विगो डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विगो
व्यवसाय प्रकार
निजी
उद्योगयात्रा
स्थापित2005 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालय
सिङ्गापुर
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
रोस भिच[१]
(कार्यकारी र सह-संस्थापक)
क्रेग हेवर्ट
(सह-संस्थापक)
ममुन हमिदान[२]
(महा प्रवन्धक मध्य पूर्व)
डिन विक्स[३]
(प्रमुख उडान अधिकारी)
एना ट्रसकिना
(निर्देशक, होटल)
ग्यारी थेइस
(प्रमुख प्रविधि अधिकारी)
सलाह मुस्ताफा
(निर्देशक, अङ्कीय बजारशास्त्र)
उत्पादनहरूउडान, होटल, विदा सम्झौता
वेबसाइटhttp://www.wego.com

विगो[४][५][६]) (पूर्व बेजुर्कको रूपमा परिचित) सिङ्गापुरमा रहेको सिङ्गापुरको लागि यात्रा खोजी संयन्त्र हो। यसले २० भन्दा बढी भाषाहरू र स्थानीय मुद्रामा ५२ देशका साइटहरू सञ्चालन गर्दछ।[७] यसले ७०० भन्दा बढी यात्रा साइटहरूबाट वास्तविक समयमा परिणाम दरहरू प्रदर्शन गर्दछ, जसले प्रयोगकर्ताहरूलाई किनमेल गर्न, उपलब्ध उडान र होटल मूल्यहरू अनलाइन तुलना गर्न सक्षम पार्दछ।

डेस्कटप, आइओएस वा एन्ड्रोइड लागि यात्रा अनुप्रयोग मार्फत यसले अनलाइन यात्रा आयोग, विमान र होटलहरू, स्थानीय र अन्तर्राष्ट्रिय उडान र होटल खोज परिणामको एक संयोजन प्रदर्शन गर्दछ। एक पटक प्रयोगकर्ताहरूले उनीहरूको प्राथमिकता चयन गरेपछि, तिनीहरू यात्रा आरक्ष पूरा गर्न यात्रा आपूर्तिकर्तामा पुनः निर्देशित हुन्छन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बेजुर्क (हाल विगो) सन् २००५ मा रस भेच र क्रेग हेभेटले सिङ्गापुरमा स्थापना गरेका थिए। [८] जनवरी २००८ मा, विगोले न्यूज लिमिटेडको अष्ट्रेलियाली अङ्कीय शाखा, न्यूज डिजिटल मिडियाबाट ४५ लाख अमेरिकी डलर कोषको रूपमा प्राप्त गरेको थियो।

मे २००८ मा, बेजुर्क नाम याद गर्न र उच्चारण गर्न गाह्रो हुने कुराको उल्लेख गर्दै यसलाई विगोमा पुनर्गठित गरिएको थियो।[९]

डिसेम्बर २०१० मा, कम्पनीले कोष सङ्कलनको दोस्रो चरणमा टाइगर ग्लोबल म्यानेजमेण्ट मार्फत १ लाख ३० हजार रकम कोषको रूपमा प्राप्त गर्न सफल भएको थियो।

सन् २०१३ मा, विगोले बेङ्गलोर[१०], जाकार्तादुबईमा क्षेत्रीय कार्यालयहरू खोलेको थियो।[११]

जून २०१३ मा, विगोले आफ्नो कोष सङ्कलनको तेस्रो चरण टाइगर ग्लोबल म्यानेजमेण्ट, क्रिसेण्ट पोइण्ट ग्रुप र स्क्वायरपेग क्यापिटलबाट १ लाख ७० हजार अमेरिकी डलर प्राप्त गर्दै बन्द गरेको थियो।[१२]

अक्टोबर २०१५ मा, विगोले कोष सङ्कलनको चौथो चरणमा टाइगर ग्लोबल म्यानेजमेण्ट र क्रिसेण्ट पोइण्ट ग्रुप र अवस्थित लगानीकर्ताहरू मार्फत १० लाख १० हजर जुटाउँदै उक्त चरणलाई बन्द गरेको थियो।

अगष्ट २०१७ मा, कोष सङ्लनको पाँचौ चरण मध्य पूर्व प्रसारण केन्द्रबाट १० लाख २० हजार अमेरिकी डलर प्राप्त गर्दै बन्द गरेको थियो।[१३]

बजार गतिविधि[सम्पादन गर्नुहोस्]

विगोको मुख्य बजार एसिया प्रशान्त, मध्य पूर्वभारत हुन्। प्रत्येक महिना विगोले उडान र होटल आरक्ष सिफारिसहरूका लागि १.५ अर्ब अमेरिकी डलर यसको यात्रा साझेदारहरूलाई पठाउँदछ।

जून २०१४ मा, कम्पनीले विगोको निजी बजार सुरू गरेको थियो जसले विज्ञापनदाताहरूलाई खरीद मार्फत विगोका दर्शकहरूलाई पहुँच प्रदान गरेको थियो।[१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ross Veitch, Speaker at WIT Conference 2012", webintravel.com, webintravel.com, अन्तिम पहुँच १९ मार्च २०१३  वेब्याक मेसिन अभिलेखिकरण २६ मार्च २०१३ मिति
  2. "(प्रेस विज्ञप्ति) Wego launches new TVC, appoints Mamoun Hmedan as General Manager-MENA"  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-०१ मिति
  3. "(प्रेस विज्ञप्ति) More LCCs compete for air supremacy, Dean Wicks Chief Flights Officer" 
  4. "Plane and Simple", द वाल ष्ट्रिट जर्नल, २६ अक्टोबर २००७, अन्तिम पहुँच १९ मार्च २०१३ 
  5. "News Digital takes stake in Bezurk.com", हेरल्ड सन, १५ जनवरी २००८, अन्तिम पहुँच १९ मार्च २०१३ 
  6. "Bezurk at CNN Money Web 2.0's List", अन्तिम पहुँच १९ मार्च २०१३ 
  7. "Wego appoints Ross Veitch as CEO, plans 34 new country sites", आइ फर ट्राभल डटकम, २४ फेब्रुअरी २०१२, अन्तिम पहुँच १९ मार्च २०१३ 
  8. "Interview with Ross Veitch, co-founder of wego.com", एसजिई, १० सेप्टेम्बर २००९, अन्तिम पहुँच १९ मार्च २०१३  वेब्याक मेसिन अभिलेखिकरण १८ मार्च २०१३ मिति
  9. "Bezurk.com changes name to wego.com | Travel Industry News & Conferences - EyeforTravel", आई फर ट्राभल डटकम, अन्तिम पहुँच २०१९-०८-२६ 
  10. 2013, Bengaluru, February 18, "Wego grows India presence with new office - TTG Asia - Leader in Hotel, Airlines, Tourism and Travel Trade News", टिटि गासिया डटकम, अन्तिम पहुँच २०१६-१२-२० [dead link]
  11. "Travel site Wego launches Dubai operations", अरबीयन इन्ड्रष्ट्रि डटकम, अन्तिम पहुँच २०१६-१२-२० 
  12. "Tech in Asia - Connecting Asia's startup ecosystem", टेक इन एसिया (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-१२-२० 
  13. "विगो" 
  14. "Wego Launches Private Marketplace For Travel Advertisers", मिडिया पोष्ट, अन्तिम पहुँच २०१६-१२-२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट