विकास (सेवा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकास
व्यवसायको प्रकारनिजी
मुख्यालयहरूढाका, बङ्गलादेश
मुख्य व्यक्तिहरूकमल कदिर (कार्यकारी)
सेवाहरूभुक्तान प्रणाली
अभिभावकब्र्याक बेङ्क, एण्ट फाइनान्सिएल, बिल एण्ड मेलिण्डा गेट्स कोष, मनि इन मोसन, अन्तर्राष्ट्रिय वित्त निगम [१]
युआरएलbkash.com
चालु भएको मितिसन् २०११
वर्तमान स्थितिचालू

विकास (बङ्गाली: বিকাশ), बङ्गलादेशी मोबाइल फोनमा आधारित विनिमय वा वित्तीय सेवा हो जुन बङ्गलादेश बेङ्कको अनुमति पत्र अन्तर्गत ब्र्याक बेङ्क लिमिटेडको सहायक कम्पनीको रूपमा कार्यरत छ। [२][३] यसको मोबाइल पैसा प्रणाली ब्र्याक बेङ्क लिमिटेड बङ्गलादेश र मनी इन मोसन सिमित दायित्व कम्पनी, संयुक्त राज्य अमेरिकाको संयुक्त लगानीको रूपमा सुरु भएको थियो। विकासका प्रयोगकर्ताहरूले उनीहरूको मोबाइल खातामा पैसा जम्मा गर्न सक्दछन् र सेवाहरूको दायरामा पहुँच गर्न पनि सक्दछन्। प्रयोगकर्ताहरूले यस मार्फत विशेष रूपमा रकम स्थानान्तरण र पैसा प्राप्त गर्न सक्दछन्। यसले भुक्तानी र रिचार्जमा पनि सहज पुर्‍याउँदछ। साथै, प्रयोगकर्ताहरूले पोष्टपेड मोबाइल रसिदमा भुक्तान गर्न सक्दछन्।

अप्रिल २०१३ मा, अन्तर्राष्ट्रिय वित्त निगम, विश्व बेङ्क समूहका सदस्य कम्पनीमा सेयर साझेदार बनेका थिए। मार्च २०१४ मा, बिल एण्ड मेलिण्डा गेट्स कोष कम्पनीमा लगानीकर्ता बन्न पुगेको थियो र अप्रिल २०१८ एण्ट फाइनान्सियल, एलिपेको सञ्चालन (चिनियाँ कम्पनी अलिबाबा समूहको कारण), सेयर साझेदार बनेको थियो।[४]

फार्च्युन पत्रिकाले विकासलाई सन् २०१७ मा "विश्व परिवर्तन" सूचिमा शीर्ष १० कम्पनीहरूमा स्थान दिएको थियो[५]। उनीहरूका अनुसार, २२% बङ्गलादेशी वयस्कहरूले ४० लाख पचास हजार दैनिक लेनदेनको लागि विकासको प्रयोग गरेका थिए। विकासका सेवा बङ्गलादेश बेङ्कले जारी गरेको दिशानिर्देशमा सञ्चालन हुन्छ।[५]

इतिहास[सम्पादन गर्नुहोस्]

विकासको प्रारम्भिक अनुसन्धान कार्य देशको सीमान्तकृत जनतालाई वित्तीय सेवाहरू पुर्‍याउनका लागि सन् २०११ देखि सुरु गरिएको थियो। [६][७] रबिको मोबाइल सञ्जल सञ्चालकका रूपमा, रबि आजियाटा लिमिटेडले आधिकारिक रूपमा जुलाई २०११ मा मोबाइल वित्तीय सेवाहरू प्रदान गर्ने प्रक्रियाको सुरु गरेको थियो।[८]

सेवा क्षेत्र[सम्पादन गर्नुहोस्]

विकास बङ्गलादेशमा धेरै दूरभाष सञ्जाल मार्फत पहुँच गर्न सकिन्छ। विकासको सहयोगी सञ्जाल बङ्गलादेशमा धेरै जसो दुबै सहरी र ग्रामीण क्षेत्रहरूलाई समेट्छ।[९] सन् २०१८ सम्ममा, विकास बङ्गलादेश मोबाइल वित्तीय सेवाहरूको सबैभन्दा ठूलो प्रदायक थियो।[१०]

मार्च १०१९ सम्म, बङ्गलादेशमा मोबाइल वित्तीय सेवाहरूको १६ प्रदायकहरू रहेका छन्,[११] तर दुई सबैभन्दा ठूलो, विकास र रोकेटले नै सम्पूर्ण अङ्कीय वित्तीय बजारको ९९% भन्दा बढीको बजार साझेदारी गरेका छन्।[१२] मे २०१९ सम्म, विकासमा ३ करोड १० लाख सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।[१३] जुलाई २०१९ मा कुल मोबाइल वित्तीय सेवा लेनदेनले ३७४७७.५८ करोड टाका नाघेको थियो।[११]

सेवाहरू[सम्पादन गर्नुहोस्]

यदि विकासका खाता धनीसँग उसको खातामा पर्याप्त पैसा छ भने उसले कुनै पनि समयबाट कहिँबाट पनि विकासका विभिन्न सेवाहरूको आनन्द लिन सक्दछन्।

विकासको वर्तमान सेवाहरू यस प्रकारका छन्:

१) विकास खाता खोल्नु

२) खातामा पैसा जम्मा गर्नु

३) एक विकास खाताबाट अर्को विकास खातामा पैसा पठाउनु

४) ब्राक बेङ्कको एटिएमबाट खाता वा सहयोगी मार्फत पैसा निकाल्नु

५) एक उत्पादन वा सेवाको लागि मूल्य तिर्नु

६) विदेशबाट विप्रेषण प्राप्त गर्नु

७)बिजुली रसिद भुक्तानी गर्नु

८) घरमै बसी गाडीको टिकट किन्नु

९) इन्टरनेटमा किनमेल गर्नु

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "bKash and Ant Financial in strategic partnership to promote financial inclusion for the unbanked in Bangladesh - bKash", विकास डटकम, अन्तिम पहुँच २६ फेब्रुअरी २०१९ 
  2. "Bangladesh's bKash revolution", द बेङ्कर 
  3. अल-महमुद, साइद जेइन (२४ जुन २०१५), "Mobile Banking Provides Lifeline for Bangladeshis", द वाल ष्ट्रिट जर्नल 
  4. "Alibaba buys 20pc stake in bKash", द डेली ष्टार, २७ अप्रिल २०१८। 
  5. ५.० ५.१ "Fortune lists bKash among 50 companies that are changing the world", ढाका ट्रिब्युन, ११ सेप्टेम्बर २०१७, अन्तिम पहुँच २० सेप्टेम्बर २०१७ 
  6. "BRAC Bank's bKash Launches Mobile Banking Services in Bangladesh", brac (en-gbमा), अन्तिम पहुँच २०१७-०७-२९ 
  7. "BKASH: TIP OF THE ICEBERG", द डेली ष्टार (अङ्ग्रेजीमा), ७ अप्रिल २०१७, अन्तिम पहुँच २०१७-०७-२९ 
  8. "BKash wins Best Financial Innovation award", ढाका ट्रिब्युन, २०१८-१०-१३, अन्तिम पहुँच २०१९-११-१८ 
  9. "Information on Mobile Banking", आरटिएन 
  10. "Loan, insurance services thru' MFS likely within five years", द फाइनान्सिएल एक्सप्रेस (ढाका: अन्तर्राष्ट्रिय प्रकाशन लिमिटेड), १४ जुलाई २०१७, अन्तिम पहुँच २६ जुलाई २०१७ 
  11. ११.० ११.१ "Mobile Financial Services (MFS) Data", बिबि डट ओआरजी, अन्तिम पहुँच २०१९-०३-२४ 
  12. "Daily transactions reach Tk 1,000cr", द डेली ष्टार, २६ जुलाई २०१७, अन्तिम पहुँच २६ जुलाई २०१७ 
  13. "App-based wallet boosts transaction", द डेली ष्टार, ६ मे २०१९, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]