विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


विकिपिडिया एसियाली महिना
WAM 2017 Banner-ne.svg

विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । यो सम्पादन-थन नोभेम्बर २०१७ भरि हुनेछ र यसको उद्देश्य विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्ने रहेको छ ।

विकिपिडियाको एसियाली समुदायहरू बिचको मित्रता स्वरूप हरेक सहभागीहरू जसले तल दिइएको शर्तहरू पूरा गरि कम्तीमा चार (४) लेखहरू निर्माण गर्नेछ, उनीहरूलाई अर्को सहभागी राष्ट्रबाट विशेष रूपमा तयार गरिएको विकिपिडिया पोस्टकार्डहरू प्रदान गरिनेछ ।

हरेक विकिपिडियामा सबैभन्दा बढी लेखहरू तयार गर्ने विकिपिडियनलाई विकिपिडिया एसियाली राजदुतहरू को रूपमा सम्मान गरिनेछ ।

Asia (orthographic projection).svg

नियमहरू

छोटकरीमा: नोभेम्बर २०१७ महिना भरि एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा नयाँ लेख, कम्तीमा ३००० बाइट तथा ३०० शब्दहरू भएको सूची वाहेकको राम्रो लेख तयार गर्ने

  • तपाईले नोभेम्बर १, २०१७ ०:०० देखि नोभेम्बर ३०, २०१७ २३:५९ (युटिसी) सम्म नयाँ लेख (ठुटो पृष्ठलाई सुधार गरेको सामेल नहुने) तयार गरेको हुनु पर्नेछ ।
  • लेखमा कम्तीमा ३,००० बाइट र ३०० शब्दहरू हुनु पर्नेछ ।
  • लेखले लेखको उल्लेखनियताको मापदण्ड पूरा गरेको हुनु पर्नेछ ।
  • लेखमा विश्वाशिलो स्रोत हुनु पर्नेछ, लेखमा भएका शङ्कास्पद तथा विवादास्पद तथ्यहरूमा रूजुयोग्य स्रोत खुलाएको हुनु पर्नेछ ।
  • लेख मेसिनको अनुवादमा आधारित हुनु हुदैन साथै लेख सभ्य भाषामा लेखिएको हुनु पर्नेछ ।
  • लेखमा कुनै पनि विवाद हुनु नहुने ।
  • सूचीको लेख हुन नहुने ।
  • लेखमा विशेष सूची राखिएको भएका त्यसलाई गणना गरिनेछ ।
  • लेख सुचनामूलक हुनु पर्ने ।
  • लेखहरू एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा लेखिएको हुनु पर्नेछ । विकिपिडिया समुदाय बोलिने देश भन्दा अन्य एसियाली देशको सम्बन्धमा लेख तयार गर्ने पर्नेछ । जस्तैः नेपाली विकिपिडियाले नेपालको बारेमा लेख तयार नगरि अन्य एसियाली देशहरूको बारेमा लेख तयार गर्ने ।
  • आयोजकले लेखलाई अर्को आयोजकबाट जाँच गराएको हुनु पर्नेछ ।
  • टिप्पणीहरूः अन्तयमा, स्थानीय समुदायको निर्णयकर्ताबाट कुनै पनि लेख स्विकारयोग्य छ वा छैन भन्ने सम्बन्धमा तय गरिनेछ ।
  • तपाईले ४ लेख तयार गर्नु भए पश्चात शर्त पूरा भएको मानिने छ र तपाईले कुनै एक एसियाली समुदायबाट WAM पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
  • विकिपिडिया एसियाली राजदुतले पोस्टकार्डको अलावा एसियाली सम्बद्धहरूबाट हस्ताक्षर भएको प्रमाणपत्र प्राप्त गर्नु हुनेछ । थप जानकारीको लागी प्रश्न तथा उत्तर हेर्नुहोस ।

आयोजकहरू

सहभागी बन्नुहोस्

इच्छुक सहभागीहरूले यहाँ सहभागीता जनाउनुहोस । तपाईले कुनै पनि बेला सहभागिता जनाउन सक्नु हुनेछ । तपाईको लेखले सम्पूर्ण शर्तहरू पूरा गरेको अवस्थामा आयोजकहरूले सो लेखमा चिन्ह (जाँच) लगाउनु हुनेछ ।

उपयोगी लिङ्कहरू


उपकरणमा समस्या भएकाहरूका लेखहरू

सहभागी सम्पादकहरूले यस प्रतियोगिताको फाउन्टेन उपकरणबाट लेख पेश गर्दा कुनै समस्या भई रहेको छ भने तल लेखको शिर्षक राखी हस्ताक्षर गर्नुहोला । तपाईको लेखलाई आयोजकहरूले पेश गरिदिने छन् ।

पूरानो संस्करण

सम्बन्धन