प्रवन्धक अधिकारको समबन्धमा कुनै एक नीति नरहेको हुनाले म यो नीति प्रस्ताव गर्दैछु । नेपाली विकिपिडियामा प्रवन्धक पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यकता देखिएको छ :-
माथि उल्लेखित विषयमा छलफल पश्चात प्रवन्धक अधिकार तथा प्रवन्धक अधिकार मतदान गर्ने नीति यस प्रकार हुनेछ ।
वास्तवमा प्रबन्धक निष्क्रिय बस्नु नहुने हाे, तर अाफ्नाे काबु बाहिरकाे परिस्थितिले गर्दा निष्क्रिय रहेकाे हाे भने त्यसमा विचार पुर्याउनु पर्छ हाेला ।
काेमलप्रसाद पाेखरेल १२:०९, २९ मार्च २०१५ (युटिसी(UTC))
Hi! July 11, 2015 will be the 20th anniversary of the fall of Srebrenica, but your Wikipedia does not have an article on this topic yet. Please help translate my text Fall of Srebrenica and Žepa and write a honest article about Srebrenica! 20 anniversarier (कुरा गर्ने) ०५:००, १९ अप्रिल २०१५ (युटिसी(UTC))
आज मिति २०७४ बैशाख १६ गते नेपालका विकिमिडियनहरूको सिद्धार्थ कटेज काठमाडौँमा
बसेको बैठकले विकिमिडियन्स अफ नेपाल प्रयोगकर्ता समूहलाई पुनः सम्बन्धन गराउनको
लागि प्रस्ताव गर्ने विषयमा सहमति गरेको छ । नेपालका उदयिमान् भाषाहरू र समूदायहरूको लागि
केन्द्र बन्ने लक्ष्य लिएर यस समूहलाई अगाडि लिएर जाने विषयमा निम्नलिखित नामावली सहित
नयाँ कार्यसमितिको प्रस्ताव गरिएको व्यहोरा पनि जानकारी गराउन चाहन्छौँ ।
यसका साथै पाँच सदस्यीय सल्लाहकार समिति पनि रहने विषयमा पनि छलफल भएको छ। उपर्युक्त प्रस्ताव
माथि छलफलका लागि यहाँहरूको सहभागीताको लागि हार्दिक आह्वान गरिएको छ ।
नेपाली विकिपिडिया सम्पादक,पाठक लगायत सम्पूर्णमा अनुरोध गर्दछौ कि १ मई २०१७ देखी एक महिना सम्म चल्ने विकि लभ्स अर्थ २०१७ नेपाल मा सहभागी भइ नेपालका राम्रा राम्रा प्राकृतिक तस्बिर लाइ अपलोड गरी महिना भरि चल्ने यस प्रतियोगितामा समेत भाग लिन अनुरोध गर्दछु, --PANKAJ DEO (कुरा गर्ने)
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सामुदायिक छलफलको आधारमा प्रस्तावित नीतिलाई यस विकिपिडियाको आधिकारिक नीतिको रूपमा लागु गर्ने निर्णय गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२१, ६ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
नमस्ते विकी मित्रहरू,
यस नीति सम्बन्धि पृष्ठमा प्रस्ताव गरिएका बुँदाहरूलाई अध्ययन गरि कृप्या आफ्नो धारणा व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:२८, १० अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन
- समर्थन- Saroj Uprety (कुरा गर्ने) ११:२४, १८ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- समर्थन- - :) लर्नरktm १५:१८, १८ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- समर्थन- - nShrestha १६:३४, १८ अप्रिल २०२० (नेपाली समय)
- समर्थन, सही छ। — तुलसी भगत [ योगदान | वार्ता ] १६:४२, १८ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- मेरो समर्थन छ।- Pitambar Bhattarai (कुरा गर्ने) १९:११, १९ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- समर्थन-- BRP ever १२:५६, २४ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- समर्थन-- Janak Bhatta (कुरा गर्ने) २०:४०, २५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
विरोध
छलफल
- शीर्षक सम्बन्धि नितिमा मेरो टिप्पणी
माथी प्रस्तुत गरिएको प्रस्तावित नितिको एउटा बुँदा बहेक अरु सबै स्वीकार योग्य छन्
विदेशी नाम तथा नेपालीकरण
- विश्वका बढी प्रचलित भाषाहरूको अध्ययनबाट खुल्न आएको तथ्य
ट, ड भन्ने बर्ण नहुने भाषाहरू- फारसी, रूसी, अरबी, फँसेली, इतालीयाली, नेदरलन्दी, मिस्री अरबी, पुर्तुगाली र स्पेनी आदी
ا = अलिफ (अ), ف = फ्याह्अ (फ), غ = घइन (घ), ا = आकार (ा), ن = नुन (न), س = सिन (स्), ت = त्याह्अ (त), ا = अलिफ (ा) , ن ( = नुन (न
افغانستان = अफघानस्तान
प्रमाणित हुन्छ भने अफघानस्तान हो नकी अफगानिस्तान, संस्कृत भाषाको स्थान र फारसी भाषाको स्तान भन्ने शब्द एउटै हो यसको प्रयोग भएको (पाकिस्तान, कजाख्स्तान, आदि) ल हेरुम त सञ्चार माध्यम र सरकारको हरिविजोग।
त्यस्तै इस्लामाबाद भन्नेमा पनि अलिफ मद्दाह भएका कारण इस्लामआबाद भएको हो। यी सबै कुरा भाषाको अध्ययन पछि खुल्न आएका कुराहरू हुन् जसमा फारसी, उर्दू, अरबी, मिस्री अरबी समावेश छन्।
- नेपाली सञ्चार मध्यम तथा पत्र पत्रिकालाई आधारित बनाएर गैर अङ्ग्रेजी भाषाको कुनै पनि शीर्षक निर्माण हुन्छ भने त्यसको वास्तविकता नबुझी हामी त्यही अनुसरण गर्दछौँ जो निकै घातक सावित हुन्छ। नेपाली सञ्चार माध्यमहरूले गैर अङ्ग्रेजी भाषाहरूको नाममा अङ्ग्रेजी अनुसार निर्धारण गर्छन् जुन तथ्य अनुसन्धानबाट खुल्न आएको छ। हुँदै नभएको नाम न्वारान गर्ने अधिकार कस्ले दिन्छ यस्ता वेबसाइटहरूलाई जसको चपेटामा हामी फस्छौँ।
- अङ्ग्रेजी भाषाको हेपाहपन
फँसेली भाषामा प्रभाव
कुनै पनि शीर्षक बनाउँदा उक्त देशको मातृभाषालाई प्राथमिकता दिएको खण्डमा कुनै पनि समस्या आउँदैन।
- France = फ्रान्स तर वास्तविकतामा r भन्ने शब्दको कहिलेपनि उच्चारण हुन्न जस्तै निमोनियामा पि भन्ने शब्दको उच्चारण हुँदैन।
France = F= एफए, r = र्रे, a = आ, n = एन्ने, c = से, e = ए र हुन्छ उच्चारणमा Fance = फँस,
अङ्ग्रेजीमा जे हुन्छ सोही लेखिन्छ तर शान्त शब्द कमै हुन्छन्। Hublot फँसको कम्पनी = यसको उच्चारण हुन्छ उब्लो।
paris = s शान्त हुनेहुँदा उच्चारण पारी हुन्छ नकी पेरिस,
Latin = लातिन, भाषाको एकमात्र चन्द्रविन्दु हुने भाषा हो फँसेली।
Paris saint germain = पारी साँ जेरमाँ
Tour de france = सामान्यतया टुर डे फ्रान्स हुन्छ होला तर यो सरासर गलत छ, सही हुन्छ तुर द फँस, एक अन्तर्राष्ट्रिय प्रतियोगिता
Olympique Lyonnais = ओलाँपिक ल्योँने, lyon = ल्योँ, आदी इत्यादी
इतालियाली भाषामा प्रभाव
ट नहुदा नहुँदा पनि
Italy लाई इटाली लेख्छ अङ्ग्रेजी किनभने ट भन्ने वर्णको अभावमा
Italy = इताली, Roma लाई अङ्ग्रेजीले बिगारेर रोम लेख्छ भने लेखिराखोछ Roma = रोमा, रोमा सहरमा अवस्थित फुटबल क्लब रोमा फुटबल क्लब सोही नामबाट आएको हो।
रूसी भाषामा प्रभाव
Putin = पुतिन, नेपाली सञ्चार माध्यम पुटिन लेख्छ किनभने नेपाली सञ्चार माध्यमलाई रूसीमा ट हुन्न भन्ने थाह छैन र लेख्छ। भाषाको सम्मान गर्नु पर्छ भन्ने के थाह उनीहरूलाई। हुँदै नभएको कुरो कहाँबाट आउँछ आज सम्म बुझ्न सकिएन। लेख्ने ले त लेख्यो ल तर किन सोही हावादारी नाम अनुसरण गर्छौ हामी, किन?
राजधानीको नाम बदलेर अमेरिकाले मस्कभालाई मस्को बनाउँछ। अनि हामी सोही अमेरिकाले जे गर्यो सोही गर्न बाध्य हुन्छौँ यस्तो किन? कुनै पनि देशको स्थानको नाम अङ्ग्रेजीले न्वारान गर्ने हो? तर अङ्ग्रेजी यहाँ किन चुक्यो, अब हामीले पक्कै पनि मस्कोको मस्को नदी लेख्छौँ। मेरो मनोविश्लेषण सोही भनिराछ। दिनरात अङ्ग्रेजीले नाम त फेर्यो फेरिराखोछ तर सञ्चार माध्यम सोही अनुसरण गर्छन् अनि हामी सोही गलत कुरा पढेर रूसको राजधानी के हो भन्दा सबैभन्दा पहिला मस्को भनेर गर्व गर्छौँ कि मैले उत्तर सबैभन्दा चाँडो मिलाएँ। Ros Telecom रूसको बहुप्रतिष्ठित दूरसञ्चार कम्पनी हो। यसो झट्ट हेर्दा अङ्ग्रेजी भाषाको चपेटामा परेका हामीले यसलाई रोस टेलिकम भन्नु कुनै नौलो कुरा भएन। रूसी भाषा माथि धेरै लिप्यन्तरण अङ्ग्रेजीले आफुलाई सजिलो हुने खाले बनाएको छ मातृभाषालाई कुनै पर्वाह नगरिकन। यसको शुद्ध उच्चारण रोस तिलिकोम हुन्छ, किनभने ट हुँदैन।
हुँदै नभएको नाम न्वारान गर्ने अङ्ग्रेजीले यसमा यसमा सिमा पार गर्दै हामीले नाम फेर्यौ र भन्यो सक्छौ भने तिमीहरूले हामीले भनेको नमान सक्छौ कहिल्यै। लेभ तल्सतोय अचानक लियो टोस्टाय हुन पुग्यो अङ्ग्रेजीहरू गर्व गर्छन्। लेभ कसरी लियो भयो त कसरी त भयो? हेप्नुको पनि कुनै सीमा हुन्छनी भन्या। हेप्नुको पनि पराकाष्ठा गर्ने?
जोसेफ स्टालिन कसरी हुन्छ जहाँ ट भन्ने वर्ण हुँदैन। जोसेफ स्तालिन गर्वका साथ रूसी नागरिक थिए र हामी गर्वका साथ नेपाली नागरिक हौँ।
साङ्क्त पितेरबुर्ग कसरी सेन्ट पिटर्सबर्ग हुन पुग्यो। कारण अङ्ग्रेजीको दबदबा
अरबी भाषामा प्रभाव
छ,ट, ड, भ, च, प, ढ, ण, ङ, ग, ञ, ठ, ऋ, ऐ, ओ, औ जस्ता वर्णहरूको अभावमा पनि उच्च स्थानमा रहेको मध्य पूर्वको आधिकारिक भाषा हो अरबी।
ै,ो,े यस्ता प्रकारका सङ्केत नभए पनि भाषा कति महान छ। नेपाल = निबाल, विकिपिडिया = विकिबिदिया, रोमनिया = रुमनिया,
सञ्चार माध्यम इमिरेट्स किन लेख्छन् भनेको त अङ्ग्रेजी प्रति पूर्णरूपमा समर्पित भएर रहेछ वा भनम् घुँडो मुण्टो टेकेर। जबकी ट भन्ने वर्ण नै छैन। الإمارات = इमारात,अङ्ग्रेजी पनि हसाउँछ इमराती, घरि इमिरेट्स अरे घरि इमारात, बासिन्दाको नाम त इमिरेट्सटी हुनु पर्ने ठाउँमा इमाराती अरे।
लेबनान कसरी े हुन्न भने कसरी लेबनान, कसरी कसैले मलाई बताउँछ?
कुवेत कसरी, दुबई कसरी, कतार कसरी, इजरायल कसरी, सिरिया कसरी, कसरी कसरी???
अङ्ग्रेजीले अरबीमा i आउने ठाउँमा ई लेखेछ जगै हसाउँछ। हुनुपर्ने हो "य" तर ई लेख्छ भन्दा पनि भन्छ भनौँ। केट्केटी भाँडाकुँडी खेल्न अाए जस्तो कुरा।
सहि नाम
सिरिया = सुरिया, दुबई = दुबय, कतार = कतर, कुवेत = कुवयत, बहराइन = बहरयन, अबु धाबी = अबु धबी, दोहा (ो हुन्न कदापि हुन्न) भने दोहा कसरी, दोहा = दवह, लेबनान = लुबनान, जोर्डन माथि त अझै माथिल्लो स्तरको पण्डित्याई लागू भयो (ो र ड, हुन्न भनेर कति भन्नि),
जोर्डन = उर्दुन, चाड अरे च र ड काही हुन्छ अरबीमा तशदलाई चाड अरे, सुदान लाई सुडान अरे, मिस्रलाई इजिप्ट अरे, तुनिसियालाई ट्युनिसिया अरे, इजरायल = इस्रायल। Haidar लाई सामान्यतया नेपालीहरू कुरै नबुझी हैदर भन्ने गर्छन्, नभनुन पनि कसरी अङ्ग्रेजी, हिन्दी बाहेक अरू भाषा नजान्नेले अङ्ग्रेजीमा य भनेको i र y हो भने यसका पनि i भनेको य हो यानिकी हयदर।
अरबी भाषामा बर्णको अभाव छ र सोही अभावका बाबजुद पनि भाषा शक्तिशाली छ। शक्तिशाली भाषा अरबी माथी अङ्ग्रेजी लाद्ने चलन कस्ले चलायो?
स्पेनी र पुर्तुगाली भाषामा प्रभाव
Barcelona दिन दाहाडे बार्सिलोना हुन पुग्छ, madrid = म्याड्रिड हुन पुग्छ, Argentina अर्जेन्टिना हुन पुग्छ, Brasil ब्राजिल हुन पुग्छ cristano ronaldo क्रिस्टियानो रोनाल्डो हुन पुग्छ।
नाम राख्नुलाई हामी न्वारान भन्छौँ अङ्ग्रेजीले सोही कर्तव्य निभाएको छ।
deutschland = दोयच्सलान्द वा जर्मनीले हाम्रो देश बाहेक हामीलाई जर्मनी भनेर चिन्नु भनेको छ। स्वीडेन = स्भारिया, क्रोएसिया = र्रेपब्लिक आह्रराभास्तस्का, अस्ट्रिया = ओइत्सतोराइच्स, ले भनिसके की हामी हाम्रो देश बाहिर सोही नाम ले चिन्नु। तर Argentina ले भनेको छ, Brasilले भनेको छ, Mexico, Chile ले भनेको छ? लिपी एउटै भयो भन्दैमा उच्चारणमा नै अङ्ग्रेजी लाद्ने? यसको जवाफ नत सरकारसँग छ नत हामीसँग नत सञ्चार माध्यमसँग।
Argentina = आर्हेन्तिना, Brasil = ब्राजिउ, Mexico = मेखिको, Chile = चिले, Uruguay = उरुवाई, Venezuala = भेनेसुएला, पारावाई, आदी इत्यादी
यदी भनेको छ भने मलाई तु सम्पर्क गर्नुस्।
स्भेन्स्का वा स्वीडेनीमा प्रभाव
( ट र ड नभएको अर्को भाषा)
Greta thunberg किन ग्रेटा थनबर्गको रूपमा सृजना हुन्छ भनेको त अङ्ग्रेजी र सञ्चार माध्यमले गर्दा पो रहेछ। ग्रेता थुनबर्गलाई किन ग्रेटा थनबर्ग भन्ने, Stockholm किन स्टकहोम हुन्छ भनेको सेही रहेछ कारण, Finland कसरी हुन्छ फिनल्यान्ड, Land भनेको अङ्ग्रेजी बाहेक सबै भाषामा लान्द हो भन्ने बुझाउन म किन सकिराछैन पक्कै पनि सञ्चार माध्यम माथिको निर्भरताले होला। फिनलान्द, नेदरलान्द, आदी
हिन्दी भाषामा प्रभाव
हिन्दी भाषामा पनि अङ्ग्रेजीको प्रभाव देखियो। नयाँ दिल्ली लाई न्यु डेल्ही, कलकत्तालाई कलकाटा, दार्जिलिङ लाई डार्जिलिङ, यो ट र ड सँग अङ्ग्रेजी किन सकस गर्छ?
यदि मैले माथि लेखेको हावादारी लाग्यो र प्रमाणित गर्नु पर्छ जस्तो लाग्यो भने मलाई तत्काल सम्पर्क गर्नुहोस्।
नेपाली तथा संस्कृत भाषासँगको अङ्ग्रेजीको सकस
योग भन्ने शब्द हाम्रो संस्कृत भाषाको वा हिन्दुहरूको भाषा हो जसलाई दिनदाहडे योगा बनाइन्छ र सञ्चार माध्यम तथा दूरदर्शनमा पनि सोही लेखिन्छ। Telecom लाई दूरसञ्चार भन्ने अनि television लाई दूरदर्शन भन्न किन डराउने। नेपाल निफल हुन्छ र सोही भन्न लगाइन्छ, लेख्न चैँ Nepal नै लेख्छन् तर उच्चारण निकै भिन्द। pneunomia लाई चाही पिनिमोनिया नभनि कन निमोनिया भन्ने अनि उल्टै सिकाउने पि शान्त हुन्छ अङ्ग्रेजीमा भनेर अनि Paris मा अार शान्त हुन्छ भन्दा किन नटेर्ने हामी वा सञ्चार माध्यम?? यसमा दोष कसको?
यसलाई हामी के भन्छौ। अङ्ग्रेजी जान्ने उर्दू नजान्ने भएकाले यसलाई हामी पक्कै पनि सुक्कुर भन्छौँ होला सायद। तर विडम्बना यसको शीर्षक सुक्कुर हुँदैन। ननै सुख्खुर हुन्छ।
अन्त्यमा मैले अङ्ग्रेजी भाषालाई दोषारोपण गर्न खोजेको होइन, मात्रै सही र गलत छुट्याउँदै छु। प्रचलित छ भन्दैमा कागले कान लयो भनेर कागको पछाडि चैँ म नदौडिने खाले परेँ। जिम्मेवारी भाषा प्रेमीहरू यस्ता कुरा हरू अाँ गर्ने वित्तिकै बुझ्छन्। मैले भन्न नपर्ने हो। गलतलाई सही र सहीलाई गलत भनेता पनि म यो कुरा कदापि मान्न तयार छैन। मैले यो सबैलाई बुझाउनु भन्दा पहिला मैले भाषा पढाउनु पर्छ जसले गर्दा स्वयंले कुन गलत कुन सही पत्ता लगाउन सक्छन्।
मलाई ज्ञान भएको लिपी
- देवनागरी (पूर्णतया)
- नस्तालिक (अरबी, उर्दू, फारसी) पूर्णतया
- तालिन (अङ्ग्रेजी बाहेक)
- रूसी
- तिरहुता (पूर्णतया)
अरू भाषा माथिको मेरो अध्ययन जारी छ। पर्वत सुबेदी (कुरा गर्ने) १२:५८, ८ वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
- पर्वत सुबेदी ज्यू, टिप्पणीको लागि धन्यवाद। तपाईँले माथि औल्याउनुभएका बुँदाहरू अध्ययन गर्दा मैले विश्वका विभिन्न भाषामा अङ्ग्रेजी भाषाको प्रभाव, नेपाली सञ्चार माध्यमले गैर अङ्ग्रेजी भाषी शब्दलाई अङ्ग्रेजी भाषामा राखेको तथ्य सम्बन्धमा तथा विभिन्न भाषामा शब्दहरूको सही उच्चारण जान्ने अवसर पाए तर उपरोक्त बुँदाहरूले हामीले विदेशी नामलाई नेपालीमा कसरी अनुवाद गर्ने भन्ने विषयमा निर्णय गर्दा कुन नियम, सिद्धान्त र परिपाटीलाई अवलम्बन गर्ने भन्ने विषयमा जानकारी छुटेको वा नरहेको बुझियो। विदेशी नामलाई नेपाली भाषामा कसरी उल्था गरि प्रयोग गर्ने त्यस सम्बन्धमा सहजतापूर्वक जानकारीसहित प्रकाश पारिदिनहुन अनुरोध गर्दछु।
धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:५५, २३ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- @Biplab Anand:, नेपालका सञ्चार माध्यमहरूले हामीलाई अङ्ग्रेजी उच्चारणहरूको सिकाउँदै सोही अनुरूपले उच्चारण गर्न बाध्य पारेको वा बन्धक बनाएको मैलै प्रमाणित गरिसके। अङ्ग्रेजी प्रयोगकर्ता देशहरूको नाम सम्बन्धमा त कुनै समस्या छैन तर अङ्ग्रेजी भाषा प्रयोग नगर्ने देशहरू जस्तै (फँस, इताली, मेखिको, पारावाई, आर्हेन्तिना) लगायतका देशहरूको सम्बन्धमा
मेरो धारणा
- यो पृष्ठमा आपेए यस्तो "naɪəl ˈhɒrən" देखिन्छ जुन अङ्ग्रेजी भाषा अनुसार हो र यिनी पनि अङ्ग्रेजीनै हुन्। यस प्रकारका उच्चारणहरूले अङ्ग्रेजी भाषा बुझ्ने प्रयोगकर्ताहरूले यसको उच्चारण सजिलैसँग गर्न सक्छन्।
- गैर अङ्ग्रेजी भाषाको शीर्षक निर्धारणमा سعد لمجرد, यसलाई अङ्ग्रेजी Saad Lamjarred लेख्छ। यसको सही शीर्षक के हुन्छ त्यो मलाई मात्र थाह छ किनकी मलाई अरबी भाषा आउँछ।
- लातिन अमेरिकी देशहरूको शीर्षक सम्बन्धमा लगभग सबै खण्डमा ट र ड प्रयोग नगर्ने किनकी ट र ड भन्ने नै हुँदै हुँदैन।
- भाषाको शीर्षक श्रव्य दृश्य/श्रव्य मार्फत निर्धारण गर्ने। उदाहरण यो, यो
- जापान, चीन, मकाउ, हङकङ लगायतका क्षेत्रहरूमा यो, यो प्रयोग गर्ने वा चिनियाँ श्रव्य दृश्य साझेदारी सेवाहरूको उच्चारण सुन्ने।
- रूसी, युक्रेनी, बेलारूस, तुर्की भएमा यसको मद्दत लिने वा मलाई सम्पर्क गर्ने।
- तिरहुता र नस्तालिक लिपीका भाषाका लागि मलाई सम्पर्क गर्ने वा पृष्ठ निर्माण भएपछि मैले हिज्जे जाँच गर्छु।
- शब्दको उत्पत्तिमा विशेष ध्यान दिने, उदाहरण - द्वीपहरूको मालामा द्वीप भन्ने शब्द वा हाम्रो हिन्दु धर्मको भाषा संस्कृतबाट आएको हो, माला भनेको हामी सबैले बुझ्छौँ। यही शब्दको निर्माणबाट द्वीपहरूको माला वा मालाद्वीपः भन्ने एसियाली राष्ट्रको नाम सृजना भएको थियो। तर, एकछिन अङ्ग्रेजी पुन देखा पर्यो। र हाम्रो (नेपालीहरू मात्रको) दिमागमा यस्तो पूर्णतया घुसार गयो, हामीले सिकेको त्यही हो?? मातृभाषालाई लात हान्नु??
- अङ्ग्रेजी भाषाको आपेए जान्नेले अरू भाषा माथी अङ्ग्रेजीको हैकम नजमाउने।
- अङ्ग्रेजी, भोजपुरी, मैथिली, नेपाली र हिन्दी मात्र बुझ्ने अरू नबुझ्ने प्रयोगकर्ताहरूले कमन्समा उर्ध्वभरण गरिएका शीर्षक सम्बन्धित लेखलाई विशेष प्राथमिकता दिने।
- सम्भव भएसम्म अन्तर्राष्ट्रिय गैर अङ्ग्रेजी भाषी प्रयोगकर्तासँग वार्ता गर्ने
- ए लिपी त एउटै रहेछ, अब उच्चारण पनि एउटै त हुन्छ नि भन्ने गतल घारणा त्याग्ने। स्पेनी a = आ, b = बे, c = से, d = दे, j = ह् आदि त्यही भएर हुन्छ jea = हेया
- जस्तै उदाहरण Paris देख्नेबित्तिकै कुन भाषा अनुसार भनेर आफूले आफैलाई सोधेर हेर्ने।
अन्त्यमा
म अरू व्यक्ति वा सञ्चार माध्यम जस्तो भएको भए मैले Tour de France लाई नेपालको अति लोकप्रिय वा प्रतिष्ठितले जस्तो टुर डे फ्रान्स नै लेख्थेँ होला। तर भाषा बुझ्ने वा जान्नेले त्यस्तो गर्नबाट मलाई सधैँ अन्तरआत्माले रोकिरहन्छ। एउटा भाषाले अर्को भाषालाई किन हेप्ने भन्ने मेरो मनमा सधै रहन्छ। - पर्वत सुबेदी (कुरा गर्ने) ३:४८, ११ वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
- पहिलो कुरा विकिपिडिया पाठकको लागि हो न कि लेखकको लागि। यसमा त्यही विषयवस्तु वा शीर्षकलाई महत्व दिइन्छ जुन पाठक वर्गले बुझेका हुन्छन् वा बुझ्न सकून्। नेपालीभाषीहरूले फ्रान्स, पेरिस भनेर यी ठाउँहरूलाई चिनेका वा बुझेका छन्। अब भन्नुस् नेपाली विकिपिडियामा यी ठाउँहरूको नाम कोही पाठकले खोज्नुपर्यो भने के भनेर खोज्ने? फाँस, पास?? के यी शब्दावलीलाई पाठकले चिन्छन्? के यसरी लेखहरू निर्माण गर्दा वा शीर्षकहरू राख्दा हामीले पाठकलाई सहज हुने गरी राखेको तपाईँलाई लाग्छ? गैर अङ्ग्रेजी भाषाको शीर्षक निर्धारण गर्दा पहिलो प्राथमिकता नेपाली भाषामा त्यसको प्रयोग यदि हालसम्म नेपाली भाषामा प्रयोग छैन् भने अन्तरराष्ट्रिय भाषा भएकाले अङ्ग्रेजी भाषामा त्यसको प्रयोगलाई सन्दर्भको रूपमा लिनुपर्छ। किनकि नेपालीभाषीले नेपाली भाषा पछि सन्दर्भको रूपमा हेर्ने भनेकै अङ्ग्रेजी भाषामा रहेको सामग्री हो। र यीनै माध्यमबाट नयाँ शीर्षकहरू वा ठाउँको नामहरू नेपाली भाषाका पाठकहरूले थाहा पाइरहेका हुन्छन्। यसलाई नकार्न सकिँदैन्।
- नेपाली विकिपिडियाको हरेक पाठक वा सम्पादकले ७००० बढी भाषाको ज्ञान राख्छ भन्ने छैन्। तपाईँले केही भाषाको ज्ञान राख्नुहुन्छ त्यो अपवाद हो। त्यसैलाई आधार बनाएर लाखौंले प्रयोग गर्दै आएको शब्दलाई गलत शीर्षक भनेर भन्न मिल्दैन। तद्भव र आगन्तुक शब्दको बारेमा थाहा नै छ होला। यदि यसलाई नस्वीकार्ने हो भने - 'दूध'लाई 'दुग्ध' नै लेखौं, 'लालटीन'लाई 'ल्याटर्न' नै लेखौं।
- लातिन अमेरिकी देशहरूको शीर्षक सम्बन्धमा लगभग सबै खण्डमा ट र ड प्रयोग नगर्ने भन्नुभयो। ठीक छ। के ती देशहरूमा बोलिने भाषामा 'ट' र 'ड' अक्षर आउने विदेशी शीर्षकहरूमा 'ट' र 'ड' यथावत लेखिन्छ? जस्तै - डोनाल्ड ट्रम्प, डोको, डोटी जिल्ला, डाँफे, डकडकगो, टेलिग्राम (सफ्टवेयर) इत्यादि।
- जापान, चीन, मकाउ, हङकङ लगायतका क्षेत्रहरूमा यो प्रयोग गरेर शीर्षक थाहा पाउने अनि मात्र नेपाली विकिपिडियामा खोज्ने? के यो सही हुन्छ? कि मलाई थाहा भएको वा मेरो वरिपरि समाजमा प्रयोग भइरहेको शब्दावलीको प्रयोग गरी नेपाली विकिपिडियामा खोज्न सजिलो हुन्छ? तपाईं आफैँ भन्नुस्। त्यति लम्बाचौडा गरेर मैँले विकिपिडियाको किन प्रयोग गर्ने? अरू ठाउँ प्रशस्तै छन्।
- कुनै शीर्षक सही छ वा गलत भन्नको लागि तपाईँलाई किन सम्पर्क गर्ने, के तपाईँ नेपाली भाषाको शब्दकोष प्रमाणित गर्ने व्यक्ति हो? अनि अर्को कुरा सबै सम्पादकले तपाईँलाई चिनेको छ भन्ने पनि कुनै ग्यारन्टी छैन्। लेख, किताब, अनुसन्धानात्मक प्रकाशन, समाचार जस्ता प्राथमिक वा अन्य प्रकाशित स्रोतलाई मात्र विकिपिडिया सन्दर्भको रूपमा प्रयोग गर्न सकिन्छ र गर्नुपर्छ न कि कुनै एक व्यक्तिको स्वविवेकलाई।
- सम्भव भएसम्म अन्तर्राष्ट्रिय गैर अङ्ग्रेजी भाषी प्रयोगकर्तासँग वार्ता गर्ने। यो के भन्न खोज्नुभएको हो? के अङ्ग्रेजीभाषी प्रयोगकर्ता विकिपिडियाको सम्पादक हुन सक्दैन? तपाईँ आफैँले यहाँ कुनै एउटा भाषालाई भेदभावको दृष्टिले हेर्दै हुनुहुन्छ। अति समानताको कुरा पनि गर्नुहुन्छ। कुरा कसरी मिल्यो?
- अङ्ग्रेजी, भोजपुरी, मैथिली, नेपाली र हिन्दी मात्र बुझ्ने अरू नबुझ्ने प्रयोगकर्ताहरूले कमन्समा उर्ध्वभरण गरिएका शीर्षक सम्बन्धित लेखलाई विशेष प्राथमिकता दिने। यसलाई प्रष्ट्याइदिनुहोला।
--Nirajan pant (कुरा गर्ने) ११:३६, २४ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- उत्तर
- नेपालमा पारीलाई पेरिस भन्छन्। यस्ता विभिन्न देशहरूको ठाउँलाई अत्यावश्यक वा चिन्नै सकिने खणडमा अनुप्रेषण गरि पहुँच योग्य बनाउने।
- अङ्ग्रेजी भाषालाई नेपाली भाषासँग तुलना गर्न बन्द गर्ने।
- प्रमाणित भइसकेपछि गलत र सही स्वत छुट्टिन्छ।
- नेपाल शब्द हुँदा हुँदै आगन्तुक शब्दमा ध्यान केन्द्रित नगर्ने।
- लातिन अमेरिकी देशहरूको शीर्षक सम्बन्धमा लगभग सबै खण्डमा ट र ड प्रयोग नगर्ने भन्नुभयो। ठीक छ। के ती देशहरूमा बोलिने भाषामा 'ट' र 'ड' अक्षर आउने विदेशी शीर्षकहरूमा 'ट' र 'ड' यथावत लेखिन्छ? जस्तै - डोनाल्ड ट्रम्प, डोको, डोटी जिल्ला, डाँफे, डकडकगो, टेलिग्राम (सफ्टवेयर) इत्यादि।
- नेपाली भाषामा द्याल भन्ने अरबी वर्णको उच्चारण नभए जसरी तालिन अमेरिकामा ट र डको उच्चारण हुँदैन। उदाहरण दकदकगो, दोती
- जापान, चीन, मकाउ, हङकङ लगायतका क्षेत्रहरूको शीर्षक बनाउदा यसको उच्चारण सुनेर नयाँ ले ख सुरु गर्ने भनेको यहाँ गलत बुझाई भएछ। सुनेर खोज्ने होइन,
- मैले जानेको भाषाको शीर्षक बनाउदा मलाई सम्पर्क गरेर यथार्थ बुझ्ने सञ्चार माध्यमको गलत शीर्षकको पछाडि नलाग्ने वा पछि मैले गस्ती गर्छु सही र गलत।
- नेपालीको लागि नेपालीसँगै र स्पेनीको लागि स्पेनीसँगै वार्ता बढाउने प्रयास गर्ने, अरबीको लागि अङ्ग्रेजी वा नेपालीसँग शीर्षकको विषयमा छलफल नगर्ने।
- सही उच्चारणका लागि मातृभाषीको उच्चारण नै सुन्ने मैले ति त्यही गर्छु। धेरै जस शीर्षकको छेउमै हुन्छ श्रवण सामग्री।
- भाषालाई भेदभाव नगर्ने -पर्वत सुबेदी (कुरा गर्ने) २:१४, ११ वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
- मेरो प्रश्नको उत्तर पूर्ण रूपमा नआएको मैँले महसुस गरेँ। उत्तर नआएको केही बुँदाहरू पुनः दोहोर्याएँ
- विकिपिडिया पाठकको लागि हो लेखकको लागि होइन। त फेरि हामीले पाठकले चिन्ने नामलाई हटाई जबरजस्ती अर्को नाम किन लाद्ने?
- लेख र सन्दर्भको सम्बन्ध।
थप
- (६) मा तपाईँले भन्नु भए जस्तै जसरी ती भाषामा ट र ड त र द मा फेरिए त्यसरी नै विदेशी भाषाका शब्दहरू नेपाली भाषामा प्रयोग गर्दा पनि उच्चारण सहजताको लागि त, थ, र द भन्दा ट, ठ र ड लाई प्राथमिकका दिइन्छ। जस्तै भक्तपुरमा रहेको एउटा शहरको नाम नेवारीमा 'थिमि' हो भने त्यसलाई नेपालीमा 'ठिमी' भन्छन्। किन?
- (९) कुनै पनि शीर्षकलाई यही नाम हो भनी टुङ्गो लगाउनको लागि त्यसको मातृभाषा मात्र होइन अन्तरराष्ट्रिय रूपमा त्यसको प्रयोगको चलनलाई हेर्नु पर्छ। उदाहरणको लागि संसारको उचो हिमाललाई नेपालीमा हामीले सगरमाथा भन्छौँ तर अरू देशले के भन्छन्? यसको उत्तर तपाईँ आफैँ खोज्नुस्। १७६ विकिपिडियामा यसको लेख रहेकोमा कतिमा सगरमाथा लेखिएको छ पत्ता लगाउनुस्। सगरमाथा नलेखेर अरू नाम लेखिएका विकिपिडियामा सगरमाथा भनी शीर्षक परिवर्तन गराएर देखाउनुहोस्। अनि तपाईँको सोच सही सिद्ध हुनेछ।
- (१०) सबै भाषाको लागि सबै शब्दको मातृभाषा उच्चारण उपलब्ध नहुन सक्छ।--Nirajan pant (कुरा गर्ने) १६:४४, २४ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- सहजताको लागि फेरिनु र आधिकारिक उच्चारणमा ध्यान दिनु अलग कुरा हो। थिमीलाई यहाँ सहजता लागि ठिमी भनिन्छ। तर, ट , ड नभएका लिपी वा भाषाको कुरा गर्दा उनीहरूलाई चोट नपुग्ने हिसाबले शीर्षक निर्धारण हुनु पर्छ। उदाहरणका लागि, Gal gadot लाई सहजता वा अङ्ग्रेजीको अनुसार उच्चारण गर्नु र आधिकारिक उच्चारण अनुसार गर्नमा फरक पर्छ, यस्ता धेरै दृष्टान्तहरू छन्। ट र ड नभएको भाषाहरूलाई ध्यान दिएर शीर्षक निर्धारण गरेमा कुनै समस्या आउँदैन। सहजताका लागि भन्दैमा ट र ड नहुने ठाउँमा अङ्ग्रेजीले उच्चारण गर्यो भन्दैमा ट र ड राखिनु हुँदैन। उदाहरण त भन्ने वर्ण नभएर अङ्ग्रेजी ट लेख्छ (टर्की = तुर्की), अङ्ग्रेजीमा त हुँदैन तर हाम्रोमा त हुन्छ। T देख्दैमा Telia कहिल्यै टेलिया हुँदैन। किनभने स्वीडेनी भाषामा ट हुँदैन। ट र ड धेरै भाषामा नहुँदा यसलाई राम्रोसँग अध्ययन गरेर मात्र शीर्षक निकाल्ने हो। ट र ड त र द मा फेरिएका होइनन् ट र ड को अस्तित्व नभएको हो तालिन अमेरिकी भाषामा। क्षेत्रीय भाषा भन्दा राष्ट्रिय भाषामा जोड दिएको देखिन्छ।
- विकिपिडिया पाठकका लागि पनि भएको हुँदा लेखकले शीर्षक निर्धारणमा ध्यान दिनु पर्छ। उदाहरण, पाठकले कतार बुझ्छन् भन्दैमा قطر कतरलाई वा अबु धबीलाई अबु धाबी लेख्नु उपयुक्त छैन। प्रमाणित भइसके पछि, गलत शीर्षक लेखिरहेका सञ्चार माध्यमहरू माथि भर पर्नु ठिक होइन।
- दुई वा सो भन्दा बढी आधिकारिक शीर्षक भएका कारण यस्तो समस्या देखिन्छ। उदाहरण (अङ्ग्रेजी = क्यानडा, फँसेली = कानादा), दुई वा सो भन्दा बढी आधिकारिक नाम भएको सगरमाथा (तिब्बती= ཇོ་མོ་གླང་མ, चिनियाँ = 珠穆朗玛, नेपाली = सगरमाथा), बढी प्रचलित भएता पनि किन चिनियाँ माउन्टे एभरेष्ट लेख्दैन? दुई वा सो भन्दा आधिकारिक भाषा भएको खण्डमा बढी विकिपिडियाले लोकप्रिय माउन्ट एभरेष्ट लेखेका हुन्। तर, आधिकारिक नाममा हाम्रो पनि केही मात्रामा हक रहेको हुँदा हामी सगरमाथा भन्छौँ। सबैले कञ्चनजङ्घालाई किन अर्कै नाम नभनिकन कञ्चनजङ्घा नै भन्छन् त किनभने त्यसको नामकरणमा हाम्रो मात्र हक रह्यो वा नेपालमा मात्र उक्त हिमाल पर्छ। (थप, उदाहरण = बेल्जियमका ३ वटा राष्ट्रिय भाषा छन्, Koninkrijk België (नेदरलन्दी), Royaume de Belgique (फ्रान्सेली), Königreich Belgien (जर्मनेली) सबैले फरकफरक उच्चारण गर्छन्, त्यसैले हामीले बढी लोकप्रिय बेल्जियम छान्छौ। धेरै आधिकारिक भाषा भएको क्षेत्रको नामकरण जटिल विषय नै हो। माउन्ट एभरेष्ट लेखिरहेका लाई मैले नाम परिवर्तन गर्न लगाउनु म कुनैपनि देशको प्रमुख व्यक्ति वा भाषा आयोगको कर्मचारी होइन।
- सबै भाषाको लागि सबै शब्दको मातृभाषा उच्चारण उपलब्ध नहुन सक्छ त्यस कारण कुनै पनि श्रव्य वा श्रव्य दृश्य माध्यमको सहयोगबाट एकदमै उपयुक्त शीर्षक छनोट गर्ने हो।- पर्वत सुबेदी (कुरा गर्ने) ५:५२, १२ वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
┌────────────────────────────────────────────────────────────────────────────────────────────────────┘
विदेशी नामलाई नेपालीकरण कसरी गर्ने विषयमा पर्वत सुबेदी ज्यूले राख्नुभएको विचार उचित छ वा छैन भन्ने विषयमा बोल्नुभन्दापनि नेपाली विकिपिडियामा योगदान गर्ने प्रयोगकर्ताले विदेशी नामलाई नेपालीकरण गरि शीर्षकको रूपमा प्रयोग गर्दा पक्कै पनि भरपर्दो स्रोत (नेपाली अनलाइन सञ्चार माध्यम)लाई पछ्याउने गरेको हालसम्मको इतिहासबाट प्रस्ट देखिन्छ। कुन भाषामा कुन शब्दको प्रयोग हुन्छ वा कुन भाषामा कुन शब्दको प्रयोग हुँदैन त्यसमा तछाडमछाड गर्नुभन्दा बेस हामीले यहाँ कुन शब्दको प्रयोग गरिरहेका छौँ वा कुन शब्द बढी प्रचलित छ त्यता ध्यान दिनु उपयुक्त हुने मेरो सल्लाह छ। अरबी, स्पेनी, फ्रान्सेली, इटालियाली लगायतका विश्वका प्रमुख भाषाको आफ्नो अस्तित्व, पहिचान, विदेशी नाम प्रयोग गर्ने शैली छ त्यस्तै हाम्रो भाषाको आफ्नो समृद्धशाली इतिहास र पहिचान छ। अरबी भाषामा 'कतार'- 'कतर' होला तर नेपालीमा 'कतर' हुन्छ भन्ने कुरा मलाई लाग्दैन, भविष्यमा होला नहोला त्यो भन्न सकिन्न। वर्तमान समयानुसार हामीले नेपालभित्रका अनलाइन सञ्चार माध्यम, प्रचलित नामलाई नै अनुसरण गर्दा बेस होला भन्ने मेरो तर्क छ। यदि अझैपनि तपाईँसँग कुनै जिज्ञासा भए लेख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:३७, २४ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
यस अहिलेसम्म भएका छलफलहरू केवल प्रचलित र सञ्चार माध्यममा उल्लेखित शीर्षकहरूको हो। आधिकारिक भाषामा पारी भएतापनि प्रचलितका हिसाबले यसलाई पेरिस लेखिएको छ जसलाई सबैले स्वीकार गर्नु पर्छ तर यसको मतलब यो हैन कि आधिकारिक भाषालाई छुटाउने, त्यसैले प्रदर्शन पारी, दोएच्सलान्द, क्रिस्तिआनो रोनल्दो गर्ने र यसलाई प्रचलित नामसँग अनुप्रेषण गर्ने। तर प्रचलित शीर्षकहरू धेरै हुँदैन जस्तै फँसका, मिश्र, रूस, साउदी, इमारातका कयौँ सहर, प्रख्यात व्यक्तित्व आदि। गैर अङ्ग्रेजी भाषाका प्रचलित शीर्षक (गलत शीर्षक तर सञ्चार माध्यम, पाठ्यपुस्तक अनुसार सही) नेपाली विकिपिडियामा खासै छैन या भनौँ हजार वा मुस्किलले दुई हजार जति होलान् तर अब ती लाखौँ पृष्ठ वा शीर्षकलाई समेट्ने भनेको आखिर आधिकारिक भाषाले मात्र हो, त्यसैले अप्रचलित गैर अङ्ग्रेजी शीर्षकहरू चाँही मात्र आधिकारिक भाषाको अनुसार बनाउनु पर्छ नत्र शीर्षकहरू गलत हुन सक्छन्। उदाहरणका लागि (سعد العبد الله السالم الصباح) यसलाई कसरी लेख्ने? यसलाई मात्र आधिकारिक भाषा हेरेर वा जान्नेलाई सोधेर लेख्नुको कुनै विकल्पनै छैन तर यस्ता गैर अङ्ग्रेजी भाषी पृष्ठको निर्मण गर्दै अङ्ग्रेजीको सहायता लिनु वा अङ्ग्रेजी अनुसार बनाउनु सरासर गलत हो र मुर्खता पनि हो। धन्यवाद -हिमाल सुबेदी (कुरा गर्ने) १०:०१, २५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- @हिमाल सुबेदी: प्रस्तावित लेख शीर्षकहरू नीतिको विदेशी नाम तथा नेपालीकरण खण्डमा यही कुरा उल्लेख गरिएको छ। प्रचलित र अप्रचलित नाम यी दुई भिन्न विषय हुन्। प्रचलित (नेपाली भाषामा प्रयोगमा रहेको)को लागि त्यही नाम (मूल उच्चारण अनुसार गलत नै भए पनि) प्रयोग गर्नुपर्छ र त्यही नै सही हो। भोलि त्यस नामको प्रयोगमा परिवर्तन आएमा त्यही अनुसार शीर्षक पनि फेरिन्छ। अनि अप्रचलितको लागि लिप्यन्तरण गर्नुपर्छ र लिप्यन्तरणको लागि अङ्ग्रेजी प्रयोग गर्नुपर्छ भनेर कहीँ पनि भनिएको छैन्। हुनसक्छ अन्य लिपिको ज्ञानको अभावमा व्यक्तिले रोमनीकरण गरिएको (अङ्ग्रेजी) नामलाई सन्दर्भको रूपमा लिनसक्छ। यसरी लिप्यन्तरण गर्दा यसलाई अन्यथा मान्नु हुँदैन। तर सकेसम्म मूल उच्चारणको भाव नमर्ने गरी नेपाली जनजिब्रो सुहाउँदो नेपाली उच्चारण बनाउनुपर्छ। यो कुरा पनि यसमा उल्लेख छ। यसमा कुनै टिप्पणी भए उचित समाधान सहित भन्नुहोला।--Nirajan pant (कुरा गर्ने) १०:१९, २५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
हुनसक्छ अन्य लिपिको ज्ञानको अभावमा व्यक्तिले रोमनीकरण गरिएको (अङ्ग्रेजी) नामलाई सन्दर्भको रूपमा लिनसक्छ। यसरी लिप्यन्तरण गर्दा यसलाई अन्यथा मान्नु हुँदैन
तपाईले अहिलेसम्म यो कुरा बुझ्नु भएको रहेनछ। उदाहरणका लागि gal gadot, यस पृष्ठलाई नेपालीमा बनाउने क्रममा कसैले ग्याल ग्याडोट, कसैले गल गाडट, ग्याल गेडट, गेल गदाट, गेल गाडट आदि इत्यादि कयौँ उच्चारण गर्छन् जुन स्वभाविक हो तर यसको शीर्षक आखिर निर्धरण हुन्छ मात्र आधिकारिक उच्चारण अनुसार जसले भन्छ गाल गादोत। यस शीर्षकलाई लगभग १ महिना अगाडि मैथिली विकिपिडियामा ग्याल ग्याडट नाम राखि बनाइएको थियो तर पछि विप्लव दाइलाई यथार्थको वर्णन गरेपछि यसको शीर्षक परिवर्तन गरिएको छ।यसको इतिहास हेर्नुस्। त्यसैले गैर अङ्ग्रेजी पृष्ठको निर्माण गर्दा अङ्ग्रेजीलाई सन्दर्भ बनाउनु कदापि उचित हुँदै हैन किनकि अङ्ग्रेजीका अनुसारले गैर अङ्ग्रेजी विषयको पृष्ठ निर्माण गर्दा एउटै पृष्ठको दश थर उच्चारण आउन सक्छ र ती मध्य कुनलाई आधिकारिक मान्ने त? कि सञ्चार माध्यममा भएको भएपनि अनुप्रेषण गर्न मिल्थ्यो तर लाखौँ शीर्षकहरू यस्ता हुन्छन् जसको न नेपालमा प्रचलन हुन्छ न त सञ्चार माध्यमले नै लेखेका हुन्छन्। त्यसैले गैर अङ्ग्रेजी भाषी पृष्ठको निर्माण गर्दा मात्र आधिकारिक भाषाको अनुसार जानु पर्दछ। अङ्ग्रेजीमा द र त नभएको कारण अङ्ग्रेजीले द आउने ठाउँमा डको र त आउने ठाउँ ट राख्छ किनकि अङ्ग्रेजीमा यी दुई वर्ण लगायत ङ,ण,ञ पनि छैन त्यसैले गाल गाडोट लेखेको हो तर नेपालीमा यी सबै छन् त्यही पनि प्रयोगकर्ताहरू अङ्ग्रेजीकै अनुसार जान्छन् जुन सरासर गलत हुन जान्छ, हामी मात्र हैन सञ्चार माध्यमले पनि यसै गर्छन् र हुँदै नहुने नाम निकाल्छन्। त्यसैले यस नीतिको अप्रचलित नाम शीर्षक खण्डलाई सुधार गरि आधिकारिक नाममाद्वारा शीर्षक निर्धारण गर्नुहोस् र यस छलफललाई टुङ्गाउनुहोस्
-हिमाल सुबेदी (कुरा गर्ने) १२:१३, २५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- @हिमाल सुबेदी: मैँले नबुझेको कि तपाईँले नबुझ्नुभएको? यदि त्यस नामको लागि नेपाली-भाषाकरणको कुनै स्थापित नियम वा तरिका नभेटिए सो नामलाई शुद्धतामा ह्रास नआउने गरी र नेपालीभाषी पाठकले बुझ्न सक्ने तथा जनजिब्रोले सजिलै लिनसक्ने रूपमा नेपालीकरण गर्नुपर्दछ यो वाक्यको अर्थ के हो? एकपटक राम्रोसँग त्यो खण्ड पुनः पढेर टिप्पणी गर्नहुन अनुरोध छ। लिप्यन्तरण कसरी गर्ने? यो विषयमा छलफल हुन बाँकी छ। त्यो पछि गरौँला। --Nirajan pant (कुरा गर्ने) १२:२६, २५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
मेरो घारणमा रहेका समाधानहरू
१) लगभग ५० वटा देशको नाम आधिकारिक भन्दा भिन्न छ। ५० वटा देश वा अरू पनि थपिएका कारण लगभग (अनुमानि) १,५०० वा २,००० वटा जति प्रचलित भएका तर आधिकारिक अनुसार भिन्न भएका उच्चारणहरू छन्। (धेरै पनि हुन सक्छ नेपालमा प्रचलित) तर खासै सुदान लगायतका अफ्रिकी देश वा अन्य क्षेत्रहरूको यहाँ न कुनै समाचार आउँछ नत केनै)
२) नेपाली सञ्चार माध्यमले हालसम्म समावेश नगरेका पृष्ठहरूको नामकरण हेर्न आधिकारिक भाषाको प्रयोग नै मानक हो वा लगभग २००० वटा पृष्ठको नाममा झुलेर बसेर प्रगति नहोला।
३) भाषा बिग्रिएर भएका गलत शीर्षकलाई अङ्ग्रेजी वा सञ्चार माध्यमसँग अनुप्रेषण नगर्ने वा गरेपनि प्रचलितलाई प्रदर्शन नगरिकन आधिकारिकलाई प्रदर्शन गर्ने (Netherland = नेदरल्यान्ड प्रचलिन छ तर आधिकारिक भाषामा ड हुँदैन, त्यसैले नेदरल्यान्डलाई लुकाएर नेदरलन्द प्रदर्शन गर्ने, टर्कीलाई तुर्कीमा सार्ने (भाषामा ट नभएका कारण, माल्दिल्भलाई हटाएर संस्कृत शब्दबाट बनेको हुँदा मालाद्वीप सहि छ, हामी पनि संस्कृत भाषीका सन्तान हौँ त्यसलाई अवहेलना नगर्ने, जोङ्खा भाषीहरू आफ्नो देशलाई द्रुक ख्याप भने पनि हामीले उत्पत्तिमा ध्यान दिने भोत+ अन्त (संस्कृत) = भुटान)
४) लगभग सबै खण्डमा अनुवादमा जोड दिने (अरू विकिपिडियाले पनि त्यही गर्छन्)
(उदाहरण, लेक सुपेरियर भनेको अमेरिका र क्यानडा सिमानामा पर्छ वा अङ्ग्रेजी भाषीको बाहुल्यता भएको क्षेत्रमा) यसलाई स्वीडेनी
Övre sjön भन्छ यानिकी अनुवादमा जोड दिने)
क) यसको अर्थ लगभग धेरै जसो स्थानमा आफ्नो देशका मातृभाषीहरूले बुझ्ने शीर्षक राख्ने। उदाहरण, Google Maps, यसलाई गुगल म्याप्स नलेखिकन बुझ्ने हिसाबले गुगल नक्सा नै लेख्ने, ग्रेट वाल अफ चाइना प्रचलित भएपनि चीनको विशाल पर्खाल नै लेख्ने, Яндекс.Переводчик यसलाई यान्दिक्स पिरिभोद्चिक नलेखिकन यान्दिक्स अनुवाद लेख्ने र अनुप्रेषण कहिल्यै नगर्ने, अरबी शीर्षकमा अङ्ग्रेजी ले यलाई i लेख्छ यसलाई हाम्रोमा वर्णमा य भएका कारण य नै लेख्ने, उदाहरण Beirut लाई बेरूत नलेखिकन बयरुत लेख्ने, kuwait = कुबयत)
ख)५० भन्दा बढी राज्यहरू मिलेर संयुक्त राज्य अमेरिका बनेझैँ, ७ वटा इमारातहरू (बाङ्ला र हिन्दी अमिरात भन्छन्) मिलेर संयुक्त अरब इमारात बनेको हुँदा Emirates of the United Arab Emirates लाई संयुक्त अरब इमारातका इमारातहरू लेख्ने, र त्यहाँका बासिन्दाहरूलाई इमिरेट्सी नलेखिकन इमाराती लेख्ने)
ग) आर्हेन्तिनाको राजधानीलाई यहाँ, लेखिएको बुइनोस ऐरेस नलेखिकन उच्चारण अनुसार बुयेनोस आइरेस लेख्ने
घ) नवनिर्मित अरबी, स्पेनी, पुर्तुगाली र अरबीमा ट र ड कहिल्यै पनि नलेख्ने, अरबी शीर्षक छान्दा े,ौ र ै चिन्ह नलेख्ने उदाहरण (े नभएका कारण हाम्रो देशको नाम निबाल हुन्छ, र प पनि हुँदैन, अङ्ग्रेजी लिप्यन्तरणमा भर नपर्ने उदाहरण Khalifa खलिफह् हुन्छ तर ह् हाम्रो उच्चारण ले गाह्रो मान्ने हुँदा खलिफ लेख्ने नकि खलिफा, बुर्ज खलिफ, qatar मा भएको ta ले ट, टा,त, ता कुनैपनि जनाउँने हुँदा आधिकारिक उच्चारण अनुसार शीर्षक छान्ने,
ङ) अङ्ग्रेजी भाषाको लिप्यन्तरणमा अनुमान कै आधारमा शीर्षक निर्धारण नगर्ने, उदाहरण स्पेनी Jea हेया, अङ्ग्रेजी जेया, V = ब, Hublot लाई ह्युबलब वा हुबलट वा हुबलाट नलेखिकन उब्लो लेख्ने, Adolf Hitler लाई आडोल्फ हिट्ल मा अनुप्रेषण गर्ने)
च) Stockholm को झट्ट लिप्यन्तरण हेर्दा स्टोकहोम वा स्टकहोम वा स्टाकहोल्म वा स्टोकहोल्म हुने हुँदा सहि शीर्षक आधिकारिक भाषा अनुसार निर्धारण गर्ने यानिकी स्तोकहोल्म, त्यस्तै Telia मा पनि टेलिया, टिलिया, तिलिया, तेलिया हुँदा आधिकारिक अनुसार सही शीर्षक छान्ने यानिकी तेलिया। Peshawar मा पनि झट्ट हेर्दा पेशावर र पिशावर हुँदा सही शीर्षक लिने, wikipedia झट्ट हेर्दा विकिपेडिया भएता पनि आधिकारिक उच्चारणमा नै हो जोड दिने वा हुन्छ विकिपिडिया नकी विकिपेडिया, Ne त नि पनि हुन्छ नि भनेझैँ उर्दूले जस्तो निपाल नलेख्ने, आधिकारिक उच्चारण नै हेर्ने वा भाषा बुझ्ने ले शीर्षक सुधार गर्ने
छ) Latin लाई हाम्रो माउ भाषा संस्कृतले लेखेको जसरी लेख्ने, तालिन
जिज्ञासा
१) अप्रचलित शीर्षक निर्धारण सम्बन्धि टिप्पणी खै??
अप्रचलित खण्ड
१) अप्रचलित खण्डको लागि आधिकारिक भाषाको कहिँकतै विकल्प छैन। उदाहरण, سعد لمجرد लाई अङ्ग्रेजी saad lamjarred लेख्छ, झट्ट हेर्दा साद लमजरिद, साद लमजारिद, साद लमजर्रिद भएता पनि विडम्बना यसको शीर्षक कुनै पनि होइन, मलाई थाह छ किनभने मैले अरबी बुझ्छु, Gal gadot मा पनि त्यस्तै छ अवस्था, अझै कतिछन् कति उदाहरण, शीर्षक निर्धारण आधिकारिक उच्चारण अनुसार नै गर्ने हो अप्रचलितका लागि....
- पर्वत सुबेदी (कुरा गर्ने) १२:३१, १३ वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
- @पर्वत सुबेदी: एउटा अनुरोध, यो अरबी, रूसी, ल्याटिन, फ्रान्सेली भाषाको मात्र विषय होइन त्यसैले यी भाषाको विषयवस्तुको मात्र बयान नगरिदिनुहोला। यहाँ हामीले विश्वभरिका सबै भाषालाई समेट्ने र सबै सम्पादकको लागि सुलभ हुने किसिमको मापदण्डको कुरा गर्दैछौँ। तपाईँले समाधान खोजेको जस्तो लागेन। जे उपयुक्त लाग्छ त्यही गर्नुहोस्। स्थापित मुल्य मान्यता र विकिपिडिको समग्र नीतिलाई हामीलेे कुनामा थन्काएर अगाडि बढ्न सकिँदैन। प्रयोगमा रहेका नामको हकमा तपाईँले भनेका विषयवस्तुहरू नीतिको रूपमा अगाडि ल्याउन सकिँदैन। किनकि यसले पाठकको हकको हनन गर्छ। शुद्धताको नाममा प्रचलित नामलाई फालेर कुनै अर्को नाम पाठकमा लाद्न सकिँदैन। सन्दर्भ स्रोतमा उल्लेख भएको नामलाई त्यागेर कुनै पनि सन्दर्भ वा स्रोतमा उल्लेख नभएको नामलाई विकिपिडियाले कहिल्यै स्वीकार्दैन (यसले तटस्थताको मुल्यमान्यतालाई नकार्छ र कुनै एक व्यक्तिको स्वविवेकलाई प्राथमिकता दिएको जस्तो हुन्छ)। नेपाली भाषामा अप्रचलित वा प्रयोगमा नआएको नामहरूको हकमा लिप्यन्तरण गर्ने हो तर त्यो पनि निश्चित नियममा बाँधिएर। अप्रचलित शीर्षक निर्धारण सम्बन्धी सो नामलाई शुद्धतामा ह्रास नआउने गरी भन्ने बुँदा पर्याप्त छैन् र? अन्त्यमा, यस विषयमा थप चर्चा आवश्यक छ जस्तो मैले ठानेको छैन्। छलफलमा भाग लिनुभएकोमा सबैलाई धन्यवाद। यस विषयलाई छलफलमा ल्याएको १५ दिन भइसकेको हुँदा छलफल बन्द गर्नको लागि प्रबन्धक तथा प्रशासक वर्गमा अनुरोध गर्दछु।--Nirajan pant (कुरा गर्ने) १३:२९, २५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
प्रचलितमा रहेपनि गतल हो भनेर प्रमाणित भइसकेपछि पनि मेरो गोरुको बाह्रै टक्का किन गर्ने? ग्रेट वाल लेख्या भए हुन्थ्यो नि सन्दर्भ अनुसार किन लेखिदैन। अरबी, रुसी र तालिनको मात्र कुरा गरेको भए ग्रेट वाल रूसी हो कि अरबी अनि मालाद्वीप के हो? अरूले गतल लेखिराछन् हामीले सहि दिन खोज्ने कहिल्यै मुर्खता हुन्छ? सही र गतल छुट्यानु कहिल्यै अधिकार हनन् हुन्छ? त्यही माथी पहुँच योग्य हुनका लागि अनुप्रेषणको घारणा दिएको थिएँ, हास्यास्पद छ? लिप्यन्तरण हेर्ने ल अब यसको के हुन्छ سعد لمجرد ल मलाई बताउनुस्। अङ्ग्रेजीको आड लिएर लेखिएका शीर्षक गतल हुन् भनेर प्रमाणित गरेपछि पनि प्रश्न उठ्छ? सन्दर्भ स्रोतमा उल्लेख भएको नामलाई त्यागेर कुनै पनि सन्दर्भ वा स्रोतमा उल्लेख नभएको नामलाई विकिपिडियाले कहिल्यै स्वीकार्दैन भने साउदी अरेबिया अनि साउदी अरब यो के हो?, मैले दिएको सुझाव उपयुक्त छैन भने के छ उपयुक्त?? संस्कृत मूल शब्द नकार्न सकिन्न। यो, यो यो अङ्ग्रेजीमा नभएको लेख हामीले बनाउनै हुन्न, बनाए पनि के आधारमा बनाउने? अङ्ग्रेजी सबैथोक हो भने यसको शीर्षक मलाई तत्काल पठाउनु। मैले त्यही भएको अप्रचलितको लागि उच्चारण सुन्ने भनेको थियो जुन अति हास्यास्पद रह्यो हैन र माथि उल्लेखित नत लातिन हुन् ननै अरबी वा अङ्ग्रेजी। - पर्वत सुबेदी (कुरा गर्ने) २:५४, १३ वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
- ग्रेट वाल वा साउदी अरब किन लेखिएन? यसको जवाफ नीतिमा समावेस छ। एक वा एक भन्दा बढी नाम प्रचलनमा भए जुन नाम बढी प्रयोगमा छ वा जुन बढी उपयुक्त देखिन्छ त्यसैको प्रयोग गरिन्छ। थप जान्न प्रस्तावित नीतिमा हेर्नुहोस्। मालाद्वीप के हो मलाई थाहा छैन् आज सम्म सुनेको छैन्। अनुप्रेषणको धारणा दिनुभएको छ राम्रो हो तर लेखमा मूल भाषामा त्यस शीर्षकको नाम वा उच्चारण राख्नुको अर्थ र आवश्यकता किन पर्यो वा किन राखिन्छ? लेखमा वैकल्पिक नामहरू किन समावेश गरिन्छ? अनुप्रेषण राख्दा ती अप्रचलित नामलाई अनुप्रेषण गर्ने हो न कि प्रचलित नामलाई। अनि अन्तिम प्रश्न, नेपालीभाषामा अप्रचलित वा प्रयोगमा नरहेको नाम वा शीर्षकको नेपालीकरण गर्दा अङ्ग्रेजीको आड लिनुपर्छ भनेर कहाँ लेखिएको छ र कसले भन्यो? शुद्धतामा ह्रास नआउने गरी नेपालीकरण गर्ने भनिएको छ; शुद्धता भनेको के हो? शुद्धता भनेको मूल उच्चारण नै हो जस्तो लाग्छ मलाई त।--Nirajan pant (कुरा गर्ने) १९:१०, २५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
थप छलफल
विकिपीडियामा विप्लव सरले राख्नु भएको शिर्षकमा त्यस्तो केही समस्या देखिदैँन । माथिका छकफलमा यी निम्न कुराहरू:-
१. नेपाली भाषामा परेको प्रभाव नेपाली भाषामा मात्र नभई सन्सारकै सबै भाषाहरुमा हुन् । लेखको शीर्षकका लागि मान्नुस् नमान्नुस् सबै कुरा अङ्ग्रेजी नै पछ्याउनुपर्छ ।
२. माथि परिएको प्रभाव र उच्चारणर्थ भएका विषय बारे बरु लेख बनाइयोस् ।
३. लेखको शिर्षक सबै विकिपीडियाको सम्पादकको सहमति मा हुन्छ भने सबैले मान्नैपर्ने हुन्छ । यसकारण शीर्षक के राख्ने भन्ने विषय हो, न कि नेपाली भाषामा परेको अङ्ग्रेजी भाषा वा अन्य भाषा पछ्याउनु!
४. बरु समग्रको नेपाली विकिपीडियामा व्याकरण तर्फ ध्यान जाओस्। अन्य विवाद आवश्यक रहन्न!
५. भाषामा भन्दा पनि लेख को सामग्री मा ध्यान जानू आवश्यक छ।
:) लर्नरktm १२:४४, २७ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- निर्णय
यस छलफलमा सहभागी भई आफ्नो विचार तथा पक्ष राख्नुहुने सम्पूर्ण विकिपिडियन साथीहरूलाई धन्यवाद दिन चाहन्छु। ४ हप्प्तासम्म चलेको यस सामुदायिक छलफलको आधारमा प्रस्तावित नीतिलाई विकिपिडियाको आधिकारिक नीतिको रूपमा लागु गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२१, ६ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।