विनयकुमार कसजू
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विनयकुमार कसजू | |
---|---|
जन्म | पाल्पा तानसेन, नेपाल |
पेशा | बाल साहित्यकार, लधुकाथाकार तथा पत्रकार |
भाषा | नेपाली |
राष्ट्रियता | नेपाली |
उल्लेखनीय कार्यहरू | राष्ट्रिय समाचार समितिको बोर्ड[१] सदस्य, मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका[२] तथा राष्ट्रिय सूचना आयोगको प्रमुख[३] |
विनयकुमार कसजू एक पत्रकार, व्यङ्ग्यकार र जनमूखी सञ्चार माध्यमका पक्षपाती हुन्। उनी साहित्यकार पनि हुन् विशेषतः छोटा कथाहरूमा र बालसाहित्यमा उनले कलम चलाएका छन्।[४]
वाल्यकाल
[सम्पादन गर्नुहोस्]उनको जन्म पश्चिम नेपालको पाल्पाको तानसेनमा सन् १९४७ जुलाई १८ का दिन भएको थियो। तर उनको वाल्यकाल गुल्मीको रिडीमा बित्यो।
योगदान
[सम्पादन गर्नुहोस्]रिडीमा रहँदा उनले एक प्रधान पञ्चको रूपमा सेवा गरे। तत् पश्चात एक सामाज सेवकको रूपमा पनि कार्य गरे। उनी सन् १९७० मा पाल्पा बसाई सरेका थिए र सन् १९९६ मा काठमाडौँ आए। उनले गाउँले जनजीवनलाई उपयोगी देउराली गाउँले भित्ते पत्रिकाको सुरुवात तथा तालिमको काम गरे।[४][५] उनले सन् १९९६ देखी १९९९ नेपाल प्रेस काउन्सिलको[६] सल्लाहकारका रूपमा सेवा गरेका थिए। राष्ट्रिय समाचार समितिको बोर्ड[७] सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका[८] रूपमा पनि योगदान दिएका छन्। उनले राष्ट्रिय सूचना आयोगको प्रमुखको रूपमा पनि योगदान गरेका छन्।[९]
कृतिहरू
[सम्पादन गर्नुहोस्]उनका व्यङ्ग्यात्मक कृतिहरूमा
- पशुतन्त्र (सन् १९८२मा प्रकाशीत)
- लिस्नो (सन् १९९६मा प्रकाशीत)
- थोपा थोपा ( सन् २०००मा प्रकाशीत)
- र उनका सम्पादकीयहरूको सँगालो साँचोकुरा सन् १९८८मा प्रकाशीत भएको थियो।
उनको पुस्तक सामुदायिक रेडियो जुन् सन् २०००मा प्रकाशीत भएको थियो त्यसले सामुदायिक सशक्तिकरणमा सामुदायिक रेडियोहरूको भूमिकाको बारेमा विस्तृत विमर्श गरिएको थियो।
निधन
[सम्पादन गर्नुहोस्]बाल साहित्यकार, लधुकाथाकार तथा वरिष्ठ पत्रकार विनय कसजूको ६९ वर्षको उमेरमा बिक्रम सम्बत २०७६ मंसिर १० गते मंगलबार निधन भएको छ। निमोनियाबाट पीडित कसजुको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।[१०]
सन्दर्भहरू सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ रासस
- ↑ इन्सेक
- ↑ राष्ट्रिय सूचना आयोग
- ↑ ४.० ४.१ कसजु डटकम
- ↑ अशोका फेलोशिप
- ↑ नेपाल प्रेस काउन्सिल वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-२६ मिति
- ↑ रासस वेब्याक मेसिन अभिलेखिकरण २००६-०५-१८ मिति
- ↑ इन्सेक
- ↑ राष्ट्रिय सूचना आयोग वेब्याक मेसिन अभिलेखिकरण २०१२-०७-१५ मिति
- ↑ रहेनन् वरिष्ठ पत्रकार विनय कसजू - सेतोपाटी डटकम अनलाइन