श्वेता खड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्वेता खड्का
जन्म (1988-02-05) ५ फेब्रुअरी १९८८ (उमेर ३६)
पनौती, काभ्रेपलाञ्चोक
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री
राजनीतिक दलनेपाली कांग्रेस[१]
जीवनसाथीश्रीकृष्ण श्रेष्ठ (m. २०१४–२०१४, मृत्यु)
विजयेन्द्र सिंह (m. २०२०)

श्वेता खड्का एक नेपाली चलचित्र अभिनेत्री, निर्माता, राजनीतिज्ञ र उद्यमी हुन् जसले नेपाली चलचित्रमा आफ्नो कामका लागि परिचित छिन्।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन् ७ जुलाई २०१४ मा, श्वेता खड्काले उनको बारम्बार सह-कलाकार श्रीकृष्ण श्रेष्ठसँग विवाह गरिन् र एक महिना पछि १० अगस्त अर्थात् ४७ वर्षको उमेरमा निमोनिया र हड्डीको क्यान्सरका कारण श्रेष्ठको मृत्यु भएको थियो।[२][३] सन् ७ डिसेम्बर २०२० मा उनले विजयेन्द्र सिंहसँग विवाह गरिन्।[४][५]

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

खड्का नेपालको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका सदस्य हुन्।[६][७]

पेशागत जीवनी[सम्पादन गर्नुहोस्]

सन् २००८ मा, खड्काले श्रीकृष्ण श्रेष्ठको अपोजिट 'कहा भेटिएला'बाट अभिनेतत्रीको रूपमा डेब्यु गरेकी थिइन्।[२] यो फिल्म बक्स अफिसमा ठुलो ब्लकबस्टर भएको थियो। यो फिल्म वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बन्न गएको थियो र सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो। उनले हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठराज बल्लभ कोइरालाको साथमा हसिदेउ एक फेरा (२०१०) मा अभिनय गरे जुन औसत सफलता थियो। उनको अर्को फिल्म श्रीमान श्रीमति (२०११) जुन् उनले श्रीकृष्ण श्रेष्ठ र रेखा थापाको साथमा अभिनय गरिन् जस्ले व्यावसायिक रूपमा सफल हुन सकेको थिएन। सन् २०१४ मा, उनले आफ्नो तत्कालीन पति श्रीकृष्ण श्रेष्ठसँग कोहिनूर (२०१४) मा अभिनय गरिन्। चलचित्र क्षेत्रबाट ४ वर्षको अन्तरालपछि, उनी चलचित्र कान्छी (२०१८) बाट निर्माता र अभिनेत्रीको रुपमा फर्किएकी थिइन्। दयाहाङ राईको सहअभिनेता रहेको उक्त चलचित्र कोहिनूरसँगै आकाश अधिकारीले निर्देशन गरेका हुन्। यो फिल्मले ब्यापारिक रुपमा पनि निकै राम्रो गरेको थियो।[८]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश, देउवाले गरे पार्टीमा स्वागत", Ratopati.com, अन्तिम पहुँच १६ मे २०२३ 
  2. २.० २.१ "Actress Shweta Khadka getting married", The Rising Nepal, अन्तिम पहुँच १६ मे २०२३ 
  3. "Pneumonia takes away Kollywood actor Shrestha", The Kathmandu Post, अन्तिम पहुँच १६ मे २०२३ 
  4. "Actress Shweta Khadka gets married to Bijayendra Singh (in pics)", Khabarkhub.com, अन्तिम पहुँच १६ मे २०२३ 
  5. "Shweta Khadka begins a new chapter in life", My City, अन्तिम पहुँच १६ मे २०२३ 
  6. "भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश, देउवाले गरे पार्टीमा स्वागत", Ratopati.com, अन्तिम पहुँच १६ मे २०२३ 
  7. "Bhuwan KC, Shweta Khadka join Nepali Congress", The Annapurna Express, अन्तिम पहुँच १६ मे २०२३ 
  8. "Shweta Khadka", Lens Nepal, अन्तिम पहुँच १६ मे २०२३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]