श्यामनगर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्यामनगर

শ্যামনগর
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागखुलना विभाग
जिल्लासातखीरा जिल्ला
क्षेत्रफल
 • जम्मा१,९६८.२४ किमी (७५९.९४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा३१८,२५४
 • घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटश्यामनगर उपजिल्लाको आधिकारिक नक्शा

श्यामनगर (बङ्गाली: শ্যামনগর) बङ्गलादेशको सातखीरा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।

भूगोल[सम्पादन गर्ने]

श्यामनगर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २१°३६' देखि २२°२४' उत्तर अक्षांश र ८९°००' देखि ८९°१९' पूर्वी देशान्तरणमा अवस्थित छ। श्यामनगर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९६८.२४ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई सातखीराअाशाशुनी उपजिल्लाले दक्षिण, भारतको पश्चिम बङ्गाल राज्यले दक्षिण, अाशाशुनीकयरा उपजिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। रायमङ्गल, अर्पणजाछिया, मालञा, हाडियाभाङ्गा, चुनार नदी, भेट खाल आदि यस उपजिल्लाका प्रमुख नदीहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने ६ मे १९७१ का दिन यस उपजिल्लामा पाकिस्तानी सेना र प्रमुख अधिकारी एमए जलिलको नेतृत्वमा रहेको बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच युद्ध भएको थियो जहाँ ११ बङ्गलादेशी लडाकुक‍ मृत्यु भएको थियो। १९ अगष्ट १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच अर्को युद्ध भएको थियो जहाँ सुब्दार इलियास खाँ, आबुल कालाम, आब्दुर कादेर र आब्दुल जबबारको मृत्यु भएको थियो। ३ सेप्टेम्बर १९७१ का दिन नवावदी फकिरको नेतृत्वमा रहेको बङ्गलादेशी लडाकुले पाकिस्तानी सेनाको सवारीसाधनमा आक्रमण गरि पाकिस्तानी सेनालाई पछि हट्न बाध्य बनाएका थिए। ९ सेप्टेम्बरका दिन पाकिस्तानी सेना र स्थानीय राजाकारको समूहले हरपनगर बाजारमा आक्रमण गरि २८ सर्वसाधारणहरूको हत्या गरेका थिए भने सेनाले बजारमा डाका समेत डालेका थिए। १२ अक्टोबरमा बङ्गलादेशी लडाकुले भेटखाली राजाकारको किल्लामा छापा मारेका थिए जहाँबाट पहिलानै राजाकारहरू भागेका थिए भने बङ्गलादेशी लडाकुले पछि उक्त किल्लालाई ध्वस्त पारेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ३१३७८१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १६०२९४ छ भने महिलाको जनसङ्ख्या १५३४८७ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २४३२५७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७०१५१, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ५६, इसाई धर्मवलम्बीको जनसङ्ख्या २० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २९७ रहेको छ। यस उपजिल्लामा मुण्डा, भगबेने, चण्डाल, कैबर्त आदिवासीजनजातिहरू बसोबास गर्छन्।[२] यस उपजिल्लामा २६१ मस्जिद, ९८ मन्दिर, १ गिर्जाघर, ४ चिहानहरू रहेका छन्। बङ्शीपुर शाही मस्जिद (टेङ्गा मस्जिद), नुरुल्ला खाँको चिहान (नूबनगर), चण्ड भैरवको मन्दिर, जशारेश्वरी मन्दिर आदि यस उपजिल्लाका केही उत्कृष्ट धार्मिक सेवाहरू हुन्। यस उपजिल्लाका ३६.९४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ५०.७४% ले पोखरी, ६.४६% ले टुटी र ६.८६% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ७.६९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य संस्था, १० सङ्घ परिषद् तथा परिवार स्वास्थ्य संस्था र ३८ सामुदायिक स्वस्थ्य संस्थाहरू रहेका छन्।[३]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, पिठो, तोरी, आलु, प्याज लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया अाँप, कटहर, भुइँकटर, नरिवल, अम्बा, केरा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, झिङे माछा, आलु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको आलको तेल र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ४६ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २० माछापालन केन्द्र, ५२ दुग्ध सङ्कलन केन्द्र, ८१ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६४.९८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ६.०२%, उद्योगमा ०.६१% वाणिज्यमा १४.६०%, सञ्चार र यातायातमा १.५८%, निर्माण क्षेत्रमा ०.९४%, सुविधामा ३.५३%, धार्मिक सेवामा ०.१६%, वैदेशिक रोजगारी तथा भाडामा ०.२०% र अन्यमा ७.३४% रहेका छन्।


प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय श्यामनगर थानाको स्थापना (हाल उपजिल्ला) सन् १८९७ मा भएको थियो। हाल यस उपजिल्लामा १२ सङ्घ परिषद्, १२७ मौजा/महल्ला र २१६ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; भुरुलिया सङ्घ परिषद्, काशमाडी सङ्घ परिषद्, श्यामनगर सङ्घ परिषद्, नूबनगर सङ्घ परिषद्, कैखाली सङ्घ परिषद्, रमजाननगर सङ्घ परिषद्, मुन्सिगञ्ज सङ्घ परिषद्, ईश्वरीपुर सङ्घ परिषद्, बुडिगोयालिनी सङ्घ परिषद्, आटुलिया सङ्घ परिषद्, पद्मपुकुर सङ्घ परिषद् र गाबुरा सङ्घ परिषद्।[४]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३९.६९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४७.७५% छ भने महिलाको साक्षरता दर ३१.३३%रहेको छ। यस उपजिल्लामा ९ क्याम्पस, ४२ माध्यमिक विद्यालय, १८३ प्राथमिक विद्यालय, ३ सामुदायिक विद्यालय र ४६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; श्यामनगर महसीन क्याम्पस (सन् १९७२), नकिपुर हरिचरण माध्यमिक उच्च विद्यालय (सन् १८९९), नूबनगर आशालभा उच्च विद्यालय (सन् १९५५), भुरुलिया नागबाटि माध्यमिक विद्यालय (सन् १९४५), पाताखाली माध्यमिक विद्यालय (सन् १९५४), पाताखमली सिनियर मदरसा (सन् १९४५), जयनगर हामिमिया सिनियर मदरसा (सन् १९६३) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (জুন, ২০১৪), "এক নজরে শ্যামনগর উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ৪ মার্চ ২০১৬-मा सङ्ग्रहित, अन्तिम पहुँच ২৫ ফেব্রুয়ারী ২০১৫ 
  2. "Bangladesh Population and Housing Census 2011: Zila Report – Satkhira", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच १७ डिसेम्बर २०१८ 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]