सामग्रीमा जानुहोस्

श्रीकृष्ण श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीकृष्ण श्रेष्ठ
जन्म (1970-12-29) २९ डिसेम्बर १९७० (उमेर ५५) २०२७ पुस १४
मृत्युअगस्ट १०, २०१४(२०१४-०८-१०) (२०७१ साउन २५)
भारत
पेशाअभिनेता, निर्माता, होटल व्यवसायी
जीवनसाथीश्वेता खड्का

श्री कृष्ण श्रेष्ठ (२०२७ पुस १४-२०७१ साउन २५) नेपाली चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता थिएँ। उनले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर आदि चलचित्रमा मुख्य अभिनय गरेका थिएँ। हनिमुन मनाउन भारत गएका बेला उतै प्रारम्भिक रूपमा निमोनियाले ग्रस्त भनिएपनि उनको निधन हाडको क्यान्सरले भएको हो भन्ने बताइन्छ।

श्रेष्ठले भुमरीबाट अभिनयमा डेब्यु गरेका थिएँ जुन बक्स अफिसमा सफल भएको थियो। त्यसयता उनले माइती, वार पिपल आफ्नो मान्छे, गोर्खाली, ए मेरो हजुर, उपकार, सुख दुख र कीर्तिमान तोड्ने अल टाइम ब्लकबस्टर, हमी तिन भाइ, कहा भेटिएला र कोहिनूर जस्ता व्यावसायिक रूपमा सफल चलचित्रमा अभिनय गरेका थिएँँ। उनी पछिका दुई फिल्मका निर्माता पनि थिएँँ।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

श्रेष्ठले नायिका श्वेता खड्कासँग २०७१ साल असार २३ (सन् ७ जुलाई २०१४) गतेका दिन लगन गाँठो गाँसेका थिएँ।[] उनले निर्माण गरेको नेपाली चलचित्र ‘कहा भेटिएला’ बाट फिल्ममा डेब्यु गर्दा उनीहरूको भेट भएको थियो।

रोग र मृत्यु

[सम्पादन गर्नुहोस्]

श्रेष्ठ र उनकी श्रीमती श्वेता खड्का विवाहपछि भारत गएका थिएँँ, जहाँ उनको स्वास्थ्य बिग्रन थालेको थियो। उनलाई निमोनिया र हड्डीको क्यान्सर भएको पत्ता लागेको थियो। उनको ४७ वर्षको उमेरमा सर गङ्गाराम अस्पताल, नयाँ दिल्लीमा,[][] सन् १० अगस्त २०१४ मा स्थानीय समय अनुसार बिहान ५ बजे मृत्यु भएको थियो।[][][] काठमाडौँमा भएको अन्त्येष्टिमा हजारौं मानिसको सहभागिता रहेको थियो। उनलाई नेपाल सरकारले राष्ट्रिय सम्मान प्रदान गरेको थियो। उहाँप्रति नेपालका प्रधानमन्त्रीलगायत नेपालका धेरै व्यक्तित्वहरूले गहिरो समवेदना व्यक्त गरेका थिएँँ।[]

पेशागत जीवनी

[सम्पादन गर्नुहोस्]

उनले विसं २०४५ सालदेखि अभिनय यात्रा सुरू गरे। ‘भूमरी’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका श्रेष्ठले ‘नाता’ चलचित्रबाट नायकको रूपमा अभिनय यात्रा अघि बढाए। उनको अन्तिम चलचित्र कोहिनुर हो।

अभिनेता रूप

[सम्पादन गर्नुहोस्]
वर्षसिनेमाभूमिकानोट्स
१९८९भुमरी
१९९२कसम
१९९४झझल्को
ट्रक ड्राइभर
१९९५जाली रुमाल
राजमति
१९९६गरिब
निर्मया
गोठालो
१९९७गुरु चेला
१९९९आफन्त
२०००बर पिपल
गोर्खाली
२००१मैती
धर्ती
एस्तै हुन्छ पिरती
आफ्नो मान्छे
२००२उनको सम्झनामा
सुख दुखअबिसेक
ए मेरो हजुरअबिसेक
२००४हामी तिन भइ
जीवन रेखा
२००५प्रेम युद्ध
अजम्बरी नाताआकाश
पाहुना
२००६भरोसा
२००७नाता रगतकोप्रितम ठाकुर
२००८कहाँ भेटिएला अभिसेख
२०१०राम बलरामराम
२०११हाम्रो माया जुनी जुनी लाईदेव
श्रीमान श्रीमतीराजेश
२०१३सुभकामना
२०१४ कोहिनूरअभिसेख खरेल (बाबु)अन्तिम सिनेमा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Actress Shweta Khadka getting married", The Rising Nepal, अन्तिम पहुँच १६ मे २०२३
  2. "Popular actor Shree Krishna Shrestha no more", Kantipur Publications, १० अगस्ट २०१४, मूलबाट ११ अगस्ट २०१४-मा सङ्ग्रहित। अभिलेखिकरण २०१५-०४-०२ वेब्याक मेसिन
  3. Gurung, Anand (११ अगस्ट २०१४), "Pneumonia takes away Kollywood actor Shrestha", The Kathmandu Post (Englishमा), मूलबाट २६ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २०२२
  4. "Actor Shrestha's body to arrive tomorrow", Kantipur Publications, १० अगस्ट २०१४, मूलबाट ११ अगस्ट २०१४-मा सङ्ग्रहित। अभिलेखिकरण २०१५-०४-०२ वेब्याक मेसिन
  5. "Actor Shrestha's body to arrive Kathmandu tomorrow", The Himalayan Times, १० अगस्ट २०१४, मूलबाट १२ अगस्ट २०१४-मा सङ्ग्रहित। अभिलेखिकरण २०१५-०४-०२ वेब्याक मेसिन
  6. "Nepali actor Shree Krishna Shrestha passes away", Business Standard, १० अगस्ट २०१४, मूलबाट ११ अप्रिल २०२२-मा सङ्ग्रहित।
  7. उद्दरण त्रुटी: अवैध <ref>चिनो; ":002" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन