वार्तालाप:साङ्घाई सहयोग सङ्गठन

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:३९, ३० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


पृष्ठ सार्न अनुरोध →१० जुलाई २०२०[सम्पादन गर्नुहोस्]

सांघाई सहयोग संगठनसाङ्घाई सहयोग सङ्गठन – नेपालीकरण गर्नुपर्ने भएकोले लेख शीर्षक नीति अनुसार -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:११, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

  •  असमर्थन

कमन्समा उर्ध्वभरण भएको उच्चारण सुन्दा शाङ्हाई सुनिन्छ र अधव अनुसार ʂâŋ.xài यस्तो छ। नेपाली सञ्चार माध्यमहरूको यसको पनि बाहुल्यता छ यसमा उच्चारणको पक्षमा जानु ठिक होला।सन्दर्भ, ʂ=श, â =आ(ʂâ = शा), ŋ=ङ, / x =ह, à=आ (xà = हा), i = ई र हुन आयो शाङ्हाईअधवसँग राम्रोसँग परिचित भएका प्रयोगकर्ताहरूले यसको अधव पुन: जाँच गर्नुहोला। সাংহাই, साङ्हाई र शाङ्हाइ, पर्वत सुबेदी (कुरा गर्ने) २१:२८, १० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

नेपाली भाषामा साङ्घाई कै प्रयोग हुन्छ। नेपालीभाषी प्रयोगकर्ताको लागि यो लेख लेखिएको हुनाले सोही अनुसार लेखको शीर्षक हुनुपर्छ। प्रयोगमा नरहेको साङ्हाई शब्दलाई शीर्षक कुन आधारमा बनाउने? मूल उच्चारणलाई मात्र आधार बनाउन उचित हुँदैन। विदेशी भाषाका शब्दहरूलाई नेपालीकरण गर्दा "विदेशी शब्दमा ङ,ञ,ण,घ,झ,ढ,श,ष,क्ष प्रयोग नगर्ने भन्ने" नियमबारे थप जानकार नरहेको हुँदा सो विषयमा टिप्पणी गर्न सकिनँ।--Nirajan pant (कुरा गर्ने) १०:३३, ११ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
प्रचलित नेपाली भाषामा कसैले नियमन नगरेको हुनाले जसले जे मन लाग्यो त्यही लेखेको पाइन्छ। धेरैजसो विदेशी भाषामा ङ,ञ,ण,घ,झ,ढ,श,ष,क्ष जस्ता अक्षरहरू छैनन् त्यसैले उनीहरूले त्यसरी उच्चारण गर्ने कुरै भएन। नेपालीमा नियम बनाउन हामी आफैँले पहल गर्नु पर्ने देखिन्छ।-DULAL (मसँग कुरा गर्नुहोस्) २०:३६, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
धेरै लामो समय देखि साङ्घाई शब्द नेपालीमा प्रचलनमा रहेकोले यसको मूल उच्चारणको खोजी गरिरहन आवश्यक रहदैन। विदेशी शब्दलाई नेपाली भाषामा लेखनलाई नियमन भन्दा पनि समय अनुसार कसरी प्रयोगमा आउँछ र लेखनमा कुन रूप लिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। यो नै आगन्तुक शब्दको नियम हो। यसलाई नियममा बाँधेर राख्न सकिँदैन। अतः प्रयोगमा आइसकेको शब्दलाई प्रयोग अनुसार र प्रयोगमा नरहेको शब्दलाई मूल उच्चारण अनुसार लेख्ने हो। सोही अनुसार लेख शीर्षकहरू सम्बन्धी नीतिमा नियम समावेश गरिएको छ।--‌Nirajan pant (कुरा गर्ने) २१:५२, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।