शिल्पी समुदाय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शील्पी समुदायबाट अनुप्रेषित)

शिल्पी वा आदि-प्राविधिक भन्नाले विभिन्न पेशा र शिल्प मा पेशेवर दक्षता भएका मानिसहरुलाइ जनाउँछ । यीनीहरूको अाँफ्नो शीप र कार्यक्षेत्र अनुसार अलग अलग पेशमा निपुर्ण लाइ जनाउँने विभिन्न उपमा वा पदवि हुन्छन, जस्तैः कुमाल,गन्धर्व,चर्मकार,लोहकार,सुवर्णकार,सूचिकार अादी । सुरुमा पदवी वा कार्य दक्षताको अाधारमा प्राप्त उपाधी कालान्तरमा पुस्ताैनी प्रयोगमा अाएको पदवी लाइ नै थर अथवा वंश शीर्षक बनाइ प्रयोगमा ल्याइएको पाइन्छ । तसर्थ हीजोअाज गन्धर्व थर भएका सबै गाउँने कला भएका नहुन सक्छन,दर्जी थर भएका सबै सीलाउन सक्ने नहुँन पनि सक्छन त्यस्तै यी थर नभएका पनि तत् तत् शील्पमा नीपुर्ण हुन पनि सक्छन । जसरी थर सुवेदी भएकाहरू वेद जान्ने नहुँनसक्छन त्यस्तै सबै पेशागत दक्षताबाट प्राप्त पदवी ले बनेका थर अाजभोली नामका मात्र भएका छन ।

पेशागत संकट[सम्पादन गर्नुहोस्]

समुदाय अाधारीत पुस्ताैनी शिल्पी पेशाहरु पश्चिमा बजारीकरणमा अाधारीत शहरी वस्ती वीस्तार सँगै भीत्रीएको उद्योगपती नियन्त्रीत उत्पादन उपभोगी समाज निर्माण प्रकृयाले अधिकांश कथित अाधुनिक शहरबाट लगभग पुर्ण विस्थापीत भैसके भने अझै सामुदायीक उत्पादनमा निर्भर गाउँ वस्तीमा जेनतेन अस्तीत्वमा छन ।