विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लोत्ता सिलिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोत्ता सिलिन[सम्पादन गर्नुहोस्]

लोत्ता सिलिन (स्वीडेनी: Lotta Schelin) (जन्म:२७ फेब्रुअरी १९८४), एक स्वीडेनी पूर्व व्यवसायीक फुटबल खेलाडी हुन् जसले भर्खरै (सन् २०१६ देखि सन् २०१८) दमल्सेभेन्स्कनको रुसेनगोद फुटबल क्लबका लागि अग्रपङ्क्तिको भूमिका निर्वाह गरिरहेकी थिइन्। उनले मार्च २००४ मा स्वीडेन राष्ट्रिय टोलीका लागि पदार्पण गरेकी थिइन् र अक्टोबर २०१२ मा क्यारोलिन सेगेरसँगै संयुक्त कप्तानको रूपमा नियुक्त भएकी थिइन्। सिलिनले स्वीडेन महिला राष्ट्रिय फुटबल टोलीका लागि युइएफए महिला च्याम्पियन्स लिगका २००५, २००९, २०१३ र २०१७ संस्करणहरूमा देशको प्रतिनिधित्व गरिसकेका छिन् भने सन् २००७, २०११ र २०१५ का फिफा महिला विश्वकपहरूमा पनि स्वीडेनको प्रतिनिधित्व गर्दै सहभागिता जनाइसकेकी छिन्। उनले सन् २००४, २००८, २०१२ र २०१६ को ओलम्पिक फुटबल प्रतियोगिताहरूमा पनि प्रदर्शन गरेकी थिइन्।

अक्टोबर २०१४ मा सिलिनले जर्मनीसँगको मैत्रीपूर्ण हारमा स्वीडेनका लागि ७३औँ अन्तर्राष्ट्रिय गोल गर्न सफल हुँदै सर्वाधिक गोलकर्ताको किर्तिमानी कायम गरेकी थिइन्।

सन् २००१ मा सिलिनले कोपर्बरग्स/योहतेबोर्य फुटबल क्लब (त्यतिबेला लान्दभेतर फुटबल क्लबको रूपमा परिचित) बाट आफ्नो क्लब कार्यकालको सुरुवात गरेकी थिइन्। उनी दमल्सेभेन्स्कानमा उत्कृष्ट गोलकर्ताको रूपमा विकसित हुँदै अमेरिकी महिला व्यवसायीक फुटबल लिगबाट प्रतिस्पर्धी प्रस्तावलाई अस्वीकार गर्दै पछि उनी सन् २००८ मा फ्रान्सेली क्लब ओँलापिक लियोँ (ढाँचा:भाषा-फ्रन्सेली) प्रवेश गरेकी थिइन्। ल्योनसँगको उनको आठवटा संस्करणमा उनले लगातार आठ दिभिज्योँ १ फिमिनिन उपाधि , पाँच कुप द फँस फामिनिन, तीन युइएफए महिला च्याम्पियन्स लिगका उपाधिहरू हात पार्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनी सन् २०१२– १३ र सन् २०१४-१५ डिभिजन १ फिमिनिन संस्करणकी शीर्ष गोलकर्ता पनि हुन्। सन् २०१३ मा, उनी पहिलो विदेशी युएनएफपी खेलाडी बन्न सफल भएकी थिइन्। सन् २०१६ मा, उनी स्वीडेनी फुटबल क्लब रूसेनगोद फुटबल क्लबमा फर्किँदै, लियोँलाई फ्रान्सेली क्लबको हालसम्मकै किर्तिमानी गोलकर्ता जस्तो महत्त्वपूर्ण उपलब्धि हासिल गरेकी थिइन्। उनले २२५ उपस्थितिमा २२५ वटा गोल गरेर उक्त किर्तिमानी कायम गरेकी थिइन्। उनले वर्षको उत्कृष्ट स्वीडेनी खेलाडीको रूपमा दिमान्तबोलान पुरस्कार थापेकी थिइन्। उनलाई लगातार ४ पटक (सन् २०११ देखि २०१४ सम्म) उक्त पुरस्कारद्वारा सम्मानित गरिएको थिइन्। ३० अगष्ट २०१८ मा, रुसेनगोद फुटबल क्लबका लागि खेल्दा लागेको चोटपटकले गर्दा टाउको र घाँटी समस्या आएको भन्द‌ै उनले अवकाश लिएको घोषण गरेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: २२११, अक्षर: ११७२.५, स्पेस: ३२१
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० जुलाई ०९, ०८:०१:४३ भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- بربت سيبيدي (تحدث معي) ११:५०, १६ असार २०७७ (नेपालको प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। بربت سيبيدي (تحدث معي) ११:५०, १६ असार २०७७ (नेपालकाे प्रमाणिक समय)