सामग्रीमा जानुहोस्

टेलिग्राम (सफ्टवेयर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टेलिग्राम मेसेन्जर
निर्माणकर्ता (हरू)Telegram FZ LLC
Telegram Messenger Inc.
मौलिक संस्करण१४ अगस्ट २०१३; १२ वर्ष पहिले (२०१३-०८-14)
भण्डारण
प्रोग्रामिङ भाषासी++
मञ्चएन्ड्रोइड, आइओएस, विन्डोज फोन, विन्डोज एनटी, म्याक ओएस, लिनक्स, वेब प्लेटफर्म
उपलब्ध भाषाहरू१४ भाषाहरू[][]
प्रकारतत्काल सन्देश
अनुमति पत्रGNU GPLv2 or GPLv3 (ग्राहकहरू),[] स्वामित्व (सर्वर)
वेबसाइटtelegram.org
टेलिग्राम मेसेन्जर LLP
संस्थापितमार्च 2013; १३ वर्ष अघि (२०१३-०३)
मुख्यालयहरूलन्डन, संयुक्त अधिराज्य
(कानूनी अधिवास)
दुबई, संयुक्त अरब इमिरेट्स
(परिचालन केन्द्र)
सेवा क्षेत्रविश्वव्यापी
संस्थापक (हरू)
प्रमुख कार्यकारी अधिकृतपावेल दुरोव
उद्योगसफ्टवेयर
कर्मचारीहरू३५१ (२०१९)[]
युआरएलtelegram.org

टेलिग्राम क्लाउडमा आधारित एक तत्काल सन्देश प्रवाह गर्ने माध्यम र भ्वाइस ओभर इन्टरनेट प्रोटोकल सेवा हो। टेलिग्रामको क्लाइन्ट अनुप्रयोगहरू एन्ड्रोइड, आइओएस, विन्डोज फोन, विन्डोज एनटी, म्याक ओएसलिनक्सको लागि उपलब्ध छन्। [] प्रयोगकर्ताहरूले यसको प्रयोग गरेर सन्देशहरू पठाउन र फोटोहरू, भिडियोहरू, स्टिकरहरू, अडियो र कुनै पनि प्रकारको फाईलहरू आदानप्रदान गर्न सक्दछन्। टेलिग्रामको क्लाइन्ट तर्फको कोड खुला स्रोत सफ्टवेयर हो तर भर्खरको संस्करणहरूको लागि स्रोत कोड सँधै प्रकाशित हुँदैन,[] यसको सर्भर साइड कोड बन्द स्रोत निजी स्वामित्व हो। सेवाले स्वतन्त्र विकासकर्ताहरूलाई एपिआइहरू पनि प्रदान गर्दछ। मार्च २० २०१८ मा, प्रकाशित टेलीग्रामको वक्त्व्यको आनुसार यसमा २ अरब मासिक सक्रिय प्रयोगकर्ताहरू छन्। [] पूर्वनिर्धारित सन्देशहरू र टेलिग्राममा मिडिया इन्क्रिप्ट गरिएको हुन्छ जब यसको सर्भरहरूमा भण्डार गरिएको हुन्छ, इन्क्रिप्सन कुञ्जी भएमा टेलीग्राम सेवा प्रदायकद्वारा पहुँच गर्न सकिन्छ। टेलीग्रामले दुई अनलाइन प्रयोगकर्ताहरू बीच ऐच्छिक अन्त-अन्त इन्क्रिप्ट गरिएको "गोप्य" कुराकारी सेवा प्रदान गर्दछ र यो सेवा समूहहरू वा च्यानलहरूको उपलब्ध छैन। [] ग्राहक सर्भर सञ्चार पनि इन्क्रिप्ट गरिएको हुन्छ । [] यस सेवाले भ्वइस कलका लागि अन्त देखि अन्त इन्क्रिप्सन प्रदान गर्दछ। []

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Live Locations, Media Player and Languages", telegram.org, Telegram Messenger LLP, अन्तिम पहुँच १२ अप्रिल २०१८
  2. "Translating Telegram", translations.telegram.org, Telegram Messenger LLP, अन्तिम पहुँच १२ अप्रिल २०१८
  3. 1 2 "List of Telegram applications", ६ फेब्रुअरी २०१४।
  4. "Telegram Company profile", १२ डिसेम्बर २०१९।
  5. "Latest commits from official repository (Android version)", Github, १० अप्रिल २०१६।
  6. "Telegram F.A.Q.", Telegram, अन्तिम पहुँच २०१७-१०-०१
  7. "200,000,000 Monthly Active Users", Telegram, २२ मार्च २०१८।
  8. "Telegram F.A.Q.", Telegram, अन्तिम पहुँच २०१७-१०-०१
  9. "FAQ for the Technically Inclined", core.telegram.org, अन्तिम पहुँच २०१७-१०-०१