शची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऐरावतमा इन्द्र र शची

शची इन्द्रकी पत्नी र पुलोमाकी छोरी थिइन। द्रौपदी इनकै अंशदेखि उत्पन्न भएकी थिइन र उनी स्वयं प्रकृतिको अलौकिक कलाबाट जन्मेकी थिइन । जयन्त उनकै छोरा थिए । शचीलाई नै 'इन्द्राणी' , 'ऐन्द्री', 'महेन्द्री', 'पुलोमजा', 'पौलोमी' आदि नामहरूबाट पनि जानिन्छ । ब्रह्महत्याको डरदेखि कुनै समय इन्द्र जलगर्भमा लुकेका थिए । त्यस समयमा देवताहरूले ऐश्वर्यका धनी नहुषलाईको पद प्रदान गर्ने निर्णय गरे तर नहुषले शचीलाई पनि पत्नी बनाउने सोच्यो । शचीले मानसरोवरमा लुकेका इन्द्रसँग आफ्नो सम्पूर्ण व्यथा सुनाईन । इन्द्रको सलाहदेखि शचीले नहुषलाई भन्न लगाइन 'यदि सप्तर्षिहरूले बोकेको पालकीमा बसेर आइस भने मात्र म बिबाह गर्न तयार छु । नहुषले यस्तै नै गर्यो ऋषिहरू पाललकी बोकेर बिस्तारो हिनेको देखेर उसले सर्प सर्प (छिटो छिटो) भन्यो त्यहि बेला ऋषिहरूको क्रोधले शापित भएर नहुष सर्प भएको थियो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=शची&oldid=1150050" बाट अनुप्रेषित