विकिपिडिया वार्ता:प्रमुख लेख/आवेदनहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

@ आर॰पी॰ जोशी & @बिप्लब आनन्द जी प्रमुख लेख अावेदनकाे लागी नयाँ अावेदन फारम लागु गर्ने हेतु याे पृष्ठ तयार गरेकाे छु । कृपया अाफ्नाे महत्वपूर्ण सुझाव तथा राय दिनु हाेला । Nirjal stha (कुरा गर्ने) १९:५८, २८ जुन २०१४ (युटिसी(UTC))

निर्जलजी जहाँ सम्म मलाई थाह छ अर्को महिनामा राखिने प्रमुख लेखको लागी आवेदन आएको छैन त्यसैले तपाइँले नै अर्को महिनाको प्रमुख लेखकोलागी एक लेख छनोट गर्नुहोला र त्यस लेखमा जसको योगदान बढी देखिन्छ ति प्रयोगकर्तालाई "तपाइँको फलानो लेख जुलाई २०१४ को लागी प्रमुख लेख छनोटको आवेदनमा राखिएको छ। यो लेखमा केही सुधार गर्नु पर्ने भएकोले तपाइँको समर्थन चाहियो। त्यो लेख सुधार गर्न हामीहरू पनि लाग्ने छौं" भनेर सुझाव दिनुहोला साथै अन्य प्रयोगकर्ताहरूलाई पनि हामी यो लेखलाई जुलाई महिनामा विकिपीडियाको प्रमुख लेखमा राख्दै छौं तपाइँको राय दिनुहोला भनेर लेख्नु होला। त्यसमा समर्थन र विरोधको ख्योल गरेर त्यो लेख प्रमुख लेखमा राखिन्छ। लेखको छनौट गर्दा सम्बन्धित महिनाको मुख्य बिषय वस्तु सम्बन्धी लेखलाई बढी प्राथमिता दिनु होला जस्तै:- जुलाई महिनामा मनाइने चाड पर्वहरू, संस्कृती, समाज, आदी हेर्नुहोला यदी त्यस्तो लेख फेला परेन भने जुन लेख राखेमा नेपालको इतिहास, भूगोल, भाषा, संस्कृती आदी कुरालाई टेवा पुग्छ त्यस्तो लेख हेर्नुहोला। त्यो लेखलाई आवेदन पृष्ठमा राखेपछी सबैलाई खबर गर्नुहोला यो पहिलो चोटी भएकोले धेरै जस्तो प्रयोगकर्ताहरूलाई थाह नभएको हुन सक्छ। पछी त आवेदनको ओइरो लागिहाल्छ मेरो लेखलाई प्रमुख लेखमा राख्नु पर्छ एकले भन्छ अर्कोले भन्छ हामीलाई लेखको छनौट गर्न पनि धौ धौ पर्छ। तै पनि विप्लवजीको प्रतिक्रिया आउन दिनुहोला। -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१०:१२, २९ जुन २०१४ (युटिसी(UTC))

@ आर॰पी॰ जोशी जी जुलाई महिनाको अब लेख छनौट गर्न समयको अभाव हुने भएकोले हामीहरुबाट नै कुनै लेखलाई प्रमुख लेखको रुपमा राख्नु पर्ला । Nirjal stha (कुरा गर्ने) १२:२३, २९ जुन २०१४ (युटिसी(UTC))

आवेदन सम्बन्धमा[सम्पादन गर्नुहोस्]

@Nirjal stha: नेपाली विकिमा कुनै ठाउँमा आवेदन, समर्थन वा असमर्थन गर्नुपर्ने भएकोमा मैले पनि यी कार्य गर्न सक्छु कि विशेष व्यक्तिले मात्र सक्छन् । -सन्जु भट्टराई (कुरा गर्ने) ०३:२२, १० जनवरी २०१७ (युटिसी(UTC))