विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/टोक्यो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टोक्यो[सम्पादन गर्नुहोस्]

टोक्यो सहर

टोक्यो (जापानी: 東京, उच्चारणः तोउक्योउ) जापानको राजधानी तथा सबैभन्दा ठुलो शहर हो । यो जापानको होन्शू द्वीपमा रहेको छ र यसको जनसङ्ख्या लगभग ८६ लाख छ, जबकि टोक्यो क्षेत्रमा १.२८ करोड र उपनगरीय क्षेत्र मिलाएर यहाँ अनुमानित ३.७ करोड मान्छे रहन्छन् जुन यस देशको सबैभन्दा धेरै जनसंख्या भएको महानगरीय क्षेत्र हो । टोक्यो लगभग ८० कि.मी.को क्षेत्रमा फैलिएको छ र यो क्षेत्रफलको दृष्टिकोणबाट पनि विश्वको सबैभन्दा ठुलो नगरीय क्षेत्र हो ।

टोक्यो विश्वको सबैभन्दा विकसित शहरहरू मध्ये एक हो । यो जापानको राजनीतिक, आर्थिक तथा सांस्कृतिक गतिविधिको प्रमुख केन्द्र हुनको साथसाथै विश्वको एक प्रमुख आर्थिक केन्द्र पनि हो । यो विश्वको सबैभन्दा बढी महानगरिय अर्थव्यवस्था पनि हो जसको सकल घरेलू उत्पादन, क्रय शक्तिको आधारमा सन् २००५ मा १,१९१ अरब डलर थियो । न्यूयोर्क तथा लण्डनको साथ मिलेर यो विश्व अर्थव्यस्थाको सञ्चालन गर्ने इन्जिन हो र यसलाई अल्फा + नगरको दर्जा प्राप्त छ । विभिन्न संस्थाद्वारा गरिएको सर्वेक्षणमा टोक्योलाई विश्वको लगातार सबैभन्दा महँगो महाशहर भएको गौरव प्राप्त छ । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ९६५, अक्षर: ४८९.५, स्पेस: १५८
  • मुख्य सम्पादक: JuniorX2
  • आवेदनकाे कारणहरू: जापानको राजधानी भएकोले
२०१७ जनवरी २३, ११:५७:२७ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- कुरा गर्ने ११:५९, ९ जनवरी २०१७ (युटिसी(UTC))