब्दकोशमा अन्य शब्दहरूलाई नियमन गरिए पनि व्यक्तिवाचक नामलाई त्यतिकै छोडिएको हुनाले यो नियम आवश्यक थियो। धन्यवाद -Krish Signature.pngDULAL (मसँग कुरा गर्नुहोस्) ०८:३४, ७ अगस्त २०२० (नेपाली समय)
  • छलफल आवश्यक प्रस्तावमा भएको तीनै वटा बुदा अनुसार नरहेका लेखहरूलाई सार्न छलफल आवश्यक नपर्ने नीति पनि थप गर्नुपर्छ।--Saroj Uprety (कुरा गर्ने) ०८:५०, ७ अगस्त २०२० (नेपाली समय)
  • माथि प्रस्तावित बुँदाहरूमा पूर्ण समर्थन जनाउँछु। माथि अरू साथीहरूले भन्नुभएजस्तै पहिले ङ्ग लेख्ने गरिएका कतिपय शब्दहरू अहिले ङ मात्र लेख्ने गरिन्छ। जस्तो गुरुङ्गलाई गुरुङ तमाङ्गलाई तमाङ पालुङ्गटारलाई पालुङ्टार तेन्जिङ्गलाई तेन्जिङ आदि। दीपक कथित (कुरा गर्ने) १७:०५, ११ अगस्त २०२० (नेपाली समय)

प्रस्तावित नितिमा छुटेका विषयहरू

यस नितिको लगभग सबै कुरा राम्रो छ, तर यसमा भनिएको अप्रचलित, अति अपचलित, अलिअलि प्रचलित, एकदमै प्रचलित भन्ने विषय भने अलि सोचनिय छ। ng लाई ङ गरिनु पर्छ भन्ने अति राम्रो तर्क प्राप्त भएको छ। त्यस बाहेकका शब्दहरूको चर्चा हुनु जरुरी छ।
१) विभिन्न भाषा, शब्द तथा शीर्षकको मौलिकता विशिष्ट रहेको हुन्छ। अति अप्रचलित र अप्रचलित गरेर शीर्षक छुट्याउन निकै गाह्रो छ, यसका लागि केही मापदण्ड खुलाइएको छैन।

२) कसैले कुनै पनि विषयलाई अप्रचलित वा अति अपचलित वा एकदमै प्रचलित वा अलिकति प्रचलित विभिन्न आधार अनुसार मान्न सक्छन्, यसरी विभिन्न विचार अनुसार शीर्षक तय हुन्छ र समानता भेटिन्न। यस्ता शीर्षकहरूको शीर्षक विवाद पूर्ण हुन सक्छ।

३) वेबसाइटहरूले शीर्षक निर्धारण गर्ने अधिकार प्राप्त नगरेका कारण देशको एकमात्र शीर्षक निर्धारण राष्ट्रिय निकाय नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित मानक शब्दकोशको शीर्षकलाई मात्र प्रथमिकता दिनु पर्छ यस बाहेका बैकल्पिक शीर्षकलाई बरू अनुप्रेषण गरि पहुँचयोग्य गर्न सकिन्छ तर शीर्षक भने शब्दकोशकै हुनु पर्छ, उदाहरण, बङ्लादेश, बाङ्लादेश र बङ्गलादेश मध्ये शब्दकोशमा भएको बङ्गलादेश मानक हो।

४) हाम्रो भाषाको एउटा अभिन्न अङ्ग चन्द्रविन्दु हो। चन्द्रविन्दुलाई रोमनमा लिप्यन्तरण गर्दा अन्य वर्णको अवस्थिति नभएको हुँदा न अथवा n को प्रयोग हुने गर्दछ। उदाहरण: भुँडीपुराण = bhundipuran, (भुन्डीपुरान, हुन सक्छ अङ्ग्रेजीमा) अङ्ग्रेजीमा चन्द्रविन्दु वा नाके श्वर नहुने भएकाले यस्ता हाम्रा शीर्षकहरू पुरै मारमा परिरहेका छन्। यस्तै गरि अन्य भारोपेली भाषाहरू जस्तै नेपाली, उर्दू, मराठी, तमिल, सिन्हाली आदी हजारौँ भाषाहरू चन्द्रविन्दु हुन्छ र हामी सोही चन्द्रविन्दुलाई अप्रचलित वा कहिल्यै नदेखेको भएर शीर्षक अर्कै लेखिरहेका छौँ। जस्तै पाकिस्तानको सहर Mianwali, यो मियानवाली नभई मियाँवाली हो, यस्ता भारोपेली शीर्षकहरूमा चन्द्रविन्दु हुन सक्छ भनेर ख्याल गर्नु जरुरी छ। खासगरी एसियाली विषयहरूमा चन्द्रविन्दुको प्रयोग अत्याधिक छ।

५) रोमन लिपिमा लेखिने भाषाहरूमा पनि हाम्रोमा जस्तै चन्द्रविन्दु हुन्छ, यस्तो अवस्थामा उनीहरूको मौलिकता पनि ध्यानमा राख्दै हाम्रो वर्णको प्रयोग गरेर शीर्षक निकाल्नु पर्छ। खासमा फ्रान्सेली र पुर्तुगाली तथा अन्य अफ्रिकी शीर्षकहरूमा चन्द्रविन्दु अर्थात् नाकेश्वर हुन्छन्, त्यता ध्यान दिनु जरुरी छ। उदाहरण Leslie Caron, [lɛsli kaʁɔ̃] लेस्ली कार्लोँ, हाम्रोमा भएको तपाईँ (tapain), (Arghakhanchi अर्घाखाँची), आँखा (aankha) जस्ता धेरै शीर्षकहरू समान उच्चारण।

६) प्रचलित कुन हो भनेर थाह नभएको अवस्थामा हामी सञ्चार माध्यम हेर्छौ, तर सञ्चार माध्यमहरू भाषा प्रति कत्तिपनि संवेदनशील नरहेको हामीले प्राप्त गरेका छौँ, जसले शीर्षकमा विचलन पैदा गरेको छ, यहाँ सम्मकी नेपाली शीर्षकहरूमा पनि धेरै थरि लेख्न स्वरूप भएको कारण हामीलाई अहिले के हो वास्तविकता भनेर बुझ्न निकै गाह्रो भइरहेको अवस्था छ। एउटै व्यक्ति, नाम स्थानको एउटै वेबसाइटमा पनि धेरै शीर्षक छापिएका छन् भने तिनै नेपाली भाषी वेबसाइटहरूमा कुनै पनि प्रकारको समानता छैन। उदाहरण बेलायती पूर्व प्रधानमन्त्रीको नाम (Theresa May /təˈriːzə/ टेरिजा मे) हो तर अनुमानका आधारमा शीर्षक तय भएको कारण हामीले लेखेका धेरै शीर्षकहरू पूर्ण तय गलत रहेको देखिएको छ, यस्तो अवस्थामा जुन कुनैको वास्तविक शीर्षक निकाल्नका लागि अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालाको प्रयोग गर्नु पर्छ, जस्ले एकदमै मानक शीर्षक निकाल्न अति सहयोग गर्छ र यो मानक र एक अन्तर्राष्ट्रिय रूपमा मान्यतम प्राप्त एक अन्तर्राष्ट्रिय पद्धति समेत हो। गलत अनुमानबाट टाढा रहनु पर्छ।

७) लेखन भेद (एउटै विषयको ४ भन्दा बढी शीर्षक छापिएको खण्ड) र श्रवण भेद (मुल भाषीद्वार द्रुत गतिमा बोलिएको कारण शीर्षक राम्रोसँग नबुझ्नु वा गलत उच्चारण निकालिने अवस्था) का कारण हामीले सही शीर्षक प्राप्त गरिरहेका छैनौँ, यस्तो निकै गम्भीर समस्यालाई मौलिक अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला अनुसार सुल्झाउनु पर्छ। रोमन वर्णमालाका शीर्षकहरूमा धेरै शीर्षकहरू शान्त अवस्थामा छन् उदाहरण tsunami (सुनामी) यस्ता शान्त शीर्षक वा विषयहरू प्रति विशेष ध्यान दिदै शान्त शब्द समावेश गरिनु हुँदैन।

८) र‍ोमन लिपिका अति विशिष्ट वर्णहरूमा हाल देखिएको समस्या: रोमन वर्णमालामा विशिष्ट वर्णहरूको उच्चारण हाल नेपाली भाषीहरूलाई थाह छैन, वा कम मात्रामा मात्र जानकारी छ। जस्तै Đ,ć, ä, ç,ß, ll, Å Ø, आदी धेरै थरिका विशिष्ट वर्णहरूको उच्चारणसँग परिचित नभएको कारण यस्ता शीर्षकहरू नेपाली विकिपिडियामा हालसम्म निकै कम मात्रमा बनेको छ। यस्ता शीर्षकहरूको पनि पहिचान गरि लेख लेख्नु जरुरी छ।

९) रोमन लिपिसँग मिल्न गएको शीर्षकमा पनि उच्चरण फरक हुन्छ, यहाँ पनि ध्यान दिनु पर्छ। उदाहरण Batman बातमान प्रदेश नकी ब्याटम्यान प्रदेश।

१०) ट र ड वर्णको प्रयोगमा समस्या: लगभग ९५% भन्दा युरोपेली, रोमन लिपिका, जापानी, चिनियाँ भाषाहरूमा ट र ड वर्णको उच्चारण छैन, यस्तो अवस्थामा ट र डको साट्टोमा त र द मा प्राथमिकता दिनु पर्छ तर ट र ड लाई पूर्णरूपमा भने नकार्न सकिदैन, तैपनि यस्ता विषयहरूमा त र द वर्णलाई अलि वढी मान्यता दिनु पर्छ।

११) उस्त‌ै उस्तै नाम तथा थरहरू जस्तै (दत्ता, दत्त, अर्याल, अर्जेल, अर्ज्याल, हुसेन, हसन, हुसैन, हुसाइन, महमद, मुहम्मद, मोहम्मद, तिमिल्सिना, तिम्सिना, तिमल्सिना, चौधुरी, चौधरी, चौदरी आदि) धेरै नाम तथा थरहरू एउटै होइनन् फरक फरक हुन् र यसको शीर्षक सोही अनुसार निर्धारित हुनु पर्छ।

१२) अनुवादमा जोड, धेरै शीर्षकहरू नेपालीमा त्यतिकै अङ्ग्रेजी मै छोडिएका छन् यस्ता शीर्षकहरू बुझ्न निकै गाह्रो छ, अङ्ग्रेजी नबुझ्ने नेपाली भाषीहरूलाई, यस्ता शीर्षकहरूलाई अनुवाद गरि लेख्नु पर्छ, जस्तै (Яндекс.Переводчик = यान्दिक्स अनुवाद नकी यान्दिक्स पिरिभोइचिक), (Central Intelligence Agency = केन्द्रिय गुप्तचर संस्था नकी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी)पर्वत सुबेदी (कुरा गर्ने) १८:३०, १५ अगस्त २०२० (नेपाली समय)

  • माथिका टिप्पणी तथा विचारको अध्ययन पश्चात् यस विषयमा मेरो विचार यस प्रकार रहेको छ।
  1. प्रचलित शब्द भन्नाले नेपाली भाषामा प्रकाशित पुस्तक, पत्रपत्रिका, सोधपत्र तथा अन्य कागजपत्रमा त्यस शब्दको प्रयोग भइरहेको वा आम चलनचल्ती वा बोलीचालीमा रहेको भन्ने बुझ्नुपर्दछ। अप्रचलित भन्नाले अहिले सम्म नेपाली भाषामा प्रकाशित कुनै पनि सामग्रीमा समावेश नभइसकेको वा बोलीचालीमा नरहेको शब्द भन्ने बुझ्नुपर्दछ। साथै केही पटक मात्र नैपाली भाषामा लिखित कुनै सामग्रीमा प्रयोग गरिएको तथा आम रूपमा त्यति प्रयोगमा नरहेको शब्दलाई केही प्रचलित भनी व्याख्या गर्न सकिन्छ।
  2. मानक शब्द वा हिज्जे कुन भन्ने विषयमा चर्चा गर्दा नामपद बाहेकका अन्य शब्दको हिज्जे शब्दकोश अनुसार हुनपर्दछ। तर नामपद जनाउने शब्दको हकमा सो स्थान, व्यक्ति, वस्तु, सङ्गठित संस्था, कम्पनी तथा अन्य विषयवस्तुको आधिकारिक नामलाई भन्दा पनि सो को प्रचलित नामलाई प्राथमिकता दिनुपर्दछ। भने आधिकारिक नामलाई वैकल्पिक शीर्षकको रूपमा राख्न सकिन्छ र सो वैकल्पिक नामक पृष्ठलाई मूल लेखमा अनुप्रेषण गर्न सकिन्छ। यसरी नेपालीमा लेख्दा नेपाली भाषामा चलनचल्तीमा रहेको शब्दको हकमा प्रचलित हिज्जे (नेपाली भाषानुसार नियमसङ्गत तरिकाले) तथा अप्रचलित वा केही प्रचलितको हकमा व्याकरणिक नियमानुसार मूल उच्चारणमा भिन्नता नआउने गरी लेख्नुपर्दछ। तर देवनागरी लिपिमा लेखिने नेपाली बाहेकको अन्य मूल भाषा भएको नामपदको हकमा सम्भव भएसम्म सोही भाषामा लेखिने हिज्जेको प्रयोग गर्नुपर्दछ।
  3. एसियाली तथा भारोपेली भाषाहरूमा चन्द्रविन्दु सम्बन्धी पर्वत सुबेदीज्यूले राख्नुभएको विचारमा म सहमत छु। साथै रोमन भाषामा लेखिने फ्रान्सेली र पुर्तुगाली तथा अन्य अफ्रिकी भाषाहरूमा प्रयुक्त चन्द्रविन्दुलाई प्रचलित नाम बाहेक अन्यमा प्रयोग गर्न सकिने मेरो मत रहेको छ।
  4. कुनै पनि विदेशी नामलाई नेपालीकरण गर्दा उपलब्ध भएमा सो नामको अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला अनुसार दिइएको हिज्जे प्रयोग गर्नु पर्छ (अप्रचलितको हकमा) भने अनुपलब्ध भए अङ्ग्रेजी हिज्जे अनुसार नेपालीकरण गर्नुपर्छ (किनकि अङ्ग्रेजी भाषालाई अन्तरराष्ट्रिय भाषाको मान्यता दिइएको छ र सबैजसो नामपदको अङ्ग्रेजीमा नाम हुने नै गर्दछ)। यसरी नेपालीकरण गर्दा नेपाली मौलिकपन कायम रहोस् भन्नको लागि नेपाली भाषाको शब्दरचना सम्बन्धी नियमको पालना गरिनुपर्दछ।
  5. पर्वत सुबेदीज्यूले “अनुवादमा जोड” सम्बन्धी राख्नुभएको विचारमा केही हदसम्म सहमत छु। तर ध्यान रहोस्, सबै शब्दलाई पूर्ण रूपमा अनुवाद गर्न सकिँदैन। नेपामैं रहेका केही संस्थाहरूको नेपाली नाम समेत अङ्ग्रेजी मैं रहेका छन् जसलाई अनुवाद गर्न मिल्दैन। उहाहरणको लागि – यूनियन, ब्युरो जस्ता शब्दहरूलाई मूल नेपाली नाममा प्रयोग गरिएको छ सो अवस्थामा यी शब्दहरूलाई सङ्घ वा समिति भनेर अनुवाद गर्नु अनुचित हुन्छ। यसै गरी प्राविधिक तथा वैज्ञानिक शब्दावलीहरूको अनुवाद समेत सो अनुवाद चलनचल्तीमा रहेको अवस्थामा मात्र गर्नुपर्दछ। अन्यथा यसले पाठकवर्गलाई सहयोग पुर्‍याउनुको सट्टा पाठकलाई लेखसम्म पुग्नबाट रोक्दछ। जस्तै – Windows Defender लाई “विन्डोज डिफेन्डर” नै लेख्नुपर्छ न कि “विन्डोज रक्षक”।

--Nirajan pant (कुरा गर्ने) १०:०४, २५ अगस्त २०२० (नेपाली समय)




विकिपिडिया:पृष्ठ स्थानान्तरण मार्गदर्शिका पृष्ठ सम्बन्धमा[सम्पादन गर्ने]

नमस्ते, विकिपिडिया:पृष्ठ स्थानान्तरण मार्गदर्शिका पृष्ठ सामुदायिक सहकार्य गरि लेखन कार्य सम्पन्न गरिएकोले कृपया आफ्नो सल्लाह सुझाव तथा मत राख्नहुन सबैमा अनुरोध गर्दछु। धन्यवाद।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:०३, १५ अगस्त २०२० (नेपाली समय)

कुनै पृष्ठ स्थानान्तरण गर्न मनासिव कारण भएको अवस्थामा उक्त पृष्ठ स्थानान्तरण गर्न छलफल गरिराख्नु आवश्यक छैन। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १०:२१, १६ अगस्त २०२० (नेपाली समय)
श्रेणी सार्ने विषयमा, पृष्ठको इतिहास सम्बन्धमा तथा पृष्ठ सार्न नसकिने अवस्थाहरूको विषयमा थप स्पष्ट पार्नुपर्ने आवश्यकता देखिन्छ। --Nirajan pant (कुरा गर्ने) २२:१४, १९ अगस्त २०२० (नेपाली समय)
Nirajan pant जी, कृपया सामग्री थपेर सहयोग गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:३४, २८ अगस्त २०२० (नेपाली समय)
  • Symbol support vote.svg समर्थन nShrestha १३:०८, २४ अगस्त २०२० (नेपाली समय)
  • केही प्रयोगकर्ताहरूद्वारा अवश्य नरहेको खण्डमा पनि शीर्षकहरू परिवर्तन गरिएको देख्न सकिन्छ। शीर्षक परिवर्तन गर्नका लागि एउटा ठोस प्रमाण पेश नगरी सार्न नमिल्ने नीति ल्याउनु पर्छ। हिज्जे गलत रहेका विषयहरूलाई भने हिज्जे परियोजना अन्तर्गत सार्न सकिन्छ। शीर्षक सार्न नमिल्ने भन्ने त ुहुुँदैन तर केही प्रयोगकर्ताहरू छलफल बिनानै मनलाग्दि ढङ्गले शीर्षक परिवर्तन गरिरहेका छन्, त्यसलाई नियन्त्रण गरिनु पर्छ।ہیمال سُبےدی چلو بات کرتے ہیں ११:२०, २५ अगस्त २०२० (नेपाली समय)

छड्के लेखन शैलीको सम्बन्धमा[सम्पादन गर्ने]

नमस्ते, नेपाली विकिपिडियामा रहेको गीति एल्बम, पुस्तक, उपन्यास, टेलिभिजन कार्यक्रम, वनस्पति, चलचित्र लगायतका लेखहरूको शीर्षक सो लेखमा प्रयोग हुने ढाँचाको कारण स्वतः छड्के हुने गरेको छ र यो मेरो विचारमा सुरुदेखि नै प्रयोगमा रहि आएको छ तसर्थ शीर्षक छड्के रहेमा समस्या भएन तर सोही लेखभित्र वा अन्य लेखहरूमा प्रयोग हुने गीति एल्बम, पुस्तक, उपन्यास, टेलिभिजन कार्यक्रम, वनस्पति, चलचित्र लगायतका लेखहरू छड्के लेख्नाले लेखको ले/आउट (देवनागरी लिपि प्रयोग गर्ने भएकोले) सुहाउँदो देखिदैन तसर्थ लेखभित्र उपरोक्त नामहरू छड्के (जस्तै- छड्के) नलेखि त्यस्को सट्टा एउटा मात्र उद्धरण चिह्न (जस्तै- 'नेपाली') प्रयोग गर्नुपर्ने प्रस्ताव गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४४, ३ सेप्टेम्बर २०२० (नेपाली समय)

  • छड्के शैलीले लेख बिगार्ने भएकोले प्रस्तावित उद्धरण राख्न सकिन्छ। तर चलचित्र, गीत, आदिको टेबलमा छड्के नै राख्नुपर्छ किनकि त्यसले अर्को शब्दलाई हानी गर्दैन। "Bold text" लाई Bold text नभएर यसलाई यथावत राख्नुपर्छ किनकि यसको एउटा विशेषता रहेको छ जस्तै गीतमा, पत्रिकामा प्रयोग गरिन्छ र तिनीहरूलाई छुट्टाउनु सजिलो हुन्छ। Bold text लाई शीर्षक र एकदमै आवश्यक शब्दमा मात्र गर्नुपर्छ।--Saroj Uprety (कुरा गर्ने) १३:४८, ३ सेप्टेम्बर २०२० (नेपाली समय)