विकिपिडिया:प्रमुख लेख/क्षेत्रप्रताप अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क्षेत्रप्रताप अधिकारी[सम्पादन गर्नुहोस्]

क्षेत्रप्रताप अधिकारी

क्षेत्रप्रताप अधिकारी (१९९९-२०७०) नेपालका एक बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार थिए । जीवनको उत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई नारायण गोपालले गाएको म त लालीगुराँस भएछु..., मलाई छोडी मेरो छाया..., गोपाल योञ्जनले गाएको शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन..., कुन्ती मोक्तानले गाएको गोठालो जाँदा... र पछिल्लो पटक रामकृष्ण ढकालले गाएको जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ बोलको गीतले नेपालीका घर–घर र मन–मनमा पुर्‍यायो। पेशागतरुपमा महिनामा ३० रुपैयाँ तलब पाउने हुलाकको पियनबाट जागीर आरम्भ गरेका उनी साझा बसको कन्डक्टरदेखि साझा प्रकाशनको अध्यक्षसम्म भए। मूलतः गामवेसीका शब्दशिल्पी र मानवीय चाहतका कोमल प्रवक्ता अधिकारीले पंचायतको उत्तरार्द्धमा शिक्षा सहायकमन्त्रीको पदबाहर समेत समालेका थिए। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: कृस दुलाल र नबिन सापकोटा
  • आवेदनकाे कारणहरू: लेखको आधार
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५०, १ जुन २०१६ (युटिसी(UTC))
*
मतदान प्रक्रिया तत्कालै सम्भव नभएको हुनाले र मुख्य लेख निर्वाचित गर्नुपर्ने आवश्यकता भएकोले स्वीकृत गरियो।-बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५०, १ जुन २०१६ (युटिसी(UTC))