श्रम विभाजन
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
श्रम विभाजन अर्थशास्त्रको एक आधारभूत अवधारणा हो । यसलाई आर्थिक वृद्धिका साधनको रूपमा व्याख्या गर्ने पहिलो विचारक एडम स्मिथ हुन् । उनले वेल्थ अफ नेशन्सको प्रारम्भमा एउटा सिंगै अध्यायमा श्रम विभाजनको व्याख्या गरेका छन् । श्रम विभाजन र विशिष्टीकरणको प्रयोगले उत्पादनमा अत्यधिक मात्रामा वृद्धि हुन गई उतपदक, उपभोक्ता र श्रमिक तीनै वर्गलाई फाइदा हुन्छ । श्रम विभाजनलाई निम्नलिखत प्रकारले व्याख्उा गर्न सकिन्छ
- १. पेशागत श्रम विभाजन
- २. सरल श्रम विभाजन
- ३. जटिल श्रम विभाजन
विभिन्न पेशामा लागेका मानिसले आआफ्ना काममा विशिष्टता हासिल गर्छन् । कृषि जस्ता सामान्य पेशामा हुने श्रम विभाजनलाई रल श्रम विभाजन भनिन्छ भने औद्योगिक क्षेत्रमा हुने श्रम विभाजनलाई जटिल श्रम विभाजन भनिन्छ । जटिल श्रम विभाजनलाई पनि पूर्ण प्रक्रियाको श्रम विभाजन र अपूर्ण प्रक्रियाको श्रम विभाजनमा वर्गीकरण गर्न सकिन्छ ।
श्रम विभाजनको लाभ
[सम्पादन गर्नुहोस्]श्रम विभाजनबाट उत्पादकत्वमा वृद्धि हुन्छ; चाहे त्यो सूई को निर्माण हो, न्यायिक कार्य हो वा स्वास्थ्य-सेवा वा अन्य कुनै । उत्पादकत्वमा यो वृद्धि विविध प्रकारबाट आउँछ-
- श्रमिकलाई उनलाई निर्धारित कार्यांश मा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने मौका मिल्छ। श्रमिक लाई त्यहीँ काम गर्न पर्छ जुन काम गर्न ऊ सबैभन्दा राम्रो छ।
- काम सिक्नको लागि कम समय लाग्छ।
- एउटा काम नै पटकपटक गर्दा त्यस कामलाई चाँडै सम्पन्न गर्ने तरिका जानिन्छ।
- श्रमिक कम समयमा नै आफ्नो काममा अभ्यस्त हुन्छ, अत: चाँडै उत्पादन मेंलगाया गर्न सकिन्छ।
- एक काम सकिएपछि अर्को काममा लाग्नलाई हुने समयको बर्बादी कम हुन्छ।
- उत्पादनको गुणस्तर/ गुणवत्ता वृद्धि हुन्छ किनभने कार्यको प्रत्येक भाग अत्यन्त कुशल श्रमिकद्वारा सम्पन्न गरिन्छ।