विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/स्थानीय तह निर्वाचन, २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्थानीय तह निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

नेपालको झण्डा

स्थानीय तह निर्वाचन, २०७४ नेपालको ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा तीन चरणमा मिति २०७४ बैशाख ३१, २०७४ असार १४ र २०७४ असोज २ मा भएको हो । २० वर्ष र नेपालको संविधान २०७२ लागू भए पश्चात सम्पन्न भएको यो पहिलो स्थानीय तहको निर्वाचन थियो । यस स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) सबैभन्दा ठुलो दल बन्न सफल भएको हो । नेपालको संविधान २०७२ लागू भएपछि राष्ट्रिय स्तरीय, प्रदेश स्तरीय र स्थानीय स्तरीय गरि ३ स्तरीय शासन प्रणालीको आरम्भ गरिएको हो । संविधान अनुरुप स्थानीय तह कार्यान्वयन गर्नका निमित्त नेपाल सरकारले बालानन्द पौडेलको अध्यक्षतामा स्थानीय निकाय पुनर्संरचना आयोगको गठन गरेको थियो । सो आयोगले ७१९ वटा स्थानीय तहको अवधारणा सरकार समक्ष प्रस्तुत गरेको थियो जसलाई पछि सरकारले सुधार गरेर ७५३ बनाएको हो । सन् २०१७ मार्च १० मा नयाँ नीति अनुरुप पुराना गाउँ विकास समितिहरूलाई गाभेर गाउँपालिका गठन गरेको हो ।

स्थानीय निकायमा एउटा अध्यक्ष/मेयर र एउटा उपाध्यक्ष/उपमेयर रहने व्यवस्था गरिएको छ । यस वाहेक स्थानीय निकायलाई वडामा विभाजन गरिएको छ जसमा एउटा वडा अध्यक्ष र ४ सदस्य रहने व्यवस्था गरिएको छ । ४ सदस्यहरू मध्ये अनिवार्य रुपमा २ महिला हुनुपर्ने उल्लेख छ । सम्पूर्ण पदहरूको अवधि ५ वर्षको लागि तोकिएको छ । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ११३७, अक्षर: ६१०.५, स्पेस: १९६
  • मुख्य सम्पादक: बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: स्तरीय लेख भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५५, ३० सेप्टेम्बर २०१७ (युटिसी(UTC))


समुदायको मतदानको आधारमा प्रमुख लेख निर्वाचित--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४४, ३० सेप्टेम्बर २०१७ (युटिसी(UTC))