विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/साबित्रा भण्डारी
साबित्रा भण्डारी
[सम्पादन गर्नुहोस्]|
साबित्रा भण्डारी (जन्म: १० जेठ २०५४) एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म लमजुङ जिल्लाको सिमपानी भन्ने ठाउँमा भएको थियो। सावित्रा भण्डारीको बुबाको नाम फम बहादुर भण्डारी तथा आमाको नाम मुना भण्डारी हो। उनी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गर्छिन्। उनी फुटबल मैदानमा अग्रपङ्क्तिबाट खेल्छिन्। नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्रा नेपाली महिला टोलीका लागि हालसम्म ३८ गोल गरिसकेकी छिन्। सावित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुन्। उनले अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको किर्तिमान भङ्ग गर्दै यो सफलता हात पारेकी थिइन्। साथै साबित्रा कुनै पनि एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी हुन्। यसो त साबित्रा नेपाली राष्ट्रिय महिला टोलीमा आउनु भन्दा पहिले भलिबल खेलमा आबद्ध रहेकी थिइन्, भने उनी एथलेटिक्स खेलमा पनि उत्तिकै सक्रिय अनि सफल रहेकी थिइन्। सन् २०१९ मा भारतमा आयोजना भएको २०१९ हिरो महिला गोल्डकपमा नेपालले दोस्रो स्थान हासिल गर्दा सावित्राले प्रतियोगिताको सर्वाधिक उच्च गोलकर्ताको पुरस्कार जित्न सफल भएकी थिइन्। उनले उक्त प्रतियोगिता अन्तर्गत नेपालले इतिहासमै पहिलोपटक भारतलाई हराएउने क्रममा २ गोल गरेकी थिइन् भने बाँकी दुई गोल भने इरान विरूद्व गरेकी थिइन्। उनलाई हाल नेपाली राष्ट्रिय महिला टोलीको मुख्य अग्रपङ्क्तिको खेेेेलाडीको रूपमा लिइने गरिन्छ भने वर्तमानमा नेपाली टोलीका लागि उनलाई सदावहार गोल यन्त्रमा रूपमा पनि लिने गरिन्छ। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
|
समर्थन
[सम्पादन गर्नुहोस्]- आवेदनकर्ताकाे रूपमा समर्थन. 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' ०७:२१, २२ फेब्रुअरी २०१९ (युटिसी(UTC))
समर्थन - हिमाल सुबेदी (कुरा गर्ने) १२:०८, २२ फेब्रुअरी २०१९ (युटिसी(UTC))
समर्थन इतिहासमै पहिलो पटक महिला नेपाली फुटबल खेलाडीको पृष्ठ। पर्वत सुबेदी (حديث) ०४:२१, २९ पुस २०७६ (नेपालको प्रमाणिक समय)
