विकिपिडिया:प्रमुख लेख/महात्मा गान्धी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहनदास करमचंद गान्धी

मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी)(२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत एवं भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनैतिक एवं आध्यात्मिक नेता हुन्। यिनी विश्वका महापुरूषहरू मध्ये एक गनिन्छन्। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोवरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ।

उनी सत्याग्रह - व्यापक सविनय अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलनका अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ। उनले भारतलाई स्वतन्त्रता दिएर जनताको नागरिक अधिकारहरू एवं स्वतन्त्रताको आन्दोलनको लागि सारा संसारलाई प्रेरित गरे। उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन्। (पूरा  पढ्नुहोस्...)