विकिपिडिया:चौतारी (प्राविधिक)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, 1, 2, 3



ढाँचा Template:Infobox settlement अद्यतन सम्बन्धमा[सम्पादन गर्ने]

विगत लामो समय देखि यो ढाँचा अद्यतन नभएको अवस्थामा विभिन्न प्यारामिटरहरू समर्थन नगर्ने तथा त्रुटिहरू आउने गरेकोले यस ढाँचालाई अद्यतन गर्न आवश्यक छ। यसैको अद्यतनको लागि मैँले अहिले खेस्रामा काम गरिरहेको छु। यस ढाँचालाई अद्यतन गर्दा यससँग सम्बन्धित ढाँचा तथा मोड्युलहरू समेत अद्यतन गर्नुपर्ने भएकोले यसलाई नियमित मर्मतसम्भार अन्तर्गत राखी आज राति ४ अप्रिल २०२० को राति ९ बजे (नेपाल समय) देखि ११ बजे (नेपाल समय) सम्म उक्त ढाँचा अद्यतन गर्ने कार्यतालिका रहेको हुँदा सो ढाँचा वा सो सँग सम्बन्धित ढाँचाहरूलाई प्रदर्शित गर्दा केही समस्या आउनसक्ने जानकारी गराउँदछु। तत्पश्चात् कुनै समस्या वा त्रुटि देखिएमा यहाँ टिप्पणी गरी जानकारी गराउनको लागि सबैलाई आग्रह समेत गर्दछु।--Nirajan pant (कुरा गर्ने) १२:१४, ३० अप्रिल २०२० (नेपाली समय)

विकिपिडिया:ट्विङ्कल उपकरण मर्मत गर्नुपर्ने सम्बन्धमा[सम्पादन गर्ने]

यस विकिपिडियामा स्थापना गरिएको ट्विङ्कल उपकरणको केही आवश्यक सह-उपकरणहरू काम गर्न छाडिसकेकोले यसलाई मर्मत गर्नुपर्ने आवश्यकता रहेको छ। यस उपकरणलाई मर्मतसम्भार गर्दा सो समयावधिमा यो उपकरण असक्षम पनि हुनसक्छ। प्राविधिक पक्षको काम तथा उपकरणको सामग्रीलाई नेपालीकरण गर्न समय लाग्ने भएतापनि यसलाई छिट्टै मर्मत गर्ने जानकारी गराउँदछु। उपकरणको सामग्रीलाई नेपालीकरण गर्ने काममा सहयोग गर्न सबै प्रबन्धक तथा अन्तरमोहडा सम्पादकलाई आग्रह समेत गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:३५, २८ मे २०२० (नेपाली समय)