श्रीकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


श्रीकर राजनीतिक अर्थशास्त्रका एक प्रसिद्ध आचार्य ह्न् । उनी मिथिला निवासी भएको तथ्य प्राप्त हुन्छ । मनुस्मृतिको सर्वाधिक प्रसिद्ध टीका मिताक्षरा ले यिनलाई प्रसिद्ध बनाएको हो ।[१] मिताक्षरा र त्यस पछि रचना गरिएका धर्मशास्त्रका ग्रन्थहरूमा श्रीकरको नाम उदधृत गरिएको छ ।[२] उनको नामबाट कुनै स्वतन्त्र ग्रन्थ भने उपलब्ध छैन । उनले कतिपय स्मृति ग्रन्थ माथि भाष्य वा निबन्ध रचना गरेका थिए भनिन्छ । उनले कतिपय स्मृतिहरूको सम्पादन पनि गरेका मानिन्छ । उनको समय वि.सं. ८५०–११०० मानिएको छ । चण्डेश्वरको राजनीतिरत्नाकरमा उनको नाम ससम्मान उल्लेख गरिएको छ ।[३] श्रीकर तथा चण्डेश्वरका अर्का समकालीन लक्ष्मीधर हुन् । उनलाई चण्डेश्वरको समकालीन मान्न सकिन्छ । लक्ष्मीधरको राजनीतिकल्पतरु अत्यन्त लोकप्रिय ग्रन्थ हो जुन आफ्नो पूर्ण रूपमा प्राप्त छैन ।[४]
के पी जायसवालले आफ्नो हिन्दु पोलिटी ग्रन्थमा श्रीकरको नाम र उद्धरण गरेका छन् ।

सन्दर्भ ग्रन्थ सूची[सम्पादन गर्नुहोस्]

  1. कल्याण नीतिसार अंक, (वि.सं.२०६५),गीता प्रेस गोरखपुर ।
  2. ज्ञवाली, बाबु राम, (सन् २०१३), ओरिएन्टल इकोनोमिक्स रिभिजिटेड, रुपन्देही : ज्ञानज्योति प्रकाशन ।
  3. चण्डेश्वरविरचित राजनीतिरत्नाकर, (वि.सं. २०२६), वाचस्पति गैरोला एवं तारिणीश झा (अनु.), वाराणसी : चौखम्बा संस्कृत सिरीज ।
  4. जायसवाल, के पी,(सन् १९७८), हिन्दु पोलिटी, बेंगलोर : द बेंगलोर प्रिन्टिंग एन्ड पब्लिशिंग कम्पनी लिमिटेड ।